हाम्रो विशालता
गिरिप्रसाद बुढामगर
हामी यति बलियो हुनेछौं
आज हामीलाई कम्जोर ठानेर
हेप्नेहरू जो जो छन्
हाम्रो छाया“ देखेर मात्रै पनि
उनीहरूका शिर भु“इतिर झुक्नेछ
हामी यति विशाल हुनेछौं
आज हामीलाई सानो ठानेर
कुच्दै हिंड्नेहरू जो जो छन्
हाम्रो नाम सुनेर मात्रै पनि
उनीहरूको सातो उड्नेछ
हामीले जे गर्छौ त्यो सफल हुने गरी
हामीले जे भन्छौ त्यो पूरा हुने गरी
संसारकै हामी बलिया हुनलाई
एक पाइलाबाट हामीले
कैयौं माइलको यात्रा पूरा गर्नु छ
रगत, आ“सु र पसिनाको नदी नै बगाउनु छ
हाम्रो विशालताको लागि
हाम्रो मजबुतिको लागि
प्रत्येकले आफैलाई कुर्वानी गर्नुछ
उज्यालो भविष्यको लागि
प्रत्येकले आफैलाई लगानी गर्नु छ
हामी आपसमा बेस्सरी जुध्नु छ
हामी आपसमा बेस्सरी लड्नु छ
तर हाम्रो एकताको लागि
हाम्रो तागत निर्माणको लागि
शुत्रुले देख्ने गरी जुध्नु हु“दैन
हाम्रो शक्ति फुट्ने गरी लड्नु हु“दैन
अनि मात्रै
युगौंदेखि थिचिएका हामी
किसानहरू, मजदुरहरू, भोका नाङ्गाहरू
सधैं सधैं हेपिएकाहरू
हामी यति बलिया हुनेछौं
हामीमाथिको आकासमा
हाम्रो मात्रै झण्डा हुनेछ
हामी यति विशाल हुनेछौ
हाम्रो धर्तिमा हाम्रो मात्रै पाइला हुनेछ
महान अभियान
मधु क्षेत्री
रक्तिम यात्रा, एक अविरल महान अभियान,
सा“स्कृतिक रूपान्तरणको महान अभियान ।
निरन्तर बढिरहने छ यो अभियान,
समाज परिवर्तनको संवाहक बन्ने छ यो अभियान ।।
समाजमा व्याप्त कुरीति र कुसंस्कारका बिरूद्ध,
निरन्तर डटिरहने छ यो अभियान ।
भेदभाव र छुवाछूत प्रथाका बिरूद्ध,
गर्जदै अघि बढ्ने छ यो अभियान ।।
अन्याय अत्याचार, दमन, थिथोमिचोमा,
परेका जनतालाई ब्यू“झाउने हाम्रो अभियान ।
राष्ट्रघातीहरूका बिरूद्ध शंखनाद गर्ने,
यो हाम्रो महान अभियान ।।
रक्तिम यात्राका हामी अविरल यात्री,
साम्राज्यवादका किल्ला भत्काउ“दै ।
निरन्तर अघि बढ्ने छ हाम्रो अभियान,
सुतेकालाई ब्यू“झाउने, ब्यू“झेकालाई उठाउने ।।
हाम्रो महान रक्तिम अभियान,
प्रत्येकलाई आफैबाट रूपान्तरण हुन ।
पाठ सिकाउने हाम्रो अभियान,
पश्चिमेली छाडा संस्कृतिका विरूद्ध ।।
जेहाद छेड्ने हाम्रो महान अभियान,
स्वयं परिवर्तन नभई समाज परिवर्तन हु“दैन ।
भन्ने शिक्षा दिने हाम्रो अभियान,
भ्रष्टाचार र कुशासनका विरूद्ध ।।
कलम चलाउने हाम्रो अभियान,
छेकेर छेकिन्न रोकेर रोकिन्न ।
यो हाम्रो महान अभियान,
दुष्मनका किल्ला भत्काउ“दै ।।
निरन्तर लम्कने हाम्रो अभियान,
निरन्तर लम्कने हाम्रो रक्तिम अभियान ।।
गिरिप्रसाद बुढामगर
हामी यति बलियो हुनेछौं
आज हामीलाई कम्जोर ठानेर
हेप्नेहरू जो जो छन्
हाम्रो छाया“ देखेर मात्रै पनि
उनीहरूका शिर भु“इतिर झुक्नेछ
हामी यति विशाल हुनेछौं
आज हामीलाई सानो ठानेर
कुच्दै हिंड्नेहरू जो जो छन्
हाम्रो नाम सुनेर मात्रै पनि
उनीहरूको सातो उड्नेछ
हामीले जे गर्छौ त्यो सफल हुने गरी
हामीले जे भन्छौ त्यो पूरा हुने गरी
संसारकै हामी बलिया हुनलाई
एक पाइलाबाट हामीले
कैयौं माइलको यात्रा पूरा गर्नु छ
रगत, आ“सु र पसिनाको नदी नै बगाउनु छ
हाम्रो विशालताको लागि
हाम्रो मजबुतिको लागि
प्रत्येकले आफैलाई कुर्वानी गर्नुछ
उज्यालो भविष्यको लागि
प्रत्येकले आफैलाई लगानी गर्नु छ
हामी आपसमा बेस्सरी जुध्नु छ
हामी आपसमा बेस्सरी लड्नु छ
तर हाम्रो एकताको लागि
हाम्रो तागत निर्माणको लागि
शुत्रुले देख्ने गरी जुध्नु हु“दैन
हाम्रो शक्ति फुट्ने गरी लड्नु हु“दैन
अनि मात्रै
युगौंदेखि थिचिएका हामी
किसानहरू, मजदुरहरू, भोका नाङ्गाहरू
सधैं सधैं हेपिएकाहरू
हामी यति बलिया हुनेछौं
हामीमाथिको आकासमा
हाम्रो मात्रै झण्डा हुनेछ
हामी यति विशाल हुनेछौ
हाम्रो धर्तिमा हाम्रो मात्रै पाइला हुनेछ
महान अभियान
मधु क्षेत्री
रक्तिम यात्रा, एक अविरल महान अभियान,
सा“स्कृतिक रूपान्तरणको महान अभियान ।
निरन्तर बढिरहने छ यो अभियान,
समाज परिवर्तनको संवाहक बन्ने छ यो अभियान ।।
समाजमा व्याप्त कुरीति र कुसंस्कारका बिरूद्ध,
निरन्तर डटिरहने छ यो अभियान ।
भेदभाव र छुवाछूत प्रथाका बिरूद्ध,
गर्जदै अघि बढ्ने छ यो अभियान ।।
अन्याय अत्याचार, दमन, थिथोमिचोमा,
परेका जनतालाई ब्यू“झाउने हाम्रो अभियान ।
राष्ट्रघातीहरूका बिरूद्ध शंखनाद गर्ने,
यो हाम्रो महान अभियान ।।
रक्तिम यात्राका हामी अविरल यात्री,
साम्राज्यवादका किल्ला भत्काउ“दै ।
निरन्तर अघि बढ्ने छ हाम्रो अभियान,
सुतेकालाई ब्यू“झाउने, ब्यू“झेकालाई उठाउने ।।
हाम्रो महान रक्तिम अभियान,
प्रत्येकलाई आफैबाट रूपान्तरण हुन ।
पाठ सिकाउने हाम्रो अभियान,
पश्चिमेली छाडा संस्कृतिका विरूद्ध ।।
जेहाद छेड्ने हाम्रो महान अभियान,
स्वयं परिवर्तन नभई समाज परिवर्तन हु“दैन ।
भन्ने शिक्षा दिने हाम्रो अभियान,
भ्रष्टाचार र कुशासनका विरूद्ध ।।
कलम चलाउने हाम्रो अभियान,
छेकेर छेकिन्न रोकेर रोकिन्न ।
यो हाम्रो महान अभियान,
दुष्मनका किल्ला भत्काउ“दै ।।
निरन्तर लम्कने हाम्रो अभियान,
निरन्तर लम्कने हाम्रो रक्तिम अभियान ।।
Comments
Post a Comment