साहित्य जीवनका लागि हुनुपर्छ न कि कलाका लागि मात्र । आज साहित्यिक धरातलमा पाइला टेकेर एक्कासी
| बावुराम आचार्य |
समयको परिवर्तनस“गै समाजमा निकै महत्वपूर्ण परिवर्तनहरू भएका छन् । तिनै परिवर्तनहरू हुने क्रममा साहित्यका रूपहरू पनि परिवर्तन भइरहेका छन् । समाजको विकासस“ग साहित्यको क्षेत्रमा पनि विकास भएको देखिन्छ । संसारमा युरोपमा भएको पुनर्जागरण र धर्मसुधार आन्दोलनले साहित्यको विकासमा एउटा इटा थप्ने काम ग¥यो । तत्कालीन चर्चका गुणगान गाउने परम्पराबाट अघि बढ्दै स्वतन्त्र रूपमा साहित्य सिर्जना गर्ने अवसर त्यतिबेला लेखक र कलाकारले पाए पनि लगातार रूपमा त्यस समाजका उच्चवर्गले आफ्नो स्वार्थ अनुकुलका नियमहरू बनाउ“दै त्यसै अनुरूप शासन गर्ने पद्धतिको विकास गरे ।
त्यस समाजमा उच्च वर्गले आफ्नो स्तुतिमाथि आधारित कला साहित्य र संस्कृतिको खेती गरिरहे । निम्नवर्गका मानिसहरू त्यही खेती गर्न सिक्दै गए र त्यही खेती खा“दै लाउ“दै र ओढ्दै गए । अन्ततः त्यही खेती मौलाउ“दै गयो र आजको पाश्चात्य संस्कृतिको रूपमा विकास हु“दै आयो । यस बीचमा विभिन्न आन्दोलनहरू झिना मसिना र सशक्त रूपमा चलिरहे । यी आन्दोलनहरूले केही रूपमा भएपनि प्रगति हासिल गर्दै गए । तिनै आन्दोलनका फलस्वरूप विश्वभरि साहित्यिक आन्दोलनहरू पनि भए । आखिर सदियौंदेखि चलिआएको तत्कालीन समाजको ढा“चा परिवर्तस“गै सांस्कृतिक र साहित्यिक क्षेत्रमा पनि फेरबदल हुनु जरूरी थियो । त्यसै मान्यता अनुरूप उपभोक्तावादी छाडा साहित्यको गर्भबाट प्रगतिशील साहित्यको जन्म भयो । त्यही साहित्य अर्थात् समयसापेक्ष साहित्य सृजना गर्र्र्दै जा“दा समाजले प्रगतिको बाटो समात्यो । त्यही साहित्यक दीनहीन गरिवहरूका जीवनस“ग मेल खायो र यसको द्रुतगतिमा विकास भयो ।
हाम्रो देश नेपालको इतिहासमा साहित्यको लिखित इतिहास धेरै पुरानो छैन । लिखित साहित्यको इतिहास पृथ्वीनारायण शाहको पालामा नेपाल एकीकरण भएदेखि भएको देखिन्छ भने त्यो भन्दा अघि कला र संस्कृति मार्पmत राजा महाराजाहरूले बनाउन लागेका मूर्ति र लेखोटहरू उपलब्ध देखिन्छन् । जनतालाई आफ्नो स्वार्थका लागि उपयोग गर्ने र त्यसै अनुरूप नियम बनाउने र साहित्य र संस्कृतिलाई राज्यसत्ता टिकाउने साधनको रूपमा प्रयोग गरेको देखिन्छ । नेपाल अग्रेज युद्धमा आ“ट र साहसका साथ लडेका वीर नेपालीहरूको वीरताले ओतप्रोत भएका साहित्य लेखन सेलाउ“दै सन् १८१५ को सुगौली सन्धिपछि नैराश्यजनक बैराग्य साहित्यका साथै राणाहरूका स्तुतिवादी साहित्य लेखिन थालियो । यसलाई कसरी पुष्टि गर्न सकिन्छ भने तत्कालिन सुब्बा कृष्णलाल अधिकारीले “मकैको खेती” पुस्तक लेखे वापत उनको घरमा खानतलासी गरी पुस्तक नष्ट गर्ने कामलाई लिन सकिन्छ । यसरी बेलाबेलामा प्रगतिशील साहित्यको विकासको लागि नेपाली जनता र साहित्यकारहरूबाट अथक प्रयास हु“दाहु“दै पनि यहा“का शासकहरूले त्यसलाई तगारो लगाउने काम गरिरहे । यसै क्रममा स्तुतिवादी धाराकै पेटबाट उपभोक्तावादी साहित्यको विकास हु“दै गयो । नेपाली साहित्यको क्षेत्रमा उपभोक्तावादी साहित्य भित्राउने कवि मोतिराम भट्टको पालामा भएको छ । श्रृङ्गारिक धारको सुरूवात गरेका मोतिराम भट्टले बनासरबाट यो धारा भित्राइ जीवन र जगतबाट टाढा रहेर कल्पना गर्ने र प्रेमलाई जीवनको रूपमा नभई खाली माया, प्रेम र कामवासनाको रूपमा लिने लेखन परम्पराको विकास गरे । यसरी तत्कालीन राणा शासकहरूलाई खुशी पार्ने लेखिएका त्यतिबेलाका रचनाहरूबाट के बुझ्न सकिन्छ भने त्यतिखेरको साहित्य स्तुितवादी, छाडा, उछृङ्खल र उपभोक्तावादी रहेको प्रष्ट हुन्छ । स्वच्छन्दतावादी धाराका प्रणेता लक्ष्मीप्रसाद देवकोटाले २००४ सालबाट प्रगतिशील चेतले ओतप्रोत भएता पनि सशक्त रूपमा प्रगतिशील साहित्यलाई त्यति अगाडि बढाउन सकेनन् ।
तर प्रगतिशील साहित्यको सुरूवात भने उनीबाट भएको पाइन्छ । २००९ सालमा प्रगतिशील लेखक संघको स्थापना भइसकेपछि प्रगतिशील साहित्यको संस्थागत रूपमा उन्नययनको पहल भएको देखिन्छ । हुन त २००६ सालमा नेकपाको स्थापना स“गस“गै माक्र्सवादी, प्रगतिशील साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेख्य काम भएको पाइन्छ । २००९ सालमा श्यमप्रसाद शर्मा लगायतले प्रगतिशील लेखक संघको स्थापना गरेस“गै प्रगतिशील साहित्यलाई अगाडि बढाउन सजिलो भए पनि त्यति प्रभावकारी रूपमा अगाडि बढ्न सकेन । राजा महेन्द्रले २०१७ साल पौष १ गते शाही घोषणा गरेर नेपाली जनतामाथि निरंकुशता लाद्ने काम गरे । फलस्वरूप प्रगतिशील, प्रगतिवादी साहित्य त्यति राम्रोस“ग फस्टाउन पाएन । बीच बीचमा विभिन्न साहित्यिक आन्दोलनहरू भए । जस्तै, तेस्रो आयाम आन्दोलन, राल्फा आन्दोलन, बुटपलिस आन्दोलन सडक कविता आन्दालन आदि ।
३० वर्षे पंचायती शासनको निरंकुशतन्त्रको कारण प्रगतिशील साहित्य ओझेलमा पर्यो । तर पनि भित्रभित्रै छिटफुट साहित्यिक क्रियाकलाप भइ नै रहे । २०३६ सालको जनमत संग्रहपछि प्रगतिशील साहित्यिक आन्दोलन झा“गिदै गएको पाइन्छ । मुख्य गरी खगेन्द्र संग्रौला, मोदनाथ प्रश्रित, पारिजात, मोहनविक्रम सिंह लगायतले साहित्यिक रचनाहरू मार्फत जनतालाई चेतना जगाउने काम गरे भने सांस्कृतिक आन्दोलन अगाडि बढाउनेहरूमा रामेश, रायन, जेवी टुहुरे, खुसीराम पाख्रीन, जीवन शर्माहरूको योगदान उल्लेखनीय छ ।
बहुदलपछि पनि प्रगतिशील साहित्य निरन्तर रूपमा अघि बढिरहे पनि उत्साहजनक भने भएन । यसरी देशमा एकातिर शासकहरूका अनुकूलका र उनीहरूको पक्षपोषण गर्ने स्तुतिवादी, यौनवादी ,पाश्चात्य छाडा साहित्य कला र संस्कृतिले जरो गाडिरहेको छ भने अर्कोतिर समाज परिवर्तन गर्ने विशाल लक्ष्य राखेर अघि बढिरहेका गरीव जनताका मुक्तिकामी साहित्यकार कलाकार र संस्कृतिकर्मीहरू लगातार रूपमा प्रगतिशील÷प्रगतिवादी साहित्य लेखक र संस्कृति निर्माणमा लामबद्ध छन् । हाम्रो देश नेपालमा आयातित (विशेष गरी भारतबाट) संस्कृति र साहित्यले नेपालका बालबालिका तथा युवा पींढिमा नराम्रोस“ग असर परेको छ । यहा“का शासकहरू मौन छन् । विभिन्न राजनैतिक आन्दोलनहरूमा देशीय सामन्तवाद तथा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको दलाली गर्दै आन्दोलनलाई तुहाउने अथवा सम्झौतामा टुङ्ग्याउने काम शासकहरूबाट हु“दै आइरहेको छ । २०६२÷०६३ को जनआन्दोलन पछि पनि लोकतन्त्र गणतन्त्र जे भने पनि उनीहरूको चरित्रमा परिवर्तन आउन सकेको छैन । शासकहरूले आफ्नो सत्ता बचाइराख्नका लागि जनतालाई उपभोक्तावादी साहित्य र संस्कृतिमा अल्मल्याउन भरमग्दुर कोशिश गरिरहेका छन् । यहा“का बरिष्ठ साहित्यकार भनिनेहरू पहिले राजतन्त्रको स्तुति गाउन र आशिर्वाद पाउन तल्लीन थिए भने आज पनि नया“ सत्ताधारी शासकहरूका तावेदारी गर्नमै उनीहरूको जीवन बित्ने गरेको छ ।
तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ असोज १८ हु“दै माघ १९ का घटनाहरू घटाउदै गर्दाका बखत देशमा प्रगतिशील साहित्यको क्षेत्रमा विभिन्न आन्दोलन तथा कार्यक्रम गर्ने क्रम अघि बढेको देखिन्छ । तर पेचिलो हुन सकेन । त्यसैले आज पनि प्रगतिशील साहित्यको विकास हुन अत्यन्तै जरूरी छ । साहित्य जहिले पनि बसी खानेको लागि नभएर गरी खानेको लेखिनुपर्छ । ९५ प्रतिशत जनताको सेवा गर्ने साहित्य जनसाहित्य हो भने ५ प्रतिशत बसी खानेहरूको पक्षमा लेखिने बुर्जुवा साहित्य हो । यस कारणले पनि प्रगतिशील साहित्यको महत्व खड्किन्छ । खासगरी टिभी च्यानलहरू, रेडियो, सामाजिक संजाल आदिबाट नाङ्गा तस्वीर सहितका चलचित्र, छाडा गीत, नृत्य, अभिनय आदिबाट समाजलाई दुर्गन्धित पार्ने काम भएको छ । यसले समाजलाई उन्नति होइन अवनतितिर डोर्याउने काम गरेको छ । यस परिप्रेक्ष्यमा प्रगतिशील साहित्यले नेपाली जनजीवनका कथा, व्यथाहरू बटुल्दै जनताको घरदैलोमा पुर्याउनुपर्ने देखिन्छ । अझ भन्ने हो भने नारी जातिलाई नङ्ग्याएर विज्ञापन गरी पैसा कमाउने र मजा लुट्ने परम्परा चलचित्र, नाटक, कथा, कविता, उपन्यास आदि सबै क्षेत्रबाट भइरहेको अवस्थामा प्रगतिशील चेतनशील नारीहरू अझ जोडदार रूपमा प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनमा उत्रनुपर्ने आवश्यकता छ । तर हाम्रो देशका महिलाहरू सशक्त रूपमा अघि बढेको देखिंदैन ।
यसरी स्वगर्, नर्क, पाप, पूण्य आदिका भ्रमपूर्ण कुराहरूलाई देखाएर र जनतालाई अल्मल्याउन सकिन्छ भन्ने शासकहरूका जलझेल नचिरीकन, ती सबै जालहरू नतोडिकन नौलो सभ्य समाजको कल्पना पनि गर्न सकिंदैन । जबसम्म स्वैरकल्पनाहरू हाम्रो मगजबाट बाहिरिन्छन् तब मात्र हामी वास्तविक रूपमा एक्काइसौं शताब्दीका वैज्ञानिक युगका सभ्य मानव बन्ने छौं । हामीले २०६२÷०६३ को जनआन्दोलन मार्फत राजतन्त्रको विदाइ गरेका छौं । राजा फाल्नका लागि गरिएको जनआन्दोलनमा पनि प्रगतिशील साहित्य र संस्कृतिले महत्वपूर्ण भूमिका खेलेको छ । देशका सबै गाउ“ र शहरहरूमा गणतन्त्रको नारा लगाउ“दै गणतन्त्रको समर्थन र राजतन्त्रको विरोध गर्दै साहित्यकार र कलाकारहरूले सडक कविता अँन्दोलन तथा सडक सांस्कृतिक आन्दोलन चलाएका हौ“ । अहिले राजतन्त्र हाम्रो सामू छैन । तर राजतन्त्रको अवशेष सामन्तवादी संस्कृति र साहित्यले हाम्रो समाजमा जरो गाडेको छ । आफ्नो स्तुति गाउन लगाएर छाडा संस्कृति र विषाक्त साहित्य देशभरि फिंजाएर शासन गर्न रमाउने शासकहरूलाई दरिलो मुक्का प्रहार गर्न प्रगतिशील प्रगतिवादी जनता सहित्यकार संस्कृतिकर्मी एकजुट हुनुपर्ने आवश्यकता छ ।
यसरी विभिन्न कठिनाइहरू पार गर्दै प्रगतिशील साहित्यले आफूलाई बचाउन त सफल भएको छ । तर त्यसको लागि अझ सचेत हुन आवश्यक छ । समग्ररूपमा भन्ने हो भने प्रगतिशील साहित्य अहिले बामे सरिरहेको अवस्थामै छ । यसलाई तातेताते गराउने हिडाउने बोलाउने जिम्मा हाम्रो नै हो । तर अहिले पनि तिनै बुर्जुवा उपभोक्तावादी पु“जीवादी सामन्तवादी संस्कारहरूले देशग्रस्त छ । तिनै साहित्यकार र संस्कृतिकर्मीहरूको बोलवाला छ । कुनै पनि रंगमञ्च र साहित्यिक मंचहरूमा उनीहरू अगाडि देखिन्छन् । यसको मतलब यो होइन कि प्रगतिशील साहित्यको कुनै भूमिका छैन, प्रगतिशील साहित्यले पनि आफ्ना पाइलाहरू दु्रत गतिमा अगाडि बढाएको भए पनि जति गर्नसक्नु पथ्र्यो त्यति हुन सकेको छैन । सर्वहारा जनताको हितमा लेखिएका रचनाहरू पढ्ने पाठकहरूको कमी छ । उनै उपभोक्तावादी संस्कृतिमा रमाउने प्रवृत्ति बढी देख्न सकिन्छ ।
यिनै तमाम समस्या समाधानार्थ प्रगतिशील साहित्यको महत्व बढ्दै गएको अवस्थामा सबै पक्षबाट प्रगतिशील आचरण निर्माणका लागि प्रगतिशील साहित्यको महत्व बढेर गएको छ । यसथै यथार्थवादी माक्र्सवादी साहित्य, माक्र्सवादी सौन्दर्यशास्त्रको आलोकमा रचनाहरूको सृजना गर्दै नया“ युगबोधका साथ जनभावनाको कदर गर्दै प्रगतिशील समुन्नत समाज निर्माणका लागि कलम चलाउनु अपरिहार्य आवश्यकता हो ।
अझै पनि विदेशी प्रतिक्रियावादी, प्रतिगमनकारी तथा विखण्डनकारी शक्तिहरू देशको राष्ट्रियतामाथि खेलवाड गर्दै गइरहेको अवस्था छ । देश इतिहासकै सबैभन्दा संगीन मोडमा उभिएको छ । देश रहने कि नरहने भन्ने स्थिति सृजना भएको छ । आफनो देशलाई बन्धकी राखेर नागरिकता बेचिएको छ । यस्तो विषम परिस्थितिमा प्रगतिशील सर्जकहरू संगठित भई अगाडि बढ्नुको विकल्प छैन ।
Comments
Post a Comment