Skip to main content

गृहपृष्ठ



 रक्तिमको राष्ट्रिय भेला सम्पन्न
सर्वहारा सांस्कृतिक क्रान्तिको स्प्रीटलाई पक्राैं

नेपाली प्रगतिशील सांस्कृतिक आन्दोलनको सशक्त सांस्कृतिक मोर्चाको रूपमा स्थापित भएको रक्तिम सांस्कृतिक अभियानको ऐतिहासिक राष्ट्रिय भेला बुटवलमा सम्पन्न भएको छ । रक्तिमले सर्वहाराबर्गीय कला साहित्य मार्फत जनता लाई सुसुचित गर्दै आइरहेको सवैलाई जानकारी नै छ । यसै क्रमको निरन्तरताको एउटा महत्वपूर्ण कडीका रूपमा बुटवल राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले अभियानको गौरवमय परम्परालाई अक्षुण्ण राख्न र सर्वहारावर्गीय सांस्कृतिक आन्दोलनको दिशामा अग्रसर हुनका लागि यो  राष्ट्रिय भेला कोशेढुंगा सावित हुने भेलाका सहभागीहरूले बताएका छन् । तीन दशक लामो यात्राको क्रममा कैयौं उतारचढाप पार गर्दै अहिलेको अवस्थामा आइपुगेकोे  छ । यहा“सम्म आइपुग्दा थुप्रै सांस्कृतिक अभियात्रीहरूको महत्वपूर्ण भूमिका रहेको छ र भोलिका दिनमा पनि रहनेछ ।  सर्वहारावर्गीय सांस्कृतिक चेतनाले सुसज्जित अभियानका जिम्मेवार अभियात्रीहरूको उच्च मनोबल र दृढ सङकल्प र संघर्षबाट अभियानले भावी दिनमा थप गतिलिने कुरामा विश्वस्त रहेको सम्मेलनका सहभागीहरूले बताएका छन् । रक्तिमको स्थापना दिवसको अवसरमा बुटवलमा २०७५ चैत्र २६ गते सम्पन्न भेलाका सहभागीहरूले सर्वहारावर्गीय विश्वदृष्टिकोणको आलोकमा सर्वहारा सांस्कृतिक क्रान्तिको स्प्रीटलाई पक्रेर अघि बढ्न समेत सहभागीहरूले सुझाव गरेका छन् ।
 क) उद्घाटन सत्र

    राष्ट्रिय भेलाको उद्घाटन शत्र भेला आयोजक समितिका संयोजक नारायण योगीको अध्यक्षता र सदस्यका जीवन शाहीे सञ्चालनमा सञ्चाल भेलाको प्रमुख आतिथ्यता अखिल नेपाल किसान महासंघका अध्यक्ष तथा वामपन्थी नेता भैरवराज रेग्मीले गर्नु भएको थियो । भेलामा उपस्थित प्रतिनिधि प्रवेक्षक तथा अतिथिहरूलाई समितिका सदस्य रेम रानाले स्वागत मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो । स्वागत मन्तव्य स“गस“गै कलाकारहरूले नथाकौ“ साथी कुनै सा“झमा बोलको स्वागत गीत प्रस्तुत भएको थियो ।  शहिदहरूप्रति मौन धारण प्रमुख अतिथि भैरवराज रेग्मीले दीप प्रज्वलन गरी भेलाको उद्घाटन गर्नुभएको थियो । “सामन्ती, साम्राज्यवादी संस्कृतिको विरोध गरौ“ । रक्तिम सांस्कृतिक अभियानको राष्ट्रिय भेला सफल पारौ“” भन्ने मूल नाराका साथ बुटवलमा सम्पन्न उक्त भेलामा प्रमुख अतिथि समेत रहनुभएका रेग्मीले देशका हरेक परिवर्तन र क्रान्तिकारी आन्दोलनहरूमा रक्तिम सांस्कृतिक अभियानको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । साथै उहा“ले अभियानलाई वैचारिक र सङ्गठनात्मक रूपमा अझै सशक्त बनाएर लैजानुपर्ने भन्दै राष्ट्रिय भेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा समसामयिक राजनीतिक सन्दर्भमा बोल्दै प्रमुख अतिथि रेग्मीले वर्तमान राज्य व्यवस्थाबाट नया“ जनवादी व्यवस्था तथा समाजवादी व्यवस्थाको कुनै आशा गर्न नसकिने बताउनु भएको छ । साथै उहा“ले अहिले देशमा राजतन्त्र ब्य“ुत्याउनका लागि राजावादी तथा देशी विदेशी तŒवहरूको चलखेल र राष्ट्रघाती नागरिकता विधेयकका कारण देशको राष्ट्रियतामा नै गम्भीर खतरा सिर्जना भएको बताउनु भएको छ ।
त्यसैगरी रक्तिम सांस्कृतिक अभियान राष्ट्रिय भेला आयोजक समितिका संयोजक नारायण योगीले कार्यक्रममा बोल्दै तीन दशकभन्दा लामो इतिहास बोकेको रक्तिम सांस्कृतिक अभियानले सांस्कृतिक आन्दोलनको माध्यमबाट आम शोषितपीडित जनतालाई वैचारिक रूपमा सचेत गराउ“दै देश परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको छ । साथै उहा“ले आगामी दिनमा थप जिम्मेवारी सङ्गठनका का“धमा आएकाले अभियानलाई अझै सशक्त बनाएर लैजाने बताउनु भएको छ ।
कार्यक्रममा बामपन्थी नेता कृष्णराज पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का महासचिव लोकराज भूसाल, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सल्लाहकार दुर्गानाथ खरेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय अध्यक्ष ढुण्डीराज शर्मा, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर के.सी., अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कु“वर, प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सचिव बाबुराम आचार्य, प्रगतिशील पत्रकार सङ्घका लोकेन्द्र सुनार, राष्ट्रिय जनमोर्चा जिल्ला समिति रूपन्देहीका सचिव दिपक पौडेल, अखिल नेपाल जनजाति सङ्घ रूपन्देहीका अध्यक्ष बिमल श्रीष लगायतले उक्त राष्ट्रिय भेलाको सफलताको शुभकामना दिनुभएको थियो ।
ख) बन्दसत्र
राष्ट्रिय भेलाको दोस्रो महत्वपूर्ण शत्र बन्दशत्रको अध्यक्षमण्डलको प्रस्ताव भेला आयोजक समितिका संयोजक नारायण योगीको पस्ताव पेश गरे कस“गै हलले एकमतले पारित गरेपछि रेम राना, मानबहादुर भण्डारी र लक्ष्मी गुरूङ रहेको अध्यक्ष मण्डलले बन्दसत्र सञ्चालन गरेको                 थियो । अध्यक्षमण्डलका तर्फबाट वन्द सत्रका अध्यक्षता लक्ष्मी गुरूङ र सञ्चालन मानबहादुर भण्डारीले गर्नुभएको थियो  भने प्रतिवेदकको भूमिकामा रेम राना रहनुभएको थियो । अध्यक्षमण्डलले कार्यप्रारम्भ गरिसकेपछि बिभिन्न २८ जिल्लाका प्रतिनिधिहरूले भेलामा रिपोटिङ पेश गर्नुभएको थियो । विगतका भेलाहरूमा भन्दा यसपटक धेरै जिल्लाको सहभागिता रहेको समेत तथ्याङ्कले जनाएको थियो । भेलामा जिल्लागत र प्रदेशगत रिपोटिङ पेश भएको थियो ।  रिपोटिङपछि भेला आयोजक समितिका संयोजक नारायण योगीले सङ्गठनात्मक प्रस्ताव पेश गर्नुभएको थियो । भेलामा संयोजकद्वारा प्रस्ताव गरेको सङ्गठनात्मक प्रस्ताव र आगामी कार्यक्रमहरूमाथि विभिन्न चरणमा छलफल भएको थियो । छलफलपछि उक्त प्रस्तावलाई हाउसले एकमतले पारित गरेको थियो ।
ग) प्यानल प्रस्तुत
भेलामा आगामी नया“ कार्यसमितिको प्यानल पनि संयोजक नारायण योगीले नै पेश गर्नुभएको थियो । प्यानल सङ्ख्या १५ पूर्ण ४ वैकल्पिकको प्यानल प्रस्तावलाई पनि हाउसले एकमतले पास गरेको थियो । प्रस्तुत प्यानलमा प्रस्तावित नामहरूलाई पनि हाउसले एकमतले पास गरेपछि समितिको पहिलो बैठकले पदाधिकारीहरूको चयन गरेको थियो । जसअनुसार अध्यक्षमा रेम राना नवलपरासी, उपाध्यक्ष मानबहादुर भण्डारी बा“के, महासचिव जीवन शाही सुर्खेत, सचिव हेमराज आश्रम काठमाडौं, कोषाध्यक्ष विष्णु शर्मा काठमाडौं र सदस्यहरूमा भरत श्रेष्ठ पर्वत, दानबहादुर थापा बाग्लुङ, बाबुराम आचार्य कैलाली, गीता थापा काठमाडौं, विष्णु केसी अर्घाखा“ची, सीता बस्याल रूपन्देही, उषा थापा गुल्मी, विशाल पहाडी मोरङ र दानु सारू कास्कीलाई सदस्यमा चयन गरेको छ । १५ पूर्ण र ४ वैकल्पिक सहित १९ सदस्यीय केन्द्रीय सङ्गठन समितिकोे सल्लाहकारमा नारायण योगी लक्ष्मी गुरूङ, शुसिला पोख्रेल, मधु क्षेत्रीलाई चयन गरेको छ ।
घ) समापन समारोह
राष्ट्रिय भेला समापन समारोहको अध्यक्षता  नवनिर्र्वाचित समितिको तर्फबाट अध्यक्ष रेम रानाले गर्नुभएको थियो भने सञ्चालन महासचिव जीवन शाहीले गर्नु भएको थियो । नवनिर्वाचित केन्द्रीय सङ्गठन समितिका तर्फबाट अध्यक्ष रेम रानाले प्रतिवद्धता व्यतm गर्नुभएको थियो । समापन र समारोहमा नवनिर्वाचित समितिलाई शुभकामना दिने वक्ताहरूमा भैरवराज रेग्मी, नारायण योगी, प्रतिनिधि पर्यवेक्षकको तर्फबाट भक्त उचै, देवी शर्मा र शरद लामिछाने हुनुहुन्थ्यो । भने राष्ट्रिय भेला आयोजक समितिका संयोजक नारायण योगीले धन्यवाद सहित वधाइ मन्तव्य राख्नु भएको थियो  ।

Comments

Popular posts from this blog

रक्तिमको साङ्गीतिक यात्रामा हाम्रो भूमिका र चुनौति

        रेम राना, अध्यक्ष , रक्तिम सांस्कृतिक अभियान २०४१–०४२ तिर मैले अनुभूति गरेको सांस्कृतिक क्षेत्र ने.क.पा (मसाल)को वैचारिक धाराको नजिक रहेको अखिल नेपाल जनसांस्कृतिक संघअन्र्तगत स्वतन्त्र नाम रहेको सांस्कृतिक परिवारहरू विद्यमान थिए । फरक अस्तित्व बोकेका जसमा वेदना परिवार, अगुल्ठो परिवार, राल्फा परिवार जस्ता केही वामपक्षीय सांस्कृतिक परिवारहरू पनि थिए । जसले पञ्चायतकालीन कालरात्रीलाई चिर्न जनपक्षिय, सांगीतिक तथा नाट्य विधालाई अगाडि बढाइरहेका थिए । त्यति बेला म भारतको हरियाणा राज्यको फरिदावादको औधोगिक क्षेत्रमा मजदूर थिए“ । त्यहा“ प्रवासी नेपाली मजदूरको नेतृत्व गर्ने अखिल भारत नेपाली एकता समाज फरिदावाद नगरअन्तर्गत सञ्चालित जनज्योति सांस्कृतिक परिवारमा सामेल भएर काम गरेको थिए“ । यता ने.क.पा मसालकै अभिभावकत्व र पहलमा जीवन शर्माको नेतृत्वमा रक्तिम अभियान नामक सांस्कृतिक मोर्चाको २०४३ चैत्र २६ गते काठमाण्डौंको घण्टाघरमा गठन भएको थियो । रक्तिमको गठनभन्दा अगाडि अ.ने. जनसांस्कृतिक संघको नामबाट खुशिराम पाख्रिनको एउटा टोलीले अखिल भारत नेपाली एकता समाजको नगर स...

रक्तिम सांस्कृतिक अभियान: विगत वर्तमान र हाम्रो अभिभारा

जीवन शाही, महासचिव रक्तिम सांस्कृतिक अभियान रक्तिम सांस्कृतिक अभियानको विगत वर्तमान र हाम्रो अभिभाराका सन्दर्भमा चर्चा गरिरह“दा यहा“ हामीले यसको स्थापनाको पृष्ठभूमि र सङ्घर्षको यात्रालाई चटक्कै बिर्सियँंै भने यो अन्यायपूर्ण हुन जान्छ । यसर्थ यहा“ हामी रक्तिमको स्थापनाका विषयमा बारेमा चर्चा गर्न गइरहेका छौं । आज देशविदेशमा रक्तिमको जुन प्रकारको लोकप्रियता छ, त्यसको पछाडि हजारौं कलाकारहरूको लामो सङ्घर्ष र गौरवशाली इतिहासले काम गरेको छ । रक्तिमको विषयमा जानकारी लिन चाहनेहरूका लागि सहजता होस् भन्ने हेतुले यो सामग्री तयार पारेका छौ“ । हामीले यहा“ रक्तिम सांस्कृतिक अभियानको विगत र वर्तमान अवस्थालाई केलाउने प्रयत्न गरेका छौं । हुन त यो विषयमा चर्चा गर्ने हैसियत पङ्तिकारले राख्न सक्ने–नसक्ने त्यो फरक पाटो होला । तर पनि यो विषयमा प्रकाश हाल्दा राम्रै हुनसक्छ भन्ने उद्देश्यले यो प्रयास गरिएको छ । यतिबेलासम्म आइपुग्दा रक्तिम सांस्कृतिक अभियान मुलुककै प्रगितिशील सांस्कृतिक आन्दोलनको लोकप्रिय र अग्रणी मोर्चाको रूपमा सर्वप्रिय बनेको छ । तमाम काम गरीखाने वर्गको मुक्तिका लागि संघर्षशील आशावादी ...

प्रधानमन्त्रीलाई रक्तिमको ज्ञापन–पत्र

नेपाली कला साहित्य र संस्कृतिका क्षेत्रमा पश्चिमा छाडा संस्कृतिको प्रभाव हावी भएको भन्दै त्यसको नियन्त्रणको माग राख्दै रक्तिम सांस्कृतिक अभियानले देशभरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बु“दे ज्ञापन पत्र बुझाएको छ । अभियानका केन्द्रीय पदधिकारीहरूले आ–आफ्नो जिल्ला र जिम्माको क्षेत्रमा सहभागी भई ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ । नवलपरासी  नेपाली कला, साहित्य र संस्कृतिका क्षेत्रमा पश्चिमा छाडा संस्कृतिको प्रभाव हावी भएको भन्दै त्यसमाथि नियन्त्रणको माग राख्दै रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको निर्णय अनुसार नवलपरासीमा ज्ञापन पत्र बुझाइएको छ । रक्तिमका केन्द्रीय अध्यक्ष रेम रानाको नेतृत्वमा गएको टोलीले २०७६ वैशाख १९ गते प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको हो । टोलीमा रक्तिम नवलपरासीका अध्यक्ष मेघराज गौतम, सचिव लक्ष्मणजङ्ग हमाल र राजमो नवलपरासीका अध्यक्ष किष्णबहादुर अधिकारीको पनि सहभागिता रहेको थियो । सुर्खेत रक्तिमले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ । रक्त...