Skip to main content

क्रान्तिको जीवनमा साहित्यको भूमिका


१. विषयारम्भ
रामप्रकाश पुरी
साहित्यको शक्तिबारे धेरै महानुभावहरू परिचित छन् । साहित्यमा बिभिन्न वाजाका धूनहरू गुञ्जिन्छन् र मधुर स्वरहरूले मानवीय चित्तलाई उज्यालो बनाउने काम गर्दछन् । तर यो कुरा हामी पत्याउन सक्दैनौ“, कुनै त्यस्तो साहित्य, जुन समाजबाट हुत्तिएको होस् वा अरू ग्रहबाट आएको कुनै इलियनले त्यसको कार्यान्वयन गरिरहेको होस् । मानवजीवनको व्यवहारबाट व्यक्त हु“दै गइरहेको र मानवहरूका बीचमा भएको व्यवहारको अभिव्यक्ति हो साहित्य । तर यो कलात्मक हुने भएकोले चित्ताकर्षक हुन पुग्दछ । त्यसैले यसको प्रभाव सामाजिक जीवनमा छिटो पर्दछ र मानिसको विचारलाई छिटो छिटो प्रभाव पार्नका लागि सहायक सिद्ध हुन्छ ।
यो कुरा सत्य थियो, दा“ते एक महान लेखक थिए र उनको लेखनका कारणले युरोपमा उथलपूथल आउनका लागि ठूलो आधार निर्माण भएको थियो । त्यस्तै अरू सत्यहरू पनि थिए, दर्शन र इतिहास सम्बन्धी बिभिन्न अनुसन्धान भए र सामाजिक व्यवस्था के हो भन्ने कुरा ठम्याउन माक्र्सलाई सहज पनि भएको थियो । भौतिकवाद र द्वन्द्ववादका विषयहरू विचार पद्दतिस“ग जोडिएपछि विचारमा, दर्शन, सिद्धान्त, दृष्टिकोण लगायतका बिभिन्न पक्षहरूमा त युगीन क्रान्ति नै भयो । साथसाथै सामाजिक क्रान्ति पनि भयो । सन् १९१७ मा रूसमा समाजवादी क्रान्ति हुनेवाला थियो तर त्यो कुरा म्याक्सिम गोर्कीले आमा उपन्यासमा १० वर्ष अगाडि नै साक्षात्कार गरिदिए ।
साहित्य धेरै तागतले भरिएको तर शब्दसंयोजित मानव व्यवहारको कलात्मक अभिव्यक्ति हो । साहित्य आफैमा सामाजिक विज्ञान होइन, तर सामाजिक विज्ञानलाई रङ्गीन बनाएर पुलकित बनाउने चमत्कारी साधन हो । जस्तो कि, कलाकारहरूले मंचमा अभिनय गरिरह“दा आम दर्शकहरूले जीवनको वास्तविकताको अनुभव गरिरहेका हुन्छन् र नया“ चेतनाशक्तिद्वारा निर्देशित भइरहेका हुन्छन् । त्यसैले साहित्य ग्रन्थमा कैद भएको चीज मात्र होइन, समाजको बिभिन्न क्षेत्रमा व्यक्त भइरहेको मानवीय व्यवहारको कलात्मक अभिव्यक्ति हो । कला र साहित्य पुस्तकको भूमिका लेख्दै बे. क्रिलोभ भन्दछन् ः “माक्र्स र एङ्गेल्सको भनाइ अनुसार कला सामाजिक चेतनाको एउटा रूप हो, तसर्थ कलामा हुने सम्पूर्ण परिवर्तनहरूको कारण पनि मानिसहरूको सामाजिक अस्तित्वमा नै खोज्नुपर्छ ।” (क्रिलोभ ः १५)      
२. क्रान्तिको दर्शन माक्र्सवाद
माक्र्सवाद आधुनिक र वैज्ञानिक दर्शन भएकोले बिभिन्न पक्षहरूसित यसको सम्बन्ध के हुन्छ भनी बुझ्नु आवश्यक हुन्छ । माक्र्सवादमा सामाजिक विकासको मान्यतालाई गतिशील र परिवर्तनकारी विशेषताको मूर्त प्रवृत्तिको रूपमा विचार गरिएको छ । कुनै पनि दर्शनले विचार गर्न नसकेको यो निश्चित् रूपले अरू बिभिन्न दर्शनमा मिसिएर आएको कुरा थियो । तर माक्र्सवादले ती सबै दर्शनहरूलाई त्यस्तो केन्द्रमा ल्याएर राखिदियो कि जसको औचित्यता र प्रवृत्तिहरूले द्वन्द्वात्मक सम्बन्ध कायम गरेका हुन्छन् भन्ने कुरालाई तथ्यगत र प्रमाणिक ढा“चामा प्रस्तुत गरिदियो । त्यसरी माक्र्सवादले स्पष्टताका साथ घोषणा गरिदियो ः सम्पूर्ण मानव इतिहास वर्गसंघर्षको इतिहास हो । वास्तवमा यो घोषणा मानवसमाजको विकास सम्बन्धीका तथ्यहरूको गहन अध्ययनको परिणाम थियो र पुष्टि भयो कि, अनेक उहापोहका साथ सामाजिक विकास हु“दै आएको छ ।
विपरित तŒवहरू बीचको संघर्ष र सम्बन्धको आधारमा अस्तित्व स्थापित भएको हुन्छ । सामाजिक व्यवस्था मानवजातिले निर्माण गरेको हुनाले त्यसको आधारमा मानवविचार, इच्छा र आकांक्षा पनि मिसिएर आएका हुन्छन् । त्यसैले त्यसलाई तिनले त्यस्तो गति दिन्छन्, जो फरक उद्देश्य र विचारका कारणले द्वन्द्व गर्न अग्रसर हुन्छन् । त्यसैले समाजमा विपरित वर्गहरूको अस्तित्व देखा पर्दछ र तिनीहरूमा परस्पर संघर्ष हुन्छ । यही संघर्षलाई नै ‘वर्गसंघर्ष’को भाषाले परिभाषित गरिंदै आएको छ ।
वर्गसंघर्षमा सर्वहारावर्गको अनिवार्य विजयलाई माक्र्सवादी दर्शनले उत्खनन् गरेर अगाडि ल्यायो । वर्गसंघर्षमा हेलिनु र त्यसमा अनेक पटक पराजय भोग्नु, अनि फेरि सर्वहारावर्गले आफूलाई व्यवस्थित गर्नु, शक्तिशाली बनाउनु र शत्रुलाई प्रहार गर्नु ः यसको परिणामस्वरूप सर्वहारावर्गले अन्तिम विजय प्राप्त गर्न सक्ने सच्चाइलाई बिभिन्न पुष्टिहरू प्रदान गरेर माक्र्सवादले सर्वहारावर्गलाई क्रान्तिचेतना प्रदान गर्यो । पू“जीवादभित्र माक्र्सवादको व्यवस्थित विकास हुनुभन्दा अगाडि अधिकारका लडाईहरू चल्ने गरेका भएपनि केहीमा राजनीतिक स्वतन्त्रता, केहीमा आर्थिक मागहरू, केहीमा सामाजिक वा अन्य विविध अधिकारहरूका लागि मात्र माग राखेर संघर्षहरू गरिएका थिए ।
क्रान्तिको इतिहासमा १७८९को फ्रान्सको राज्यक्रान्ति युगान्तर गर्ने महान् घटना थियो । त्यो क्रान्तिले पू“जीवादलाई अस्तित्वमा ल्यायो र सामान्तवादको अध्यायलाई बन्द गर्ने दिशामा सारा विश्वलाई अग्रसर गराएको थियो । त्यो क्रान्तिले  त्यति धेरै महŒवपूर्ण कुरा स्थापना गरेको भएपनि पू“जीवादले मानवजातिलाई न्याय दिन नसक्ने कुरा सुनिश्चित थियो । पू“जीवाद नाफा र धोकाधडीबाट मात्र चल्न र बा“च्न सक्ने सामाजिक प्रणाली थियो । जसले बहुसंख्यक मानवजातिमाथि शोषणको जालो फैलाएर मुठ्ठीभरको वर्गलाई सम्पन्न तुल्याउन सक्दथ्यो । बहुसंख्यक जनताको श्रमको लूट गरेर मात्र पू“जीवादले आफूलाई बचाउन सक्छ भन्ने तथ्यलाई माक्र्सवादले घोषणा गरिदियो । माक्र्सवादले यो पनि स्पष्ट गरिदियो, पू“जीवादलाई सर्वहारावर्गले नै ध्वस्त गर्न सक्ने छ, तर त्यसको अर्थ यो हुने छ कि सर्वहारावर्गले सारा मानवजातिको हितको व्यवस्था निर्माण गर्ने छ । त्यसका लागि सम्झौताहीन संघर्षको आवश्यकता, वर्गको निषेध र त्यसका लागि अग्रगामी कदमहरू(वर्गसंघर्षमा निषेधको निषेध नियमलाई लागू गरिरहनका लागि सर्वहारावर्गले अग्रगामी कदमबाट नै प्रतिक्रान्तिलाई निस्तेज पारिरहन सक्दछ) नै सर्वहारावर्गले सामाजिक जीवनमा आफूलाई सबैभन्दा अब्बल सावित गर्ने आधारहरू थिए । माक्र्सवादले यी सबै आधारहरूलाई सर्वहारावर्गका सामू राखिदियो ।
एङ्गेल्सले लेखेका छन् ः “राजनीतिक, न्यायिक, दार्शनिक, धार्मिक, साहित्यिक, कलात्मक आदि विकास आर्थिक विकासमाथि आधारित हुने गर्दछ । तर यी सबैले एक अर्काका साथै आर्थिक आधारलाई पनि प्रभावित पार्दछन् । यस्तो होइन कि, आर्थिक अवस्था मात्र एकल रूपमा सक्रिय हुनाका कारणले अरू बा“की पक्ष निष्कृय हुने गर्दछन् ।” (राय ः पृ. ६१)
माक्र्सवाद आफैमा एक क्रान्तिकारी दर्शन र नया“ युगलाई ठम्याउन सक्ने महान् विचार भएकोले समाजलाई यथास्थितिबाट बदल्नका लागि यो जहिले पनि सक्रिय र जीवन्त भएको छ । यसलाई पक्ष–विपक्षहरूले समर्थन वा विरोध, कार्यान्वयन वा बाधा अड्काउ गरेर यसको जीवनको शक्तिलाई साक्षात्कार गराउ“छन् । त्यसैले सर्वहारावर्गको क्रान्तिबाट अन्त हुनुपर्ने बाध्यता बोकेको पू“जीवाद र त्यसको हिमायती पक्षधर वुर्जुवा वर्गले पनि माक्र्सवादलाई सक्रिय पार्नका लागि भूमिका खेल्नै पर्ने स्थिति रहन्छ । यसरी माक्र्सवादले सम्पूर्ण समाजलाई हलचल बनाइरहेको हुन्छ । माथिका बिभिन्न कारणहरूले माक्र्सवाद क्रान्तिको दर्शन भएको कुरा स्पष्ट गर्दछन् ।
समाज परिवर्तन गर्न, भविष्यलाई सुन्दर बनाउन, सम्पूर्ण मानवजातिको समृद्धि निर्माण गर्न सर्वहारावर्गले आफूलाई योग्य बनाउ“दा त्यसका सम्पूर्ण क्रियाकलापहरू माक्र्सवाद सम्मत हुन जरूरी छ । यदि यसो हो भने, के साहित्य यो क्रान्तिको दर्शनमा आधारित हुन जरूरी छ ? हो जरूरी छ, यदि यसो हुन सकेन भने सर्वहारावर्गको साहित्य लेखिने छैन । यदि सर्वहारावर्गको साहित्य लेखिएन भने मानवजातिको समृद्धि एउटा साध्यको रूपमा मात्र रहिरहने छ । त्यसैले विद्यमानलाई बदल्न पनि, सर्वहारावर्गलाई क्रान्तिमा विजय बनाउनका लागि पनि र आम जनसमुदायलाई क्रान्तिको बाटो देखाउन पनि माक्र्सवादी दृष्टिकोणबाट साहित्य लेखिनुपर्छ र पढिनुपर्छ ।  
३. साहित्यमा माक्र्सवादी दृष्टिकोण
साहित्य विचारलाई व्यक्त गर्ने एउटा शैली र तरिका हो । जस्तो कि माथि भनियो, सामाजिक व्यवस्था मानवजातिले निर्माण गरेको हो । मानवजातिले आफ्ना आवश्यकता, आकांक्षा र उद्देश्यलाई निश्चित दर्शन र विचारबाट व्यक्त गर्ने क्रममा दर्शन र विचारका बीचमा भिन्नताहरू देखा पर्दछन् । साहित्यमा पनि त्यो कुरा सत्य हो । साहित्यलाई माक्र्सवादले मानवजातिको हितको एउटा साधनको रूपमा विचार गरेको छ । त्यो अवस्थामा मानवोचित कला र साहित्यप्रति यसको पक्षधरता हुन जान्छ ।
यथार्थवाद माक्र्सवादी साहित्यको आधारभूमि हो । तर यसको अर्थ प्रकृतिवादसित माक्र्सवादी यथार्थवादको कुनै सम्बन्ध छ भन्ने चाही“ होइन । शिवकुमार मिश्र लेख्छन् ः “यथार्थवादको आधार यथार्थ जीवनप्रति वस्तुपरक (आब्जेक्टिव) दृष्टि हो । वस्तुपरक दृष्टिको दावा प्रकृतिवादीहरूले पनि गर्दछ । तर तिनीहरूको ‘वस्तुपरकता’ सतही हुन्छ ।” (मिश्र ः पृ. २६) प्रकृतिवादको सतही त्यही हो जसको यथार्थवाद नाङ्गो वाह्य प्रस्तुति हुन्छ, प्रकृतिवादी यथार्थवादले यथार्थभित्रका सत्यहरूलाई देख्न सक्दैन, बुझ्न सक्दैन । त्यसैले साहित्यमा माक्र्सवादी यथार्थवाद प्रकृतिवादी यथार्थवाद भन्दा विपरित छ । यसर्थ माक्र्सवादी यथार्थवाद योजनाविहिन र नाङ्गो प्रदर्शनी होइन । 
माक्र्सवादी दर्शनले मानवजीवनलाई समुन्नति र समृद्धिका दिशामा पथप्रदर्शन गर्ने भएकोले यसको जगमा उभिएको साहित्यले पनि सकारात्मक भूमिका सहित आफ्नो दायित्व निर्वाह गर्दछ । त्यसको अर्थ हुन्छ, मजदूरको दुर्दशा र पू“जीपतिको स्वर्गको स्थितिलाई समाजका सामू राख्ने मात्र होइन दुर्दशाको स्थिति सृजना गराउने पू“जीपतिको स्वर्ग भत्काउनका लागि मजदूरलाई योजना प्रदान गर्नु । के मजदूरले स“धै गर्ने कार्य भत्काउनु नै हो ? होइन, भत्काइसकेपछि फेरि निर्माण गर्नु । तर कसको लागि ? समस्त मानवजातिका लागि । यही ध्येय माक्र्सवादी साहित्यको हुन्छ ।
मजदूरवर्गको अवस्थाको व्यापार गर्ने होइन, उसको अवस्था बदल्नका लागि त्यसलाई सक्रिय पार्ने दृष्टिकोण चाहिन्छ । त्यो दृष्टिकोण त्यतिबेला नै उत्सर्जित हुन सक्दछ, जतिबेला साहित्यमा माक्र्सवादी दृष्टिकोण अपनाइन्छ । माक्र्सवादी दृष्टिकोण अपनाइएको साहित्यले मजदूरवर्गलाई आफ्नो चरित्रनायक बनाउ“छ र एउटा सुखी विश्व निर्माणको अभियानमा आफूलाई समर्पित गर्दछ ।
माक्र्सवाद वर्गसंघर्षको दर्शन भएकोले समाजमा त्यसको स्थिति र कामदारवर्गको विजयका आधारहरू प्रदान गर्नु माक्र्सवादी दृष्टिकोण अ“गाल्ने साहित्यको कर्तव्य हो । माक्र्सवादभित्र समृद्ध समाजको भविष्य निहित छ । जस्तै कि बच्चन सिंह लेख्छन् ः “माक्र्सका दुइटा आकांक्षाहरू थिए, शोषणमुक्त वर्गहीन समाजको स्थापना र सम्पूर्ण मानवजातिको समृद्धि । पहिलो साधन थियो र दोश्रो साध्य थियो ।” (सिंह ः पृ. ८) वर्गहीन समाजका निर्माण भएपछि शोषणको अन्त्य हुन्छ या शोषणको अन्त्य भएपछि वर्गहीन समाज निर्माण हुन्छ ? वास्तवमा मानवजातिको समृद्धिको लागि वर्गहीन समाज निर्माण गर्नका लागि शोषणको अन्त्य हुनु जरूरी छ । त्यसैले शोषकवर्गका विरूद्ध संघर्ष आवश्यक पर्न जान्छ । वर्गहीन समाज एक विश्वको एउटा वास्तविक सपनाको अंश हो । त्यसैले यो साधन बन्न गएको हो ।
माक्र्सवादी दृष्टिकोण अपनाउनु भनेको द्वन्द्वात्मक भौतिकवादी पद्यतिलाई अपनाएर साहित्याभिव्यक्ति दिने कुरा हो । क्रान्तिको दर्शन भएर पनि राजनीतिक सत्ताको प्रश्न माक्र्सवादका लागि पनि महŒवले भरिएको छ । क्रान्ति मात्र होइन, निर्माणको प्रश्नलाई पनि यसले गम्भीरतापूर्वक लिन्छ र सर्वहारावर्गको सम्पूर्ण उद्देश्यको विवेचना गर्दछ । भनाइको तात्पर्य हो, यथार्थ र अयथार्थ, वास्तविक र अवास्तविक पक्षहरूलाई निदान गरेर मानवजीवनका पक्षहरूलाई अग्रगामी दिशातर्फ उन्मुख गराउनु माक्र्सवादी दृष्टिकोण अ“गालेका साहित्यहरूको काम हो । माक्र्सवादी दृष्टिकोण सामाजिक परिवर्तनको वुलन्द आवाज, वर्गसंघर्षको माहोल, मानवजातिको समृद्ध भविष्यको उद्घाटन हो । यसले मानवताको पक्षमा पैरवी गर्ने कुरा त छ“दैछ, साथसाथै कामदारवर्गमाथि निर्लज्ज लादिएको पू“जीवादी व्यवस्थाको अन्त्यका लागि संघर्षका अवैद्यानिक मार्गहरूलाई पनि स्वीकृत गर्दछ ।
माक्र्सवादी दृष्टिकोण वैज्ञानिक, वस्तुपरक र यथार्थ हुने भएकोले यस दिशाबाट लेखिने साहित्यको अवयव पनि त्यही गरिमाले सम्पन्न भएको हुन्छ । यसले कला र कलाकारको बीचको सम्बन्धलाई पनि गम्भीरतापूर्वक हेर्दछ । कलाको अभिव्यक्ति दिने कलाकारको जीवन र उसले रचना गरेको कला बीचको सामिप्यता कति छ भन्ने कुरालाई उपेक्षा गर्न मिल्दैन । किनभने माक्र्सवादी दृष्टिकोण ‘उपदेश’लाई स्वीकार गर्ने पक्षमा छैन ।
कलाकार को हो ? भन्ने प्रश्नलाई ध्यान दिन आवश्यक छ, किनभने कलामा सजीवता प्रकट हुनाका लागि सर्जकले अन्तह्र्रदयबाट नै प्रस्तुत गरिने विषयवस्तुलाई अनुभूति गरेको हुनुपर्छ । जस्तो कि खुला आ“खाले खाली खुट्टा हिडेको देख्न सकिन्छ । तर त्यसरी निष्कर्षमा पुग्दा धेरै कुरा छुट्न जान्छन् । खाली खुट्टा हिड्दाको अनुभव, त्यसरी हिड्नुपर्ने वाध्यता आदि कुरालाई अन्तह्र्रदयले नै महशूस गरेर व्यक्त गरेको छ भने त्यो ‘उपदेश’ भन्दा फरक र विश्वसनीय आधारहरूले भरिएको कला बन्दछ । जुन बहुसंख्यक जनताको हितको लागि योग्य हुन्छ । यसको खास अर्थ साहित्य वर्गीय हुन्छ भन्ने हो । रामविलास शर्मा लेख्छन् ः “यदि कलाकार स्वभावतः प्रगतिशील हुन्थ्यो भने साहित्यमा प्रगतिशील वा प्रतिक्रियावादको भेद गर्नु निरर्थक हुने थियो । कलाकारको साथमा दुइटा चीज हुन आवश्यक छ, पहिलो अनुभव, दास्रो, सौन्दर्यमूलक प्रवृत्ति । यी दुई कुरा छन् भने त्यो कलाकार प्रगतिशील हुन सक्दछ ।” (शर्मा ः पृ. ३७) भनाइको अर्थ हो, कला वर्गीय हुने भएकोले कलाकार स्वभावतः प्रगतिशील हु“दैन । उसलाई प्रगतिशील हुनाको लागि त्यसप्रकारको विचार, दर्शन, सिद्धान्त र व्यवहारसित अभ्यस्त हुनु आवश्यक हुन्छ । साहित्यमा माक्र्सवादी दृष्टिकोण त्यही साहित्यिक दृष्टिकोण हो, जसले कला, विचार र कलाकारको औचित्यता र अर्थलाई पनि राम्ररी व्यक्त गर्न सक्दछ ।   
४. साहित्यमा वर्गसंघर्ष
‘साहित्यमा वर्गसंघर्ष घनीभूत रूपले हुने गर्दछ ।’ तर यो तथ्यलाई कतिपय मानिसले विश्वास गर्दैनन् र कतिपयलाई विश्वास गर्न गाह्रो हुन्छ । तर सत्य यो हो कि सामाजिक व्यवस्थामा विपरित वर्गहरूले स्थान लिएर बसेका छन् । उनीहरूका उद्देश्य, आकांक्षा र लक्ष्यहरू फरक फरक छन् । अ“झ भन्ने हो भने ती विपरित वर्गहरू आफ्नो स्वार्थका लागि संघर्षरत् छन् र एकअर्कालाई समाप्त पार्नका लागि उद्यत छन् । उनीहरूले आफ्नै दर्शन र संस्कार निर्माण गरेर त्यसप्रकारको संघर्षमा भाग लिएका हुन्छन् । त्यसो भए यो भन्न हामीलाई पूर्ण अधिकार छ ः साहित्य अलग ग्रहको कुनै ‘इलियन’ होइन । त्यो सामाजिक जीवनको उत्पादन भएकोले सामाजिक व्यवस्थाका चरित्रहरूद्वारा सजिएको मानव अभिव्यक्ति हो ।
लुशुन लेख्छन् ः “मेरो यो विश्वास छ कि कोही पनि यस पृथ्वीमा आएपछि उसले अनुभवले यो जान्ने छ कि यो समाज कुन प्रकारको छ ?” (लुशुन ः पृ २०) यसको अर्थ हो, व्यक्ति समाजसित घुलमिल हुनु र उसले आफ्नो व्यवहार समाजसित गर्नु र त्यसको गुण प्राप्त गर्नु । त्यसैले व्यक्ति कुनै पनि कला र साहित्यले प्रभावित हुनाका लागि समाज जिम्मेवार रहेको हुन्छ । समाजबाट सकारात्मक र नकारात्मक दुवै किसिमका चरित्रहरूबाट व्यक्ति प्रभावित भइरहेको हुन्छ र व्यक्तिले पनि समाजमा आफ्ना प्रभावहरू छोडिरहेको हुन्छ । जस्तो कि, दमित्री मर्कोव लेख्छन् ः “मानिसका कलात्मक ज्ञान क्रमशः व्यापक हुनुमा सामाजिक विविधतापूर्ण प्रक्रिया, उसको मनोविज्ञान, समाजमा उसको भूमिका र उसको आन्तरिक विकासले प्रभाव पार्दछ ।” (मर्कोव ः पृ १०) यसरी व्यक्तिमा पैदा हुने राजनीति, सभ्यता, संस्कृति, कला र अरू बिभिन्न व्यवहारहरू समाजमा बसेका मानिसहरूको आपसी सम्बन्धको क्रियाकलापहरूका उत्पादन हुन् । साहित्य पनि त्यही एउटा उत्पादन मध्येको हो ।
यदि पूरानो साहित्य, कला र संस्कृतिको विरूद्ध जेहाद छेडिदैन्थ्यो भने यो निश्चित थियो कि आजसम्म राजा महाराजाहरूको मात्र साहित्य लेखिने थियो । यदि त्यसो हुन्थ्यो भने न त फ्रान्सको वुर्जुवा राज्यक्रान्ति हुन सक्दथ्यो, न त रूसमा अक्टोवर क्रान्ति निर्माण हुन सक्दथ्यो । अर्कातिर यी क्रान्तिहरू हु“दैन्थे भने हाम्रा लेखकहरूले अहिलेसम्म राजा महाराजाहरूका विलासी दरवारहरूमा सायरी गाइरहेका हुने थिए । वर्गचेतना पैदा गर्ने समाजको सम्बन्धले साहित्य, राजनीति, आर्थिक प्रणाली आदि क्षेत्रहरूमा वर्गको पहिचान गरेर स्थापना भएकोले साहित्यमा वर्गीयता हुन्न भन्न कसैले सक्दैन । त्यसैले विश्वास गरेपनि वा नगरेपनि साहित्यको रचना कुन वर्गको कल्याणका लागि भएको छ भन्ने कुराको छिनोफानो भइरहन्छ ।
वास्तवमा वर्तमानमा हुने संघर्ष भनेको राजनीतिक सत्ताका लागि नै हो । राजनीतिक सत्ता भनेको आफ्नो दर्शन, विचार, उद्देश्य र लक्ष्य अनुसार निर्माण गरिने राजनीतिक र आर्थिक प्रणालीको सामाजिक व्यवस्था हो । राजनीतिक सत्ताका व्यवहार र परिणामहरू अलग अलग हुने भएकोले वर्गहरू पनि अलग अलग स्थानबाट अलग अलग क्रियाकलाप गर्दछन् । त्यसरी लेखक र कलाकार पनि अलग अलग स्थानमा उभिएर आफ्नो कर्म गर्छन । त्यसरी कर्म गरिरह“दा उनीहरूले आफ्नो सृजनात्मक पक्षधरता देखाउनुपर्दछ । त्यसो गर्नका लागि आफ्नो वर्गको हित हुने गरी उनीहरूले साहित्यिक कर्म गर्नुपर्छ । यही कर्म नै साहित्यमा हुने वर्गसंघर्ष हो । कुनै त्यस्ता मूर्खहरू पनि छन्, जसले यस्तो छर्लङ्ग भएको कुरालाई देखेर पनि नदेखे झैं गरेर साहित्यमा वर्गीयता हुने कुरालाई अस्वीकार गर्दछन् । त्यो वाहियाद कुरा हो ।
५. कलात्मक साहित्यको प्रभाव
साहित्यको क्रान्तिमा महŒवपूर्ण भूमिका हुन्छ । कलात्मक साहित्य भनेको विचार र कलाको अनुपम संगम हो । त्यस्तो साहित्य पढेर, कलाकृति देखेर र तिनको भाव बुझेर तथा सांस्कृतिक कलाले उठाएको जागरणबाट जनसमुदायको चेतनामा हलचल आउ“छ । त्यो चेतना निश्चित राजनीतिक दर्शन र विचारधारामा आवद्ध भई सामजिक परिवर्तनको दिशामा उन्मुख भयो भने त्यसले निम्त्याउने भनेको युगान्तर गर्ने क्रान्ति नै हो ।
क्रान्तिका राजनीतिक र सैद्धान्तिक कामहरू तथा संगठनात्मक गतिविधिका पक्षहरूलाई आम जनतासम्म कलात्मक ढङ्गले प्रस्तुत गर्ने काम लेखक तथा कलाकारहरूको हुन्छ । जसले सामाजिक जीवनमा रहेका वर्गहरूलाई हलचलमा ल्याउ“छन् र आफ्नो आफ्नो वर्गको सेवाको लागि उद्यत पनि गराउ“छन् । तर यो काम त्यतिबेला नै हुन सक्दछ जब साहित्यको विचार र कलाको संयोजनबाट जन्म हुन्छ । सा“च्चै नै, क्रान्तिकारी भूमिका खेल्ने साहित्यमा विचार र कलाको अपूर्व संगम हुनु आवश्यक छ । जस्तो कि दा“तेको साहित्यमा थियो, शेक्सपियरका नाटकहरूमा थियो, गोर्की र अरू लेखकहरूले सोभियत संघ निर्माण गर्नका लागि दिएको योगदान थियो, लुशुन र अरू चीनीया“ लेखकहरूले नया“ चीन निर्माण गर्नका लागि दिएको योगदान थियो । त्यस्तो कुरा नेपाल, भारत लगायतका कैयौ“ देशहरूमा पनि भइरहेको छ ।
हाम्रो स्पष्ट भनाइ छ, साहित्य लेखियोस् कलात्मक होस् त्यो, तर यो होइन कि, ठाडो ठाडो नारा भएको, सोझो सोझो कुरा लेखिएको कविता वा अरू कुनै । मन छुने होस् र विचार बदल्ने होस् तथा यस्तो कथा होस् जहा“ बहुसंख्यक मानिसहरूको न्यायको लागि संघर्ष भएको इतिहास, वर्तमान वा भविष्य होस् । त्यो साहित्य कलात्मक हुन्छ र त्यसले दुनिया“ बदल्नका लागि मानिसहरूलाई तयार गर्दछ । अहिलेसम्म हामीले जोड दिंदै आएको साहित्यको परिभाषा पनि त्यही हो ।
सन्दर्भ सामाग्री
मर्कोव, दमित्री, समाजवादी साहित्य विकास की समस्याए“ (१९८७), अनु. निर्मला जैन, वाणी प्रकाशन, नया“ दिल्ली ।
माक्र्स, ऐंगेल्स, साहित्य र कला          (१९८९), अनु. राजेन्द्र मास्के तथा सूर्यप्रकाश पौडयाल, प्रगति प्रकाशन, मास्को ।
मिश्र, शिवकुमार, यथार्थवाद (२००९), वाणी प्रकाशन, दरियागंज, नया“ दिल्ली ।
राय, अमृत, विचारधारा और साहित्य (१९८४), हंस प्रकाशन, इलाहावाद ।
लुशुन, कला, साहित्य र संस्कृति                 (१९९४), सम्पा. कर्णसिंह चौहान, वाणी प्रकाशन, दरियागंज, नया“ दिल्ली ।
शर्मा, रामविलास, प्रगतिशील साहित्य की समस्याए“ (२०१४), वाणी प्रकाशन, दरियागंज, नया“ दिल्ली ।
सिंह, बच्चन, साहित्यका समाजशास्त्र (२०११), लोकभारती प्रकाशन, महात्मा गान्धी मार्ग, इलाहावाद ।


Comments

Popular posts from this blog

रक्तिमको साङ्गीतिक यात्रामा हाम्रो भूमिका र चुनौति

        रेम राना, अध्यक्ष , रक्तिम सांस्कृतिक अभियान २०४१–०४२ तिर मैले अनुभूति गरेको सांस्कृतिक क्षेत्र ने.क.पा (मसाल)को वैचारिक धाराको नजिक रहेको अखिल नेपाल जनसांस्कृतिक संघअन्र्तगत स्वतन्त्र नाम रहेको सांस्कृतिक परिवारहरू विद्यमान थिए । फरक अस्तित्व बोकेका जसमा वेदना परिवार, अगुल्ठो परिवार, राल्फा परिवार जस्ता केही वामपक्षीय सांस्कृतिक परिवारहरू पनि थिए । जसले पञ्चायतकालीन कालरात्रीलाई चिर्न जनपक्षिय, सांगीतिक तथा नाट्य विधालाई अगाडि बढाइरहेका थिए । त्यति बेला म भारतको हरियाणा राज्यको फरिदावादको औधोगिक क्षेत्रमा मजदूर थिए“ । त्यहा“ प्रवासी नेपाली मजदूरको नेतृत्व गर्ने अखिल भारत नेपाली एकता समाज फरिदावाद नगरअन्तर्गत सञ्चालित जनज्योति सांस्कृतिक परिवारमा सामेल भएर काम गरेको थिए“ । यता ने.क.पा मसालकै अभिभावकत्व र पहलमा जीवन शर्माको नेतृत्वमा रक्तिम अभियान नामक सांस्कृतिक मोर्चाको २०४३ चैत्र २६ गते काठमाण्डौंको घण्टाघरमा गठन भएको थियो । रक्तिमको गठनभन्दा अगाडि अ.ने. जनसांस्कृतिक संघको नामबाट खुशिराम पाख्रिनको एउटा टोलीले अखिल भारत नेपाली एकता समाजको नगर स...

रक्तिम सांस्कृतिक अभियान: विगत वर्तमान र हाम्रो अभिभारा

जीवन शाही, महासचिव रक्तिम सांस्कृतिक अभियान रक्तिम सांस्कृतिक अभियानको विगत वर्तमान र हाम्रो अभिभाराका सन्दर्भमा चर्चा गरिरह“दा यहा“ हामीले यसको स्थापनाको पृष्ठभूमि र सङ्घर्षको यात्रालाई चटक्कै बिर्सियँंै भने यो अन्यायपूर्ण हुन जान्छ । यसर्थ यहा“ हामी रक्तिमको स्थापनाका विषयमा बारेमा चर्चा गर्न गइरहेका छौं । आज देशविदेशमा रक्तिमको जुन प्रकारको लोकप्रियता छ, त्यसको पछाडि हजारौं कलाकारहरूको लामो सङ्घर्ष र गौरवशाली इतिहासले काम गरेको छ । रक्तिमको विषयमा जानकारी लिन चाहनेहरूका लागि सहजता होस् भन्ने हेतुले यो सामग्री तयार पारेका छौ“ । हामीले यहा“ रक्तिम सांस्कृतिक अभियानको विगत र वर्तमान अवस्थालाई केलाउने प्रयत्न गरेका छौं । हुन त यो विषयमा चर्चा गर्ने हैसियत पङ्तिकारले राख्न सक्ने–नसक्ने त्यो फरक पाटो होला । तर पनि यो विषयमा प्रकाश हाल्दा राम्रै हुनसक्छ भन्ने उद्देश्यले यो प्रयास गरिएको छ । यतिबेलासम्म आइपुग्दा रक्तिम सांस्कृतिक अभियान मुलुककै प्रगितिशील सांस्कृतिक आन्दोलनको लोकप्रिय र अग्रणी मोर्चाको रूपमा सर्वप्रिय बनेको छ । तमाम काम गरीखाने वर्गको मुक्तिका लागि संघर्षशील आशावादी ...

प्रधानमन्त्रीलाई रक्तिमको ज्ञापन–पत्र

नेपाली कला साहित्य र संस्कृतिका क्षेत्रमा पश्चिमा छाडा संस्कृतिको प्रभाव हावी भएको भन्दै त्यसको नियन्त्रणको माग राख्दै रक्तिम सांस्कृतिक अभियानले देशभरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बु“दे ज्ञापन पत्र बुझाएको छ । अभियानका केन्द्रीय पदधिकारीहरूले आ–आफ्नो जिल्ला र जिम्माको क्षेत्रमा सहभागी भई ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ । नवलपरासी  नेपाली कला, साहित्य र संस्कृतिका क्षेत्रमा पश्चिमा छाडा संस्कृतिको प्रभाव हावी भएको भन्दै त्यसमाथि नियन्त्रणको माग राख्दै रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको निर्णय अनुसार नवलपरासीमा ज्ञापन पत्र बुझाइएको छ । रक्तिमका केन्द्रीय अध्यक्ष रेम रानाको नेतृत्वमा गएको टोलीले २०७६ वैशाख १९ गते प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको हो । टोलीमा रक्तिम नवलपरासीका अध्यक्ष मेघराज गौतम, सचिव लक्ष्मणजङ्ग हमाल र राजमो नवलपरासीका अध्यक्ष किष्णबहादुर अधिकारीको पनि सहभागिता रहेको थियो । सुर्खेत रक्तिमले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ । रक्त...