Skip to main content

रक्तिम सांस्कृतिक अभियान: विगत वर्तमान र हाम्रो अभिभारा

महासचिव रक्तिम सांस्कृतिक अभियान

जीवन शाही, महासचिव रक्तिम सांस्कृतिक अभियान

रक्तिम सांस्कृतिक अभियानको विगत वर्तमान र हाम्रो अभिभाराका सन्दर्भमा चर्चा गरिरह“दा यहा“ हामीले यसको स्थापनाको पृष्ठभूमि र सङ्घर्षको यात्रालाई चटक्कै बिर्सियँंै भने यो अन्यायपूर्ण हुन जान्छ । यसर्थ यहा“ हामी रक्तिमको स्थापनाका विषयमा बारेमा चर्चा गर्न गइरहेका छौं । आज देशविदेशमा रक्तिमको जुन प्रकारको लोकप्रियता छ, त्यसको पछाडि हजारौं कलाकारहरूको लामो सङ्घर्ष र गौरवशाली इतिहासले काम गरेको छ । रक्तिमको विषयमा जानकारी लिन चाहनेहरूका लागि सहजता होस् भन्ने हेतुले यो सामग्री तयार पारेका छौ“ । हामीले यहा“ रक्तिम सांस्कृतिक अभियानको विगत र वर्तमान अवस्थालाई केलाउने प्रयत्न गरेका छौं । हुन त यो विषयमा चर्चा गर्ने हैसियत पङ्तिकारले राख्न सक्ने–नसक्ने त्यो फरक पाटो होला । तर पनि यो विषयमा प्रकाश हाल्दा राम्रै हुनसक्छ भन्ने उद्देश्यले यो प्रयास गरिएको छ । यतिबेलासम्म आइपुग्दा रक्तिम सांस्कृतिक अभियान मुलुककै प्रगितिशील सांस्कृतिक आन्दोलनको लोकप्रिय र अग्रणी मोर्चाको रूपमा सर्वप्रिय बनेको छ । तमाम काम गरीखाने वर्गको मुक्तिका लागि संघर्षशील आशावादी सांस्कृतिक केन्द्रको रूपमा विकास हुने विश्वास जितेको छ । यति हु“दाहु“दै पनि दर्शक स्रोताहरूको बीचमा जुन ढङ्गबाट प्रिय बनेको छ, रक्तिम सांस्कृतिक अभियान त्यत्तिकै कमजोर अवस्थामा छ । यसको संगठनात्मक संरचना अत्यन्तै कमजोर भएको भएको महशुस हुन जान्छ । अभियानकै क्रममा हजारँैं कलाकारहरूले देशविदेशमा कलाको आहुति दिएका छन् । त्यसको कुनै ऐतिहासिक रूपमा दस्तावेजीकरण गरेको पाइँदैन । बेलाबखतमा हुने गरेका भेला–सम्मेलनका दस्तावेजहरू पनि यथेष्ट मात्रामा हामीले भेटाउन सकिरहेका छैनौं । यसको मुख्य कारण भनेको नै सङ्गठनात्मक संरचना कमजोर हुनु नै हो । हामीले यतिबेला स्थापनाकालका केही दस्तावेजहरू प्राप्त गर्न सकिरहेका छैनौं । तर संस्थापकहरूले बिभिन्न समयमा दिएका अन्र्तवार्ताहरूलाई आधार बनाएर यो सामग्री तयार पारेको छौं । जुन सामग्रीले रक्तिमको विगत र वर्तमानलाई केलाउन सहजता प्रदान गर्नेछ । 
स्थापनाको पृष्ठभूमि
रक्तिम सांस्कृतिक अभियान आज मुलकको सर्वप्रिय प्रगतिशील सांस्कृतिक संगठनको रूपमा स्थापित भएको छ । यस विषयमा सायदै विवाद नहोला । देश तथा प्रदेशमा रहेका आम नेपाली दाजुभाई दिदीबहीनीहरूका बीचमा आज जुन प्रकारले रक्तिमले लोकप्रियता हासिल गरेको छ । यसका पछाडि हजारौं कलाकारहरूको कलाको आहुती, अविचलित, अविरल संघर्षको गौरवमय इतिहासले काम गरेको छ । मुलुक पञ्चायती बर्बर दमनका बीचबाट आक्रान्त भएको बेलामा यहा“ कामगरी खाने मजदुर वर्गका जनताहरू त्यसबाट अछुतो रहने भन्ने प्रश्न भएन । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । नेकपाको स्थापना स“ग स“गै विकासले पनि तीव्रता पायो । विभिन्न समयमा नेकपाभित्र गरेका फुट र विभाजन पछि २०३२ सालपछि नेपाली कम्युनिष्ट आन्दोलनले नया“ गति लियो । नेकपाको चौथो महाधिवेशन पछि त्यसले आफ्ना संगठनहरूलाई व्यवस्थित गर्न गाउ“ गाउ“मा खटाएको थियो । संगठन विस्तार र सुदृढीकरण अभियानको क्रममा २०३३ सालमा बाग्लुङमा रेशम श्रीसको घरमा का. जलजला पुगेको बेला त्यहा“ राजेश विक र जीवन शर्माको भेट भएको थियो । त्यो भेटलाई नै नेपाली सांस्कृतिक आन्दोलको एउटा महत्वपूर्ण क्षण मान्न सकिन्छ । बाग्लुङको दुधिलाभाटी चोराह भन्ने ठाउ“मा भेट भएको बेला ‘बनेको छ पहराले यो छाती मेरो....’ जस्ता गोपाल योञ्जनका वीररसयुक्त राष्ट्रभक्ति गीत गाउने गर्थे । त्यो भेटघाटले गीत संगीतको क्षेत्रमा नया“ गति प्रदान ग¥यो । भुमिगतरूपमा नै यसरी जनताका बीचमा आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आइरहेका त्यो बेलाका सांस्कृतिक कर्मीहरूले पञ्चायत विरोधी गतिविधिमा प्रेरित गर्न जनसमक्ष आफ्ना प्रस्तुतीहरू दिने गर्दथे । यही शिलशिलामा नेकपा (चौथो महाधिवेशन)को राजनीतिलाई समर्थन गर्नेहरूले “बेदना परिवार” को गठन गरेर अर्को सांस्कृतिक आन्दोलन अघि बढाए । वेदना परिवारले त्यतिवेला काठमाण्डौमा “सिम्मा गीति नाटक” को प्रदर्शन ग¥यो जसलाई जनताले धेरै नै रूचाए र प्रशंसा गरे । वेदना परिवारको गतिविधि बढी काठमाण्डौमा मात्रै सीमित थियो बाहिर कमै थियो । देशका अन्य भाग र प्रवाशमा स्वर्गीय खुसिराम पाख्रीन, राजेश विक, मणि थापा, जीवन शर्मा र रेम रानाहरूको सांस्कृतिक टोलीहरू सक्रिय थिए । त्यतिवेला पार्टीले आन्तरिक रूपमा “अखिल नेपाल जनसांस्कृतिक संगठन” को नाममा सांस्कृतिक विभाग गठन गरेको थियो । त्यसको इन्चार्ज मोहन वैद्य ‘किरण’ थिए भने संयोजक राजेश विक र सदस्यहरूमा मणि थापा र जीवन शर्मा थिए । यसको घोषणा पत्र र विधान स्वयं मोहन वैद्यले तयार पारेका थिए । पार्टीको निर्देशनमा सांस्कृतिक टोलीहरूको समायोजन गर्ने र पार्टी र विभिन्न जनवर्गीय संगठनहरूका भेला, सम्मेलनहरूमा तथा पार्टीले आयोजना गरेका अन्य कार्यक्रमहरू प्रस्तुत गर्ने काम यसैले गर्दथ्यो । 
तत्कालीन रूपमा अखिल नेपाल जनसांस्कृतिक संगठनका संयोजक समेत रहेका राजेश विक रक्तिम सांस्कृतिक अभियानको स्थापनाका सन्दर्भमा यसप्रकारको तथ्य पेश गर्छन् ः २०४० सालमा मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशनमा फूट भएर नेकपा (चौथो महाधिवेशन)को नाममा निर्मल लामाजीहरू अलग हुनुभयो । त्यसपछि पारिजात, निनु चापागाई, रायन लगायतका केही कलाकार, साहित्यकार साथीहरू लामाजीहरूतिर लाग्नुभयो । सिम्मा गीति नाटकका गायक कोमल धिताल बाहेक वेदना परिवारका सबै कलाकारहरूले लामाजीहरूलाई समर्थन गरेपछि नेकपा (मसाल)को पक्षमा हामी मात्र रह्यौं । कोमल धितालजी पनि त्रिभुवन विश्वविद्यालयमा पढाउन थालेपछि सक्रिय हुनसक्नु भएन । हाम्रो सांस्कृतिक अन्दोलनमा उहा“को सहानुभूति भने पछिसम्म रह्यो । त्यस बीचमा मैले विशेष अनुरोध गरेर उहा“लाई एकता समाजको कार्यक्रममा एकाध पटक भारतको मद्रास लिएर गएको सम्झना छ । त्यसपछि हामीहरू पार्टीको प्रत्यक्ष अगुवाइमा सांस्कृतिक आन्दोलनलाई पुनर्गठन गर्ने, व्यवस्थित गर्ने र विस्तार गर्ने काममा लाग्यौं । देशभित्र र बाहिर प्रवासमा समेत कैयौं नया“ सांस्कृतिक टोलीहरूको निर्माण भए ।
वि.क. भन्छन् ः २०४२ सालमा नेकपा (मसाल)मा पुनः फूट भयो । मोहन वैद्य र प्रचण्डहरू अलग्गिएपछि त्यसको असर सांस्कृतिक मोर्चामा पनि प¥यो । खुशीराम पाख्रीनहरू उहा“हरूलाई समर्थन गए पछि । म, मणि थापा, रेम राना लगायत अन्य साथीहरू सांस्कृतिक क्षेत्रको पुननिर्माणको काममा लाग्यौं । त्यतिवेला जीवनजी मुस्ताङको तुकुचे मा. वि. मा पढाउनु हुन्थ्यो । राम सिंह श्रीस र कृष्ण पौडेलले सल्लाह गरेर जीवनलाई जागिर छोडाएर संगठनको काममा लाउनु पर्छ भन्नु भयो र उहा“लाई लिन जाने जिम्मा पनि मलाई दिनु भयो । म ३ दिन पैदल हिंडेर मुस्ताङ पुगे“ र जीवनजीलाई भेटेर बाग्लुङ् जिल्ला पार्टीको निर्णय सुनाए“ । केही समयको छलफलपछि उहा“ कन्भिन्स हुनुभयो, यताको कारोवार र व्यवस्था मिलाएर केही दिनपछि आउ“छु भनेपछि म दुई दिन बसेर फर्कें, उहा“ केही समय बसेर जागिर नखाने गरी फर्कनु भयो । केही समय उहा“ पार्टीको काममा राम्रैसित खट्नु भयो, बीचमा केही समय फेरी सगरमाथाको सोलुतिर पढाउन जानु भयो । त्यहा“बाट फर्केपछि हामी स“गै काममा जुट्यौं, सांस्कृतिक मोर्चामा राम्रो प्रगति भयो । 
यता अखिल नेपाल जनसांस्कृतिक संगठनलाई पार्टीले जनवादी साहित्यको प्रचारप्रसार गर्ने जिम्मा हु“दा हु“दै वि.स. २०४२ चैत्र २६ गते त्रिचन्द्र कलेज घण्टाघरको फेदीमा जीवन शर्माको पहलमा, मणि थापा र मोहन चित्रकारको तीन सदस्यीय सानो सांस्कृतिक युनिट गठन भयो । सोही युनिटलाई २०४३ चैत्र १ गते सोही ठाउ“मा बसी रक्तिम परिवारको रूपमा नामाकरण गरिएको थियो । यो टिमले प्रायजसो जनसांस्कृतिक संगठनभन्दा पनि रक्तिम परिवारकै रूपमा परिचय दिलाउन थाल्यो र अन्ततः पार्टीले रक्तिम परिवार मात्र नभई त्यसलाई  रक्तिम अभियानका रूपमा अर्थात रक्तिम सांस्कृतिक अभियानका रूपमा सांस्कृतिक मोर्चाको रूपमा त्यसलाई विकास ग¥यो । त्यसो त विभिन्न जिल्लाहरुमा फरक–फरक नामबाट सांस्कृतिक समूहहरु परिचालित हुने गरेका थिए । पछि ती सबै समूहहरुलाई रक्तिम सांस्कृतिक अभियानमा नै  समाहित गरि फरक–फरक अस्तित्वमा रहेका सांस्कृतिक समूहहरुलाई रक्तिममा नै केन्द्रीकृत गरिएको थियो । 
रक्तिमले आजको दिनसम्म आइपुुग्दा विभिन्न उतारचढाव पार गरिसकेको छ । यो उतार चढाबका बीचबाट पनि रक्तिम सांस्कृतिक अभियानले आज देश, विदेशमा रक्तिम सांस्कृतिक अभियानको रूपमा प्रगतिवादी गीतहरू गाउ“दै जनता जगाउ“दै अविराम यात्रामा हिंडिरहेको छ । नेपालमा मेचीदेखि महाकालीसम्म आफ्ना कार्यक्रमहरू प्रस्तुत गरिसकेको छ । रक्तिम सांस्कृतिक अभियानले रक्तिम भाग १ देखि ११ सम्म र ठूली, पूजा, जवाफ जस्ता गीति नाटकका क्यासेटहरूका साथै भिसिडिहरू पनि बजारमा ल्याएको छ । रक्तिमका गीतहरूको पा“चांै संस्करणका रूपमा वि.सं. २०५७ सालमा यस परिवारद्वारा प्रकाशित रक्तिमका गीतहरू गीत संग्रहमा रक्तिम भाग १ देखि ११ सम्म ११४ वटा गीतहरू सङ्कलित छन् । यस सङग्रहमा संग्रहित अधिकांश गीतहरूको रचना तथा सङ्गीत जीवन शर्माले गरेका छन् भने केही गीतहरू रेम राना, मणि थापा, दलबहादुर वि. क., छविलाल गिरी, एम. वि. सिंह, लेखराज रेग्मी, धनकाजी, निलिमा पुन, जगदीश श्रीष, नारायण श्रीष, चिरन पुन, सचित्र केसी, एम. प्रधान र रक्तिमका अन्य कलाकारहरूले रचना गरी सङ्गीत भरेको पाइन्छ । हालसम्ममा रक्तिम सांस्कृतिक अभियानले आफ्नो स्थापना भएदेखि यताका वर्षहरूमा भाग १देखि १२ सम्मका १२ वटा गीति–एल्बम, ठूली गीति–नाटक, पूजा गीति–नाटक, कुर्सीको खेल सडक नाटक, कालो हतियार एकाङ्की, जबाफ गीति–नाटक, आफै उठ्नु पर्छ नाटक, क्षितिजपारि भाग १ र २, विभिन्न समसामयिक गीति–एल्बम, तीज गीत एल्बम र चुनावी गीति एल्बमहरू लालकिल्ला, हस्तक्षेप, किसान मार्च, र बाल लहरी, थारू भाषामा रहेको गाउ“ हमार भाग १, रूपन्देही जिल्ला समितिको एल्बम वर्गयुद्ध, काठमाडौ“ जिल्ला समितिले प्रकाशन गरेको पूmलवारी एल््बम, रक्तिमका केन्द्रीय कलाकारद्वारा भूमिका निर्वाह गरिएको रक्तिम काठमाडौ“ महानगरले निर्माण गरेको चलचित्र फागुन २४ लगायतका विभिन्न गीति–एल्बम तथा भी.सी.डी. प्रकाशन तथा प्रदर्शनमा ल्याएको छ । देश–विदेशमा थुपै सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएका छन् । स्वदेशमा कर्णालीको आवाज र जीतगढीको आह्वान लगायतका सडक नाटक पनि प्रदर्शन गरेको छ । त्यति मात्र नभई केन्द्रीय समितिको तर्फबाट विभिन्न समयमा प्रशिक्षण शिविरहरू समेत सम्पन्न हुने गरेका छन् । यहा“सम्म आइपुग्दा हजारौं कलाकारहरूको सांस्कृतिक बलिदान छ । रक्तिम आज त्यत्तिकै रक्तिम भएको छैन यसले अगिंकार गरेको सर्वहारावर्गीय विश्वदृष्टिकोण र गरिखाने वर्गको मुक्तिका निम्ति आफ्ना कला कौशलहरूलाई प्रयोग गर्दै जादा स्वयं जनताको ढुकढुकी बन्न पुगेको हो । त्यस्तो प्रगतिशील सांस्कृतिक आन्दोलनमा रक्तिम मात्रै एउटा संस्था होइन । यहा“ थुप्रै संस्थाहरू छन् । उनीहरूमा पनि रक्तिमको प्रभाव परेको छ । तसर्थ रक्तिम सांस्कृतिक अभियान अहिलेको परिप्रेक्षमा नेपालको एक सशक्त प्रगतिशील सांस्कृतिक संस्थाका रूपमा स्थापित छ । यसले नेपालको प्रगतिशील साहित्यिक–सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण योगदान दिइरहेको छ । रक्तिमले  विगतमा प्रगतिगमन विरोधी आन्दोलनको नेतृत्व गर्नुका साथै गणतन्त्र स्थापनाका लागि सडकमा ओर्लेर ‘फेरि पनि हुकुमी शासन चल्दै छ गोली चल्दैछ’ जस्ता गीतहरू गाउ“दै जनता जगाउने अभियानमा अग्रणी भूमिका निर्वाह गरेको थियो । सडक सांंस्कृतिक जागरण अभियानका रूपमा मेचीदेखि महाकालीसम्म सांस्कृतिक जागरण अभियान समेत सञ्चालन गरेर प्रतिगमनका विरूद्धमा आवाज बुलन्द गरेको इतिहास साक्षी छ ।
वर्तमान अवस्था 
नेपाल अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा आधारित बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक हो । नेपालमा लामो समयदेखि एकातिर जनविरोधी, अराष्ट्रिय तथा अवैज्ञानिक संस्कृति र अर्कोतिर जनवादी, राष्ट्रिय तथा वैज्ञानिक संस्कृतिका बीचमा निरन्तर सङ्घर्ष चल्दै आएको छ । राज्यसत्तामा सामन्त, नोकरशाह एवमं दलाल पु“जीपति वर्गको हैकम चल्दै आएकोले नेपाली जनता वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक तथा जातीय व्यवस्थामा आधारित आर्थिक, राजनीतिक र सांस्कृतिक उत्पीडनको शिकार हु“दै आइरहेका छन् । साथै, नेपाल यसप्रकारका उत्पीडनका विरूद्धमा जनसंघर्ष, जनआन्दोलन र वर्गसंघर्षका साथै सशस्त्र संघर्षको प्रक्रियाका बीचबाट पनि अगाडि बढ्दै आएको छ । सशस्त्र संघर्ष र उन्नाईस दिने ऐतिहासिक जनआन्दोलन विशेष उल्लेखनीय रहेका छन् ।
बिभिन्न प्रकारका जनसंघषको प्रक्रियामा साहित्य र कलाको क्षेत्रमा एकातिर आभिजात्यवाद तथा आधुनिकतावाद विस्थापित हु“दै गएको र अर्काेतिर प्रगतिशील, जनवादी तथा प्रगतिवादी धारा स्थापित हु“दै आएको पाइन्छ ।
अहिले देशमा राजतन्त्रको अन्त भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । नेपाल हिन्दूराज्यबाट धर्मनिरपेक्ष राज्यमा रूपान्तरित भएको छ । संविधानसभाको निर्वाचन पश्चात अहिले नेकपाको नेतृत्वमा दुई तिहाई बहुमतको सरकार छ । तर यो सरकारले जनताले आशा गरे बमोजिम कार्य सम्पादन गर्न सकिरहेको छैन ।
मुलुक अर्धऔपनिबेशिक अवस्थामा रहनु , बाह्य हस्तक्षेप तथा सांस्कृतिक प्रदूषण बढ्दै जानु र विद्युतीय सूचना÷सञ्चारको क्षेत्रमा अपूर्व प्रगति हुनुको कारण यहा“ शिक्षा, साहित्य, कला, पत्रकारिता, सिनेमा, रेडियो, टिभी आदि मार्फत् साम्राज्यवाद तथा विस्तारवादले सांस्कृतिक क्षेत्रमा हैकम जमाउ“दै आएको कुरा पनि स्पष्ट नै छ ।
नेपालमा अहिले पनि एकातिर सामन्तवाद तथा साम्राज्यवादस“ग सम्बन्धित जनविरोधी, अराष्ट्रिय एवं अवैज्ञानिक संस्कृति र अर्कोतिर जनवादी क्रान्तिस“ग सम्बन्धित जनवादी, राष्ट्रिय एवमं वैज्ञानिक संस्कृतिका बीचमा आधारभूत अन्तरविरोध कायमै छ । यो अन्तरविरोधका विरूद्धमा संघर्ष गर्नका लागि व्यक्तिगत हित तथा स्वार्थप्रति लिप्त रहने र सामाजिक हित तथा समाजवादी मान्यताअनुरूप अगाडि बढ्न नचाहने प्रवृत्ति पनि हामीकहा“ अत्यन्तै प्रवल रहिआएको छ ।
यसका अतिरिक्त सांस्कृतिक आन्दोलनमा अकर्मण्यतावाद, संकीर्णतावाद, जडसूत्रवाद लगायतका गलत चिन्तनबाट पनि अनेकौं समस्याहरू देखापर्दै आएका छन् । यी सबै समस्याहरूको समाधानका लागि हामी गम्भीर बन्नुपर्दछ । पुराना आदत, संस्कार, बानी वेहोराहरू फेर्ने, रूचि तथा भावनाको परिष्कार गर्ने, श्रम तथा सृजनात्मक कार्यमा संलग्न रहने, माक्र्सवादको अध्ययनप्रति अभिरूचि जगाउने, देश, जनता, क्रान्ति र समाजवादका उदात्त आदर्शप्रति निष्ठावान हुने, लाभ होइन त्यागलाई प्राथमिकता दिने आदि कुरामा विशेष ध्यान दिनुपर्दछ । यो प्रक्रियामा सांस्कृतिक आन्दोलन र समाजको रूपान्तरणमा संलग्न हुने सांस्कृतिककर्र्मीहरू स्वयं रूपान्तरित हुन र माक्र्सवाद तथा महान सर्वहारा सांस्कृतिक क्रान्तिको आलोकमा निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्न जरूरी छ ।
हाम्रो अभिभारा
मुलुकको वर्तमान राजनीतिक परिदृश्यलाई हेर्दा वामपन्थीहरूको दुई तिहाई बहुमतको सरकार छ । जनतामा यो वा त्यो प्रकारले वामपन्थी राजनीतिको प्रभाव देखिन्छ । तर बहुसंख्यक जनता माझ सर्वहारा सांस्कृतिक चेतना एकदम न्यून भएको महशुस हुन्छ । वामपन्थी राजनीतिक दलहरूमा सांस्कृतिक चेतनाको अभावले गर्दा जनतामा प्रगतिशील सांस्कृतिक रूपान्तरणको प्रक्रिया सोही दिशामा अगाडि बढ्न सकिरहेको छैन । राजनीतिक रूपमा वामपन्थी प्रकारका राजनीतिक दलहरूलाई मत दिएको भए पनि जनताको मष्तिस्कमा अभैm पनि सामन्ती तथा विकृत पु“जीवादी संस्कृतिले घर गरिरहेको छ । रक्तिम सांस्कृतिक अभियानको अथक प्रयत्नका बावजुद जनता र राजनीतिक दलका कार्यकर्ताको संस्कारमा युग सापेक्ष संस्कार विकसित हुन सकिरहेको छैन । फलतः लामो र अनवरत सङ्घर्ष पश्चात् नेपाली जनताले प्राप्त गणतान्त्रिक राजनीतिक प्रणाली र तदनुरूपको सांस्कृतिक परिवेश समेत कमजोर बन्दै गइरहेको छ । कुनै पनि राजनीतिक र सामाजिक व्यवस्था सुदृढ र चिरस्थायी हुन सशक्त सांस्कृतिक धरातलको अपरिहार्य आवश्यकता हुन्छ । लोकतन्त्रात्मक व्यवस्थाको स्थायित्वको लागि पनि तदनुरूपको लोकतान्त्रिक संस्कृतिको विकास अनिवार्य छ । त्यसको निम्ति राज्यले विशेष नीति अखित्यार गर्नु जरूरी हुन्छ तर दुईतिहाई बहुमतको कम्युनिष्ट सरकारले राष्ट्र जनता र देशमा स्थापित गणतान्त्रिक व्यवस्थाप्रति संवेदनशील नहु“दा एवं तदनुरूपको जिम्मेवारी बोध नगर्दा देश फेरि पनि सामन्तवादी तथा विकृत संस्कृतिको भूमरीमा घुमिरहेको छ । त्यसले जनतामा गणतन्त्रप्रति नै वितृष्णा, निराशा र विरोधका भावनाहरू समेत विकसित हु“दै गइरहेका छन् । यसले गर्दा देशमा पुनः सामन्ती निरंकुशताका जञ्जीरहरू सल्बलाउन थालेको सर्वत्र महशुश भइरहेको छ  । फेरि यो वा त्यो प्रकारको तानाशाही शासन सुरू गर्ने खतराका संकेतहरू देखापर्न थालेका छन् । सङ्घीयताका कारण मुलुक ठूलो भड्खालोमा जाकिएको छ । मुलुकको अर्थतन्त्र नराम्रोस“ग प्रभावित भएको छ । यसले देशको सार्वभौमिकता, अखण्डता र नेपाली राष्ट्रियतामा समेत नराम्रोस“ग आ“च आइरहेको छ । साम्प्रदायिक विद्वेष फैलिएर राष्ट्र अराजकताको दिशामा अघि बढ्ने खतरा हाम्रो सामु टड्कारो रूपमा देखापरेको छ । ठाउ“ँ–ठाउ“बाट देशको सीमा मिचि“दा समेत राज्य, सरकार र ठूला भनिएका राजनीतिक दलहरूबाट सशक्त रूपमा प्रतिकार नगर्नुले तिनीहरूमा आत्म–समर्पणवादी संस्कृति झा“गिदै गएको प्रतीत हुन्छ । यही स्थितिको मौका उठाएर विस्तारवादी तथा साम्राज्यवादी शक्तिहरू आफ्नो राजनीतिक आर्थिक तथा सांस्कृतिक अवस्थिति र प्रभुत्व मजवुद बनाउन उद्यत् छन् । राज्य सरकार र राज्य संचालन गर्ने बिभिन्न राजनीतिक दलहरूमा मौलाउ“दै गएको यसप्रकारको आत्मसर्मपणवादी संस्कृतिका विरूद्ध संघर्ष गरेर स्वाभिमानी राष्ट्रिय संस्कृतिको निर्माण गर्नु आजको प्रमुख सांस्कृतिक अभिभारा बन्न गएको छ । त्यसको निम्ति देश जनता र राष्ट्रलाई केन्द्रमा राखेर आजका तात्कालीक आश्यकता अनुरूपका साहित्यिक कलात्मक र सांस्कृतिक सामग्रीहरू तयार जनसमक्ष प्रस्तुत गर्ने दायित्व हाम्रो का“धमा आइपरेको छ । उपरोक्त गतिविधिहरूबाट जनतामा सर्वहारावर्गीय कला साहित्य मार्फत नौलो जनवादी सांस्कृतिक चेतना विस्तार गर्न जरूरी छ ।
अन्त्यमा
रक्तिम सांस्कृतिक अभियानले आजको दिनसम्म आइपुुग्दा तीन दशकको यात्रा पार गरिसकेको छ । यो तीन दशक लामो यात्राका क्रममा यसले कैयन बाधा अड्चन र घुम्तीहरूलाई पार गरिआएको छ । यतिबेला अभियानको चौथो राष्ट्रिय सम्मेलन कतिपय प्राविधिक कारणवश स्थगन गर्नुपर्ने वाध्यता सिर्जना भयो । तत्पश्च्यात्  निर्वतमान महासचिव नारायण योगी संयोजक रहेको राष्ट्रिय भेला आयोजक समिति गठन ग¥यो । जसमा रेम राना, मानबहादुर भण्डारी, जीवन शाही, हेमराज आश्रम, विष्णु शर्मा, शिल्पा रावल, गीता थापा सदस्य रहेको राष्ट्रिय भेला आयोजक समितिको गठन भयो ।  उक्त भेला आयोजक समितिले रक्तिम सांस्कृतिक अभियानको स्थापना दिवसको अवसर पारेर बुटवलमा राष्ट्रिय भेला सम्पन्न ग¥यो । भेलाले अध्यक्षमा रेम राना नवलपरासी, उपाध्यक्ष मानबहादुर भण्डारी बा“के, महासचिव जीवन शाही सुर्खेत, सचिव हेमराज आश्रम काठमाडौं, कोषाध्यक्ष विष्णु शर्मा काठमाडौं र सदस्यहरूमा भरत श्रेष्ठ पर्वत, दानबहादुर थापा बाग्लङ, वावुराम आचार्य कैलाली, गीता थापा काठमाडौं, विष्णु केसी अर्घाखाँची, सीता वस्याल रूपन्देही, उषा थापा गुल्मी, विशाल पहाडी मोरङ र दानु सारू कास्कीलाई सदस्यमा चयन गरेको छ । १५ पूर्ण र ४ वैकल्पिक सहित १९ सदस्यीय केन्द्रीय सङ्गठन समितिकोे सल्लाहकारमा नाराण योगी, लक्ष्मी गुरूङ, शुसिला पोख्रेल, मधु क्षेत्रीलाई चयन गरेको ग¥यो । सङ्गठनको सन्दर्भमा पछिल्लो समयमा सामाजिक सञ्जालमा यो या त्यो प्रकारले आरोप प्रत्यारोप लगाउने कार्यले एकदमै प्रश्रय पाएको छ । एउटा गतिशील र अनुशासित सङ्गठनका हिमायतीहरूले त्यसप्रकारका गतिविधि गर्नु भने उचित होइन । यहा“ सम्मको अवस्थामा रक्तिमको सङ्गठनलाई ल्याउनको लागि यसले अ“गालेको मूल वैचारिक सिद्धान्त र अविचलितरूपमा अभियानमा संग्लग्न कलाकर्मीहरूको सङ्घर्ष नै प्रमुख हो । यो यात्रामा हजारौँ कलाकारहरूको कलाको बलिदानी भएको छ । यो विषयलाई हामीले बिर्सनु हु“दैन । माक्र्सवादी सौन्दर्यशास्त्रको आलोकमा आफ्ना सांस्कृतिक साहित्यक कृतिहरूको निर्माण गर्ने कलाकार साहित्यकारहरूको सङ्घर्षको परिणाम आजको रक्तिम सांस्कृतिक अभियान हो । यसको गौरवमय इतिहास छ । सुन्दर भविष्य छ ।  
यति हु“दाहु“दै पनि पछिल्लो समयमा हिलो छ्याप्ने प्रवृत्तिको सुरूवात भएको छ । यो प्रवृत्तिलाई निस्तेज पार्न आम रक्तिम सांस्कृतिक अभियानप्रति शुभेच्छा राख्ने महानुभावहरूले यसका विरूद्धमा दृढतापूर्वक सङघर्ष गर्न जरूरी छ । सङ्गठनभित्र कैंयौँ प्रकारका अवसवादी चरित्रहरू पनि देखा पर्ने गरेका छन् । त्यसप्रकारका चरित्रहरूलाई हामीले बेलैमा ठेगान लगाउन जरूरी छ । विगतमा हामीले सङ्गठन भन्दा व्यक्तिलाई प्राथमिकता दिने संस्कारलाई बढावा दियौं । जुन संस्कारका कारण आज हामी यो अवस्थामा आयौँ । फेरि पनि त्यसप्रकारको संस्कार सङ्गठनमा विकास हुन दिनुहु“दैन । हामी लेनिनवादी सङ्गठनात्मक सिद्धान्तमाथि विश्वास गर्ने हरूले सोही अनुरूप नै हामीले सङ्गठनलाई व्यवस्थित गर्नु पर्दछ । अन्यथा दुर्घटना हुनपुग्छ । फेरि पनि हामी स्थगन भएको चौथो राष्ट्रिय सम्मेलनको निकट भविष्यमा नै सम्पन्न गर्नुपर्ने जिम्मेवारीका साथ अघि बढेका छौं ।  
यसो भनिरह“दा हामी फेरि पनि चौथो राष्ट्रिय सम्मेलनको सङ्घारमा छौं भन्दा अतियुक्ति नहोला । आगामी दिनमा हुने चौथो राष्ट्रिय सम्मेलनसम्ममा हामीले देशभरिका देशभक्त, प्रगतिशील र वामपन्थी सर्जकलाई आफ्नो सङ्गठनमा गोलबन्द गर्नुछ । मुुलुुकको एक सशक्त, जुुझारू र प्रतिरोधी चेतनाको वाहक सङ्गठनको रूपमा आफ्नो परिचय स्थापना गरेको छ र यसलाई निरन्तरता दिनुछ । गत भेलामा विगतका भेला र सम्मेलनहरू भन्दा बढी जिल्लाहरूबाट सहभागिता जुटेको थियो । हामीले यसको निरन्तरताका साथै थप जिल्लाहरूमा हामीले सङ्गठन विस्तार गर्नुपर्दछ । यसले देशभरमा व्यापक उत्साह छाएको छ । हामीले यो कुरा मा विश्वास राखेका छौं कि रक्तिम सांस्कृतिक अभियानको माक्र्सवादी सौन्दर्य शास्त्रको आलोकमा वर्गीय पक्षधरताप्रति प्रतिबद्ध साहित्यिक सांस्कृतिककर्मीहरूको सङ्गठन हो । यसभित्र रहेका अभियन्ताहरूको बैचारिक स्तरलाई  थप उच्च पार्दै लैजानु अहिलेको मूलभूत आवश्यकता ठानेका छौं । यसभित्र देखापरेका कैंयौं समस्याहरूको निराकरणका लागि वैचारिक स्तर उकास्नु नै पहिलो काम हुनुपर्दछ । यसर्थ हामीभित्र पनि सांस्कृतिक रूपान्तरणको खा“चो छ । सिङ्गो समाजलाई सांस्कृतिक रूपान्तरण्को दिशामा अघि बढाउन लागि परेको सङ्गठनमा देखापरेका गलत प्रवृत्तिहरूको चिरफार गरेर वास्तविक काम गरिखाने वर्गका जनताको सांस्कृतिक मोर्चाका रूपमा यसलाई विकास गर्न जरूरी छ । यसो भनिरह“दा आजसम्मका गतिविधिहरू त्यो दिशामा उन्मुख छैनन् भन्न खोजेको भने पक्कै होइन । आजको अवस्थामा आइपुग्दा जे जति गतिविधि भए त्यतिले मात्र सर्वहारा सांस्कृतिक क्रान्तिका लागि पुग्दैन । यसको लक्ष्य प्राप्तिका लागि विगतमा भन्दा थप जोड बल गर्नुपर्छ भन्ने नै हो । सम्पूर्ण रक्तिम सांस्कृतिक अभियानको वैचारिक स्प्रीटस“ग मेल हुन आउने सवैलाई यसको गौरवमय इतिहासको रक्षा स“गस“गै भावी कार्यदिशालाई पनि गन्तव्यसम्म पु¥याउनका लागि अतुलनीय योगदान रहने विश्वास गर्दछौं । फलस्वरुप अभियानले नेपालको साहित्यिक–सांस्कृतिक क्षेत्रमा गौरवमय इतिहास कायम गर्नेछ । यो नै हाम्रो महत्वपूर्ण अभिभारा हुनेछ ।


Comments

Popular posts from this blog

रक्तिमको साङ्गीतिक यात्रामा हाम्रो भूमिका र चुनौति

        रेम राना, अध्यक्ष , रक्तिम सांस्कृतिक अभियान २०४१–०४२ तिर मैले अनुभूति गरेको सांस्कृतिक क्षेत्र ने.क.पा (मसाल)को वैचारिक धाराको नजिक रहेको अखिल नेपाल जनसांस्कृतिक संघअन्र्तगत स्वतन्त्र नाम रहेको सांस्कृतिक परिवारहरू विद्यमान थिए । फरक अस्तित्व बोकेका जसमा वेदना परिवार, अगुल्ठो परिवार, राल्फा परिवार जस्ता केही वामपक्षीय सांस्कृतिक परिवारहरू पनि थिए । जसले पञ्चायतकालीन कालरात्रीलाई चिर्न जनपक्षिय, सांगीतिक तथा नाट्य विधालाई अगाडि बढाइरहेका थिए । त्यति बेला म भारतको हरियाणा राज्यको फरिदावादको औधोगिक क्षेत्रमा मजदूर थिए“ । त्यहा“ प्रवासी नेपाली मजदूरको नेतृत्व गर्ने अखिल भारत नेपाली एकता समाज फरिदावाद नगरअन्तर्गत सञ्चालित जनज्योति सांस्कृतिक परिवारमा सामेल भएर काम गरेको थिए“ । यता ने.क.पा मसालकै अभिभावकत्व र पहलमा जीवन शर्माको नेतृत्वमा रक्तिम अभियान नामक सांस्कृतिक मोर्चाको २०४३ चैत्र २६ गते काठमाण्डौंको घण्टाघरमा गठन भएको थियो । रक्तिमको गठनभन्दा अगाडि अ.ने. जनसांस्कृतिक संघको नामबाट खुशिराम पाख्रिनको एउटा टोलीले अखिल भारत नेपाली एकता समाजको नगर स...

प्रधानमन्त्रीलाई रक्तिमको ज्ञापन–पत्र

नेपाली कला साहित्य र संस्कृतिका क्षेत्रमा पश्चिमा छाडा संस्कृतिको प्रभाव हावी भएको भन्दै त्यसको नियन्त्रणको माग राख्दै रक्तिम सांस्कृतिक अभियानले देशभरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बु“दे ज्ञापन पत्र बुझाएको छ । अभियानका केन्द्रीय पदधिकारीहरूले आ–आफ्नो जिल्ला र जिम्माको क्षेत्रमा सहभागी भई ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ । नवलपरासी  नेपाली कला, साहित्य र संस्कृतिका क्षेत्रमा पश्चिमा छाडा संस्कृतिको प्रभाव हावी भएको भन्दै त्यसमाथि नियन्त्रणको माग राख्दै रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको निर्णय अनुसार नवलपरासीमा ज्ञापन पत्र बुझाइएको छ । रक्तिमका केन्द्रीय अध्यक्ष रेम रानाको नेतृत्वमा गएको टोलीले २०७६ वैशाख १९ गते प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको हो । टोलीमा रक्तिम नवलपरासीका अध्यक्ष मेघराज गौतम, सचिव लक्ष्मणजङ्ग हमाल र राजमो नवलपरासीका अध्यक्ष किष्णबहादुर अधिकारीको पनि सहभागिता रहेको थियो । सुर्खेत रक्तिमले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ । रक्त...