Skip to main content

सांस्कृतिक आन्दोलन र संगठनात्मक समस्या


१. सांस्कृतिक आन्दोलनको दृष्टिकोण बारे भ्रम 
भैरवराज रेग्मी
अर्धसामन्ती र अर्धऔपनिवेशिक स्वरूपको यो नेपाली समाजमा सांस्कृतिक आन्दोलनबारे माक्र्सवादी–लेनिनवादी पंक्तिभित्र एउटा निर्दिष्ट दिशा निर्धारित नै छ । तर त्यसको प्रयोगबारे निकै भ्रम तथा गलत दृष्टिकोणहरू पैदा हुने गर्दछन् र त्यसका विरूद्ध लगातार वैचारिक संघर्षहरू चलाउनु पर्ने आवश्यकता पैदा भइरहन्छ । वास्तवमा यो वैचारिक संघर्ष पनि वर्ग संघर्षको एक अंग हो । नया“ जनवादी क्रान्तिको चरणमा देशको सांस्कृतिक आन्दोलनको दिशा जनवादी सांस्कृतिक आन्दोलन नै हुन्छ । यो सामन्तवाद र साम्राज्यवाद विरूद्ध हुन्छ । नया“ जनवादी व्यवस्था पछि समाज व्यवस्थामा जाने हुनाले नया“ जनवादी आन्दोलनमा सर्वहारा सांस्कृतिक आन्दोलनको आधारहरू पनि तयार पार्दै लैजानु पर्छ । तैपनि नया“ जनवादी संस्कृति सामन्तवाद र साम्राज्यवादको विरूद्ध लक्षित हुन्छ र सामन्तवाद–साम्राज्यवादी विरूद्ध सांस्कृतिक आन्दोलनको केन्द्रविन्दू बन्नु पर्दछ ।
नेपाल पू“जीवादमा प्रवेश नगरे पनि पू“जीवाद संक्रमणिय अवस्थामा छ, सामन्तवाद समाप्त भएको छैन । पू“जीवादको संक्रमणिय अवस्था रहेकोले साम्राज्यवादले दलाल पू“जीवादको विकासका लागि जोडबल गरिरहेको भएता पनि सामन्ती सांस्कृतिको आधारभूत रूपमा समाप्त भैसकेको छैन । साम्राज्यवादको दलाल पू“जीवादी संस्कृतिको प्रवेशले नेपाली समाज ग्रसित हु“दै गइरहेको छ । विज्ञान र प्रविधिमाथि साम्राज्यवादी नियन्त्रण बढिरहेको छ । त्यसबाट उत्पन्न हुने जनताको आनीबानीहरू, छाडा संस्कृति, दलाल प्रवृत्ति, महिलालाई भोग र उत्पादनको विज्ञापन बनाउने संस्कृतिलाई उच्च ठान्ने संस्कृति आदि विषयहरूमा समाज गिजलिरहेको छ । राष्ट्रिय पू“जीवादी संस्कृतिमाथि हमला बढिरहेको छ । यसका विरूद्ध सर्वहारा वर्गको नेतृत्वमा राष्ट्रिय पू“जीवादी संस्कृतिलाई अगाडि बढाउनु आजको जनवादी सांस्कृतिक आन्दोलनको मूल दिशा हो । हाम्रो  समाजमा एकातिर छाडा पू“जीवादी संस्कृति पनि मौलाउ“दै गइरहेको छ भने अर्कोतिर सामन्ती संस्कृतिले जकडी रहेको छ । राष्ट्रियताको संरक्षणको लागि देश प्रेमको भावनाका गीतहरू, जनतामाथि भएका सामन्ती शोषणको चित्रण र त्यसबाट मुक्त हुने उपायको साहित्य र गीतहरू भन्दा सामन्ती साम्राज्यवादी यौनवादी, उच्छृङ्खल गीत र संस्कृतिलाई प्रधान ठान्ने प्रवृत्ति स“गस“गै हुर्किरहेका छन् । यसलाई स्पष्ट रेखांकन गर्नु पर्नेमा सामन्तवादी संस्कृतिको विरोध गर्ने नाममा साम्राज्यवादी संस्कृतिको अनुशरण गर्ने र त्यसलाई सैद्धान्तिकीकरण गर्ने प्रवृत्तिहरू बढिरहेका छन् । साहित्य, संस्कृति र कलामा विज्ञान र प्रविधिको विकासको नाममा साम्राज्यवादी संस्कृतिलाई नै मद्दत पुग्ने दृष्टिकोणहरू अगाडि बढिरहेका छन् । विज्ञान र प्रविधिको विकासले कला, साहित्य र संस्कृतिको उच्चस्तरमा विकास हु“दै जान्छ । तर त्यो कुन दिशामा हुन्छ ? साम्राज्यवादी संस्कृतिमा वा सर्वहारा, मजदूर–किसान मेहनतकश जनताको पक्षमा ? कला, साहित्य र संस्कृतिको विकासका लागि साम्राज्यवादले विज्ञान र प्रविधिलाई कब्जा गरेर छाडा, अराजकतावादी संस्कृतिको विकास गरिरहेको छ । मेहनतमश जनतालाई त्यसैमा भुलाइरहेको छ । यसैलाई ‘बदलिएको स्थिति’ को मूल्यांकन गरेर त्यसको विरूद्ध जाने कुरामा हिच्किचाउनु गलत दृष्टिकोणको परिणाम हो ।
२. साहित्य, संस्कृति र कलाको दिशा सम्बन्धी भ्रम 
कला, साहित्य र संस्कृति वर्गीय हुन्छ भन्ने कुराका विरूद्ध साम्राज्यवादले भ्रम फैलाइरहेको छ । यो उसको चरित्र नै हो कि साम्राज्यवादी संस्कृतिको विकास विना साम्राज्यवादको अस्तित्व रह“दैन । यसप्रकारको साम्राज्यवादी चरित्रलाई नबुझ्नु भ्रम हो र गलत दृष्टिकोण हो । साम्राज्यवादले जनतामा भ्रम दिन यो वर्गीय हु“दैन, राजनीतिमा व्यक्तिको स्वतन्त्रता हुन्छ र व्यक्तिको जीवनलाई मनोरन्जन दिने माध्यमको रूपमा व्याख्या गर्दछ । कला र साहित्यहरू व्यक्तिगत स्वतन्त्रता भित्र पर्दछ र यी मनोरञ्जनका साधनहरू हुन् भनेर त्यसैमा रमाइरहने संस्कृतिको विकास गराइरहेको हुन्छ । व्यक्ति आफै स्वतन्त्र हो, तर त्यो मानव समाजभन्दा बाहिर हु“दैन । मानव समाजभित्र कै अंग हुनाले अर्को व्यक्तिको स्वतन्त्रतामा हस्तक्षेप गर्नु हु“दैन भन्ने न्यायको सिद्धान्तको आधारमा सामाजिक नियम बनेको हुन्छ । त्यसैले त्यो नियमको आधारमा नै उ बस्नु पर्दछ । साम्राज्यवादले यसलाई तोड्दछ र व्यक्तिगत स्वतन्त्रताको नाममा मानव समाजलाई अराजकतातिर धकेल्दछ र मानव समाज नै ध्वस्त बनाउन पुग्दछ । साम्राज्यवादको यस प्रकारको कुटिल चाललाई नबुझेर कला, साहित्य र संस्कृतिमा व्यक्तिगत स्वतन्त्रताको कुरा गरेर सैद्धान्तिकीकरण गर्ने प्रवृत्तिले सांस्कृतिक आन्दोलनमा गम्भीर असर पारिरहेको छ । यसले जनतामा एक प्रकारको भ्रम सिर्जना गरिरहेको छ । सत्ताको वर्गीय संरचनाको विश्लेषण नगरीकन त्यसमा प्रवेश गर्ने राजनैतिक शक्तिहरूले सत्ताको वर्गीय चरित्रलाई बदल्ने कोशिष होइन कि त्यसैलाई टेकेर साम्राज्यवादी संस्कृतिलाई मद्दत दिने प्रयत्नहरू गर्दछन् । त्यसैलाई सैद्धान्तिकीकरण गर्दछन् । यसरी सांस्कृतिक आन्दोलन दिग्भ्रमित हुने गर्दछ र यही नै सांस्कृतिक आन्दोलन भित्रको संशोधनवाद र विर्सजनवाद हो । चेतनाको विकास वस्तुगत परिस्थितिले निर्धारण गर्दछ । त्यसमा विज्ञान र प्रविधिहरू (उत्पादनका साधनहरू) ले त्यसलाई परिस्कृत गर्न मद्दत पु¥याउ“छ । त्यो चेतना वर्गीय अन्तरद्वन्दको आधारमा गुणात्मक फड्को मार्छ र दृष्टिकोण बन्दछ । वर्गीय अन्तरद्वन्द भनेको सैद्धान्तिक संघर्ष र वर्गसंघर्ष हो, त्यसैका आधारमा चेतनाको विकास हुन्छ र दृष्टिकोण बन्दछ । दृष्टिकोण बनेपछि उसको व्यवहारिक क्रियाकलापमा परिवर्तन हुन्छ । चेतनाको मात्रात्मक परिवर्तन पछि मात्र गुणात्मक फड्को मार्छ । यो क्रमको विकास सैद्धान्तिक र वर्गीय संघर्षमा निर्भर गर्दछ । त्यो नियमलाई पालना नगरिकन सामान्य र उपरितहमा जवर्जस्ती फड्को मार्न गरिने प्रयत्नहरू गलत हुन् । नया“ जनवादी सांस्कृतिक आन्दोलनभित्र समाजवादी संस्कृति लागु गर्ने प्रयत्न अराजकतावादी चिन्तन हो । यसले जनवादी सांस्कृतिक आन्दोलनलाई क्षति पु¥याउ“दछ । सामन्तवाद र साम्राज्यवादलाई मद्दत पु¥याउ“छ । समाजवादी संस्कृतिको प्रचार र त्यसको आधार तयार पार्दै नया“ जनवादी व्यवस्थापछि आउने समाजवादी व्यवस्थामा समाजवादी संस्कृति लागु गर्ने विधि हो । किनभने नया“ जनवादी कालमा समाजवादी संस्कृति स्थापित हुन सक्दैन, यसको आधारका लागि अगाडि बढाउनु पर्दछ । राष्ट्रिय संस्कृतिको संरक्षण र सामन्ती संस्कृतिको समाप्तिका लागि साम्राज्यवादी संस्कृतिको विरूद्ध जादा राष्ट्रिय पू“जीवादी संस्कृति र दलाल पू“जीवादी संस्कृति बीचमा अन्तर गरिएन भने त्यसले पनि गलत बाटोतिर लैजान्छ । नेपालमा राष्ट्रिय पु“जीवादी संस्कृति र दलाल पू“जीवादी संस्कृतिको मिश्रित अवस्था एक साथ अगाडि बढिरहेको छ । त्यसलाई अन्तर नगरिकन राष्ट्रिय संस्कृतिलाई दलाल संस्कृतिस“ग एकै ठाउ“मा मिसाइ दिएर राष्ट्रिय संस्कृतिको संरक्षणको सट्टा त्यसलाई गौण बनाउने वा त्यसको अस्तित्वलाई नकार्ने प्रवृत्ति अराजकतावादी चिन्तनभित्र नै पर्दछ । अर्कोतिर राष्ट्रिय संस्कृतिलाई पनि दलाल संस्कृतिस“ग मिसाएर दलाल संस्कृतिको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति दक्षिणपन्थी प्रवृत्ति हो । यसबाट सांस्कृतिक आन्दोलनलाई सचेत बनाउ“दै लैजानु पर्दछ ।
३. संगठन सम्बन्धि अवधारणा
मानव समाज बन्ने विकास हुने क्रम संगठित शक्तिको आधारमा हुन्छ । यसभित्र कुनै व्यक्ति वा चिन्तकको भूमिका पनि संगठित स्वरूपमा नै अघि बढेको हुन्छ । राज्यको नीति नियम र कानूनका आधारमा संस्कृतिक धरातल स्थापित हुने र विकास हुने गर्दछन् । त्यसैले व्यक्ति आफैले चिन्तन गरेका विषयहरू संगठित रूपमा नै अगाडि बढेको हुन्छ । यसोभन्दा संगठित शक्तिको आधारमा नै व्यक्तिको भूमिका हुन्छ । त्यसैले व्यक्ति गौण हुन्छ, संगठन प्रधान हुन्छ । व्यक्ति प्रधान भन्ने दृष्टिकोणले चेतना प्रधान मान्दछ । व्यक्तिको चिन्तनले समाज अगाडि बढ्दछ भन्ने मान्यता राख्दछ । यो द्वन्दात्मक भौतिकवाद प्रणाली विपरीत आदर्शवादी चिन्तन हो । व्यक्तिको आधारमा समाज अगाडि बढ्ने होइन, सामाजिक अन्तरविरोधको आधारमा समाज अगाडि बढ्दछ । व्यक्ति त एक कारक मात्र हो । शोषण युक्त समाजलाई कायम राख्न समान्त, दलाल पू“जीपतिहरू कारक हुन्छन् भने शोषण मुक्त समाज बनाउन मेहनतकश जनता, किसान, मजदुर तथा सर्वहारा वर्गका प्रतिनिधिहरू कारक तत्वहरू हुन्छन् । त्यसैले यसरी वर्गीय स्वार्थलाई कायम राख्न समाजमा वर्गीय अन्तरविरोध हुन्छ । संघर्ष चल्दछ । यो नै वर्ग संघर्ष हो । त्यसैले व्यक्ति प्रधान हु“दैन । संगठन प्रधान हुन्छ ।
माथिका मान्यताहरूका आधारमा व्यक्तिहरूलाई सङ्गठनले अघि सार्दछ, सङ्घर्षका दौरानमा उ स्थापित हुन्छ । यसरी स्थापित भइसकेको व्यक्तिले आफू सर्वोपरी ठान्दछ र मैले नै सङ्गठन निर्माण, विकास गरेको हो म विना सङ्गठन चल्दैन भन्ने यसप्रकारको मान्यता सर्वहारावर्गीय दृष्टिकोणस“ग मेल खा“दैन । यो शोषक, सामन्ती तथा साम्राज्यवादी दृष्टिकोण हो । आज संगठनमा यसप्रकारका गलत प्रवृत्तिहरू बारम्बार देखा पर्ने गर्दछन् । वास्तवमा सांस्कृतिक आन्दोलनभित्र यो गम्भीर समस्या रहेको छ । कवि, कथाकार, आख्यानकार, गायक, सङ्गीतकारहरू द्वन्दात्मक भौतिकवादी दृष्टिकोणलाई “मानेको छु” भनेर आफूलाई सर्वोपरी ठान्दछन् । तर व्यवहारमा विश्वदृष्टिकोण रहेको हु“दैन । उनीहरूको लेखन, व्याख्यामा सर्वहाराको पक्षमा लेखिएता पनि व्यवहारमा त्यसको विपरीत क्रियाकलापहरू उनीहरूस“ग गर्दछन् । यो गलत प्रवृत्ति हो । यसको विरूद्ध वैचारिक संघर्ष चलाउनु पर्दछ ।
सङ्गठनहरू विविध रूपमा गठन भएता पनि यसको चरित्र र दिशा दुईवटा मात्र हुन्छन् । एउटा शोषक वर्गलाई मद्दत र विकास गर्ने संगठन, अर्को शोषित वर्ग, मेहनतकश जनता, मजदुर, किसान र सर्वहारा वर्गको संगठन । साम्राज्यवादको युगमा दलाल पू“जीवादको उदय हुने हुनाले त्यसले राष्ट्रिय पू“जीपति वर्गलाई समाप्त पार्दछ । राष्ट्रिय पू“जीपति वर्गको संरक्षण र विकास सर्वहारा वर्गले गर्नु पर्ने हुन्छ । किनभने समाजवादमा जानको लागि राष्ट्रिय पू“जीको विकास गर्नु अनिवार्यता हो । त्यसैले नया“ जनवादी क्रान्ति सर्वहारा वर्गको नेतृत्व र क्रान्तिकारीहरूको अधिनायकत्वमा सम्पन्न हुन्छ । यसप्रकार कम्युनिस्ट पार्टीको नेतृत्व र क्रान्तिकारीहरूको संयुक्त मोर्चाको आधारमा सांस्कृतिक आन्दोलन अगाडि बढ्छ । कम्युनिस्ट पार्टीको नेतृत्वमा नै सांस्कृतिक मोर्चा संचालन हुन्छ । त्यसैले सांस्कृतिक मोर्चाले सर्वहारा वर्गीय सांस्कृतिक आन्दोलन अगाडि बढाउनु पर्दछ । 
सांस्कृतिक आन्दोलन कम्युनिस्ट पार्टीको नेतृत्वमा नै विकास गर्नु पर्छ । त्यसैले कुनै पनि साहित्यकर्मी, कलाकार, कम्युनिस्ट पार्टीका मातहतमा हुन्छन् र हुनु पर्दछ । त्यसबाट स्वतन्त्र हुने, अलग पहिचान बनाउने अथवा सामन्त कालिन दृष्टिकोणका आधारमा ‘वीरपुरूष’ वा “साहित्यकार” वा “महान कलाकार”को पहिचान बन्ने कुरा द्वन्दात्मक भौतिकवादी प्रणाली भित्र पर्दैन । कम्युनिस्ट पार्टी र मोर्चा बीचको अन्तरबारे पनि हामीले स्पष्ट हुनु पर्दछ । रक्तिम सांस्कृतिक अभियान एक जनसंगठन हो । कम्युनिस्ट पार्टी क्रान्तिको पेशा अपनाउने सर्वहारा वर्गको पार्टी हो । जनसंगठनभित्र कम्युनिस्ट पार्टीका सदस्यहरूले उक्त संगठनलाई पार्टीको निर्णय अनुसार क्रान्तिकारी लाइनमा लैजाने भूमिका खेल्दछन् । जनसंगठन पार्टी संगठन होइन । जनताहरूलाई गोलबन्ध गरी उनीहरूलाई क्रान्तिकारी दिशामा लैजाने, जनसंगठनको भूमिका हुन्छ । यसलाई क्रान्तिकारी दिशा दिने काम यसमा काम गर्ने पार्टी सदस्यहरूको हुन्छ । त्यसैले मोर्चा वा जनसंगठनमा पार्टी बाहिरका सदस्यहरू जो जनसंगठनका सदस्यहरू हुन्छन्, उनीहरूलाई सर्वहारा वर्गको पार्टी कम्युनिस्ट पार्टीको राजनीतिलाई समर्थन र सहयोग गर्ने भूमिका त्यहा“ काम गर्ने पार्टी सदस्यहरूको हुन्छ । देशको राजनैतिक स्थिति अनुसार कहिले यो खुला हुन्छ कहिले भूमिगत हुन्छ । यस अनुसार नै कम्युनिस्ट पार्टीले आफ्ना मोर्चा र जनवर्गीय संगठनहरू संचालन गरेको हुन्छ । 
४. सर्वहारा वर्गको नेतृत्वमा चल्ने सांस्कृतिक आन्दोलन, एक  चुनौति
यसमा कुनै विवाद वा द्विविधा छैन कि सांस्कृतिक मोर्चाको नेतृत्व कम्युनिस्ट पार्टीले नै गर्दछ । त्यसैले त्यो मोर्चा कम्युनिस्ट पार्टीको एउटा सहायक संगठन हो । कम्यनिस्ट पार्टी विना सर्वहारा वर्गीय सांस्कृतिक आन्दोलनको कल्पना सम्म गर्न सकिंदैन । त्यसैले पात्रहरू कम्युनिस्ट पार्टीका अधिनस्थ हुन्छ । त्यसबाट स्वतन्त्रता खोज्ने वा व्यक्तिगत क्षमतालाई पार्टी भन्दा माथि ठान्ने चिन्तन सर्वहारा वर्गीय होइन । सर्वहारा वर्गको कुनै निजी भन्ने हु“दैन, उसको निजी भन्ने चिज श्रम मात्र हो, उसले श्रम बजारमा आफ्नो श्रम बेचेर निर्वाह गर्दछ । तर सर्वहारा वर्गीय मान्यतालाई मद्दत नपु¥याउने उपरी तहको चिन्तनमा “सर्वहारा वर्गीय दृष्टिकोण छ” भन्दैमा सर्वहारा दृष्टिकोण भएको भनेर भन्न सकिंदैन । भौतिक रूपमा नीजि सम्पत्ति नभए पनि चिन्तनमा पू“जीवादी छ भने त्यो सर्वहारा हु“दैन । साहित्य, गीत, कला, संगीत रचना गर्दै वा गाउ“दैमा उ सर्वहारा हु“दैन । उसको विश्व दृष्टिकोण सर्वहारा हुनु पर्दछ र व्यवहार पनि त्यही अनुसार हुनु पर्दछ । आज सांस्कृतिक फा“टमा सर्वहारा वर्गीय दृष्टिकोण र व्यवहारमा स्पष्टताको जरूरी छ । कम्युनिस्ट पार्टीबाट अलग रहेर उसको लेनिनवादी संगठनात्मक सिद्धान्तबाट पर गएर, कम्युनिस्ट पार्टीको अनुशासनमा नरहने कुनै पनि साहित्य सांस्कृतिककर्मीहरूले सर्वहारा वर्गको क्रान्तिकारी जिम्मेवारी पूरा गर्न सक्दैनन् । वास्तवमा यस प्रकारको चुनौति सांस्कृतिक आन्दोलनमा रह“दै आएको छ । चीनमा माओको नेतृत्वमा स्थापना भएको समाजवादी राज्य र पार्टीमा पु“जीपतिहरूले पार्टी र सरकारको हेड क्वार्टर नै कब्जा गरे । त्यसैले माओले महान सर्वहारा सांस्कृतिक आन्दोलन चलाउनु प¥यो । सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउन कम्युनिस्ट पार्टीको नेतृत्वमा लेनिनवादी संगठनात्मक पद्धतिलाई कार्यान्वयन गरेर मात्रै सांस्कृतिक मोर्चा अगाडि बढाउनुपर्दछ ।
२०७६ जेठ ३

Comments

Popular posts from this blog

रक्तिमको साङ्गीतिक यात्रामा हाम्रो भूमिका र चुनौति

        रेम राना, अध्यक्ष , रक्तिम सांस्कृतिक अभियान २०४१–०४२ तिर मैले अनुभूति गरेको सांस्कृतिक क्षेत्र ने.क.पा (मसाल)को वैचारिक धाराको नजिक रहेको अखिल नेपाल जनसांस्कृतिक संघअन्र्तगत स्वतन्त्र नाम रहेको सांस्कृतिक परिवारहरू विद्यमान थिए । फरक अस्तित्व बोकेका जसमा वेदना परिवार, अगुल्ठो परिवार, राल्फा परिवार जस्ता केही वामपक्षीय सांस्कृतिक परिवारहरू पनि थिए । जसले पञ्चायतकालीन कालरात्रीलाई चिर्न जनपक्षिय, सांगीतिक तथा नाट्य विधालाई अगाडि बढाइरहेका थिए । त्यति बेला म भारतको हरियाणा राज्यको फरिदावादको औधोगिक क्षेत्रमा मजदूर थिए“ । त्यहा“ प्रवासी नेपाली मजदूरको नेतृत्व गर्ने अखिल भारत नेपाली एकता समाज फरिदावाद नगरअन्तर्गत सञ्चालित जनज्योति सांस्कृतिक परिवारमा सामेल भएर काम गरेको थिए“ । यता ने.क.पा मसालकै अभिभावकत्व र पहलमा जीवन शर्माको नेतृत्वमा रक्तिम अभियान नामक सांस्कृतिक मोर्चाको २०४३ चैत्र २६ गते काठमाण्डौंको घण्टाघरमा गठन भएको थियो । रक्तिमको गठनभन्दा अगाडि अ.ने. जनसांस्कृतिक संघको नामबाट खुशिराम पाख्रिनको एउटा टोलीले अखिल भारत नेपाली एकता समाजको नगर स...

रक्तिम सांस्कृतिक अभियान: विगत वर्तमान र हाम्रो अभिभारा

जीवन शाही, महासचिव रक्तिम सांस्कृतिक अभियान रक्तिम सांस्कृतिक अभियानको विगत वर्तमान र हाम्रो अभिभाराका सन्दर्भमा चर्चा गरिरह“दा यहा“ हामीले यसको स्थापनाको पृष्ठभूमि र सङ्घर्षको यात्रालाई चटक्कै बिर्सियँंै भने यो अन्यायपूर्ण हुन जान्छ । यसर्थ यहा“ हामी रक्तिमको स्थापनाका विषयमा बारेमा चर्चा गर्न गइरहेका छौं । आज देशविदेशमा रक्तिमको जुन प्रकारको लोकप्रियता छ, त्यसको पछाडि हजारौं कलाकारहरूको लामो सङ्घर्ष र गौरवशाली इतिहासले काम गरेको छ । रक्तिमको विषयमा जानकारी लिन चाहनेहरूका लागि सहजता होस् भन्ने हेतुले यो सामग्री तयार पारेका छौ“ । हामीले यहा“ रक्तिम सांस्कृतिक अभियानको विगत र वर्तमान अवस्थालाई केलाउने प्रयत्न गरेका छौं । हुन त यो विषयमा चर्चा गर्ने हैसियत पङ्तिकारले राख्न सक्ने–नसक्ने त्यो फरक पाटो होला । तर पनि यो विषयमा प्रकाश हाल्दा राम्रै हुनसक्छ भन्ने उद्देश्यले यो प्रयास गरिएको छ । यतिबेलासम्म आइपुग्दा रक्तिम सांस्कृतिक अभियान मुलुककै प्रगितिशील सांस्कृतिक आन्दोलनको लोकप्रिय र अग्रणी मोर्चाको रूपमा सर्वप्रिय बनेको छ । तमाम काम गरीखाने वर्गको मुक्तिका लागि संघर्षशील आशावादी ...

प्रधानमन्त्रीलाई रक्तिमको ज्ञापन–पत्र

नेपाली कला साहित्य र संस्कृतिका क्षेत्रमा पश्चिमा छाडा संस्कृतिको प्रभाव हावी भएको भन्दै त्यसको नियन्त्रणको माग राख्दै रक्तिम सांस्कृतिक अभियानले देशभरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बु“दे ज्ञापन पत्र बुझाएको छ । अभियानका केन्द्रीय पदधिकारीहरूले आ–आफ्नो जिल्ला र जिम्माको क्षेत्रमा सहभागी भई ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ । नवलपरासी  नेपाली कला, साहित्य र संस्कृतिका क्षेत्रमा पश्चिमा छाडा संस्कृतिको प्रभाव हावी भएको भन्दै त्यसमाथि नियन्त्रणको माग राख्दै रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको निर्णय अनुसार नवलपरासीमा ज्ञापन पत्र बुझाइएको छ । रक्तिमका केन्द्रीय अध्यक्ष रेम रानाको नेतृत्वमा गएको टोलीले २०७६ वैशाख १९ गते प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको हो । टोलीमा रक्तिम नवलपरासीका अध्यक्ष मेघराज गौतम, सचिव लक्ष्मणजङ्ग हमाल र राजमो नवलपरासीका अध्यक्ष किष्णबहादुर अधिकारीको पनि सहभागिता रहेको थियो । सुर्खेत रक्तिमले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ । रक्त...