नेपाली बृहदशब्दकोषमा साहित्यको बारेमा यसप्रकार व्याख्या गरिएको छ: “१– सहित हुनाको भाव, गुण वा
| नारायणा याेगी, सल्लाहकार |
अवस्था साथ रहेको स्थिति । २– कुनै देश वा जातिको व्यवहारिक वा भावनात्मक विषयसम्बन्धी ग्रन्थ, लेख आदि वाङ्मय । ३– जीवन–जगतसँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने मर्मस्पर्शी लेख, ग्रन्थ आदि । ४– इतिहास, पुराण, पुराकथा वा समाज आदिबाट उपजीव्य वस्तु लिएर, रस, द्वन्द्व, अलङ्कार आदिले यथासम्भव सजाई रचिएको गद्य वा पद्य कृति ः काल्पनिक र भावुकतापूर्ण पद्यमय वा गद्यमय रचना (कविता, खण्डकाव्य, महाकाव्य, नाटक, कथा, उपान्यास आदि) रहेको छ ।
विश्वसाहित्यमा साहित्यको खास गरेर रूसको अक्टोबर क्रान्तिपश्चात प्रगतिवादी धारको प्रभाव विस्तार हुन पुग्यो भने त्यो भन्दा अगाडि यथार्थवादी साहित्य हु“दै प्रगतिशील धार विकसित भएको देखिन्छ । यसरी साहित्य र कलाद्वारा देश, समाज, राष्ट्रको उन्न्यन र परिवर्तनका लागि निकै महत्वपूर्ण भूमिका रहेको मानिन्छ । त्यसैले साहित्यकलालाई समाजको ऐना पनि भनिएको हो ।
कला –नेपाली बृहद शब्दकोषमा कलाको प्रसङ्गमा भनिएको छ ः “कुनै पनि काम राम्रोसित गर्ने सीप, कौशललाई कला भनिएको छ र कला चौसठ्ठ प्रकारका छन् ।” भनेर बताइएको छ ।
यसैगरी दर्शनकोश (हिन्दी) मा कलाका सम्बन्धमा यसप्रकार व्याख्या गरिएको छ ः
कला ९ब्चत० समाजिक चेतना र मानव कृयाकलापको एक विशिष्ट रूप, जुन यथार्थतालाई कलात्मक बिम्बको माध्यमद्वारा प्रतिबिम्बित गराउँछ र सम्पूर्ण जगतको सौन्दर्यबोधको एउटा निकै महत्वपूर्ण साधन हो । माक्र्सवाद–लेनिनवादले कलाको प्रत्ययवादी परिभाषालाई अस्वीकार गर्दछ । जसअनुसार– “परमचित्त” “सार्वक संकल्प” “दैवी रहस्योद्घाटन” अथवा कलाकारको अवचेतन कल्पनाहरू तथा अनभूतिहरू हुन् ।
श्रम कलात्मक कृयाकलापको साथसाथै मानव सौन्दर्यात्मक भावनाहरू र आवश्यकतालाई साकार कनाउने पूर्णवर्ती प्रकृयाको स्रोत हो । आदिम कलाको पहिले चिन्द उत्तरवर्ती पाणाण युगको लगभग ४०,०००–३०,००० भन्दा पहिलेका हुन् ।
आदिम कविला समाजमा कलाको सम्बन्ध प्रत्यक्ष श्रमस“ग जोडिएको हुन्थ्यो । तर पछि गएर यो सम्बन्ध झनै जटिल बनेर गयो । आफ्नो अन्तरवस्तुमा कला समाजको सामाजिक, आर्थिक संरचनामा परिवर्तनस“ग घनिष्ट रूपस“ग जोडएको छ । सामाजिक रूपको प्रतिनित्वको रूपका कारण कला यो वा त्यो रूपमा सम्पूर्ण समाजको आत्मिक जीवनको अन्य परिघटनाहरूको साथसाथै, विज्ञान, प्रौद्योगिक, राजनैतिक विचारधारा तथा नैतिकताका साथ पनि सम्बन्धित छ । साथै कलाका विभिन्न प्रकारको निश्चित विशेषताहरू पनि छन् । जसले उसका सामाजिक चेतनाका समसत अन्य रूपहरूलाई विभेद तुल्याउ“छ । यथार्थताका साथमा मानिसको सौन्दर्यात्मक सम्बन्ध कलाको विशिष्ट विषय हो तथा त्यसको एउटा कार्यभार हो । जसले जगतको कलात्मक बोध गराउ“छ । त्यसकारणले पनि मनुष्य सामाजिक सम्पर्कसूत्र तथा मानिसहरूको पारस्परिक सम्बन्ध, ठोस ऐतिहासिक अवस्थामा मानिसहरूको जीवन तथा उनीहरूको क्रियाकलापको सदैव कलाका रचनाहरूका केन्द्र बनिरहेका हुन्छन् । कलाकार तथा कलाको विषयवस्तुलाई विशिष्ट रूपमा कलात्मक बिम्बमा आत्मसाथ र विषय प्रस्तुत गर्दछ । यथार्थताको प्रस्तुतिको विधि र कलात्मक कार्यभारहरूको तथा ती कलात्मक बिम्बहरूको चित्रणको साधनहरूको विशिष्टताहरूले कलाको विशिष्ट रूप निर्धारण गर्दछन् । अतः साहित्यमा जगतको सौन्दर्यात्मक प्रस्तुति, शब्दको माध्यमद्वारा, मूर्तिकला विभिन्न बिम्बद्वारा –ग्राफिक कलाको रेखाङ्कनद्वारा र छाया प्रकाशको माध्यमद्वारा, संगीतको स्वर लयको माध्यमद्वारा, थियटर तथा सिनेमाका पात्रहरूको क्रियाकलाप र उनीहरूको आधारमा निहित द्वन्द्व र अभिनेताहरूले गर्ने मूर्तकरणको माध्यमद्वारा गरिन्छ ।
कलामा यथार्थको प्रतिबिम्बका विषयहरू तथा रूपहरूले त्यसका विशिष्ट कार्यलाई निर्धारित गर्दछन् । यो काम हो, मानिसहरूको सौन्दर्यात्मक आवश्यकता हरूको यस्ता कृतिहरूद्वारा पूर्ति गर्नु । जसले मनिसहरूलाई आनन्द र सुख पु¥याओस् । उसलाई आत्मिक दृष्टिले समृद्ध बनाओस् साथै त्यस्तो कलाकारको भावना जागृत गरोस् जसले आफ्नो कार्यक्षेत्रमा सशक्त ढङ्गले कार्यसम्पादन गर्न सकोस् । जुन कार्य सौन्दर्यात्मक नियमभित्र बा“धिएको होस् । यही सौन्दर्यात्मक कार्यको माध्यमद्वारा कलाले आफ्नो संज्ञानात्मक महत्व उजागर गर्दछ । साथै मानिसहरूमा आफ्नो विचारधात्मक शैक्षिक प्रभाव पनि पार्दछ ।
माक्र्सवाद–लेनीनवादले कलात्मक विकासको जो कि समाज विकासस“ग उसको वर्गगत ढा“चाको परिवर्तनस“ग अविछिन्न रूपमा जोडिएको छ र जो वस्तुपरक स्वरूप प्रदर्शित गर्दछ । यद्यपि कलाको विकासको आम नीति यथार्थतालाई कलात्मक बिम्बको माध्यमद्वारा अधिक गहन बनाउने नीति हो । साथै उत्पादनको पु“जीवादी विविध निश्चित रूपमा पुरानो दास मालिकको जस्तो समाजको उत्पादन विधिभन्दा राम्रो र प्रगतिशील हो नै । माक्र्सको शब्दमा– कला र काव्यका बीचमा वैरभाव हुन्छ । किनकि पु“जीवादी उत्पादन विधि उदात्त सामाजिक तथा आत्मिक आदर्शहरूका लागि पराया जस्तै हो । पु“जीवादी समाजमा प्रगतिशील कलालाई या त पुँजीवादको उत्पत्तिको अवधिदेखि जुनबेला बुर्जुवावर्ग प्रगतिशील थियो वा ती कलाकारहरूको कार्यकलापस“ग उनीहरू जोडिन पुगेको अवस्थामा जसले यस प्रणालीप्रति आलोचनाको रूख अपनाए । उच्चतम् सौन्दर्यात्मक आदर्श, समाजवादी यथार्थवादलाई कलाको जो आधारमा निहित छ र समाजवादी सामाजिक सम्बन्धहरूले एउटा मानवीय स्वरूप ग्रहण गर्दछन् ।
यसप्रकार कला मानवीय सम्बन्धलाई बिभिन्न माध्यमद्वारा प्रकट गर्दै माक्र्सले भने झँै – पु“जीवादी उत्पादन विधि, काव्य र कलाको बीचमा वैरभाव हुन्छ । त्यसैले कलाका सम्बन्धमा लेनिनले सन् १९०५ मा पार्टी सङ्गठन तथा पार्टी साहित्यमा स्पष्ट शब्दमा भनेका छन् – कलामा विचारधारात्मक प्रवृत्तिको अधिकतम् पूर्ण अभिव्यक्ति, कलात्मक कार्यमा निश्चित सामाजिक वर्गहरूको रक्षा तथा सचेतन पक्षधरता हुनुपर्ने । त्यसैले साहित्य र कला मेसिनका दा“ते र पेंच समान हुन् भनेका छन् ।
यसैगरी बुर्जुवाहरूले कलामा पक्षधरताको कुराको विरोध गर्नुको अर्थ आफ्नो शोषणलाई कायम राख्नका लागि कलालाई स्वतन्त्र बनाएर कलाकारहरूलाई आफ्नो अधीनमा राख्ने एउटा षडयन्त्र बताएका छन् । यसैगरी उनले भनेका छन् साहित्य र कलाद्वारा लाखौं करौडौं श्रमजीवी वर्गको सेवा गर्नुपर्दछ, भनेका छन् ।
यो विचारलाई माओले अझ बढी महत्व दिदैं कलमको मोर्चा र बन्दुकको मोर्चा समान बताएर साहित्य र कलाका बारेमा ऐनान गोष्ठीमा विशद व्याख्या गरेका छन् । जसलाई सम्पूर्ण जनपक्षीय तथा प्रगतिशील साहित्यकार र कलाकारहरूले गहिरिएर अध्ययन गर्न निकै उपयोगी छ । उनले उक्त आलेखमा उल्लेख गरेका केही महत्वपूर्ण कुरा संक्षेपमा राख्न चाहन्छु ः
उनले साहित्य र कलाद्वारा जनताको सेवा कसरी गर्ने भन्ने सन्दर्भमा प्रष्टसँग उदाहरण दिंदै भनेका छन् कि जसरी हामी जाडोमा जाडोबाट बच्न दाउरा बालेर न्यानो प्राप्त गर्दछौं, त्यसैगरी हाम्रो क्रान्तिकारी साहित्यले पनि जनतालाई क्रान्तिकारी उर्जा प्रदान गर्नुपर्दछ ।
उनले अगाडि भनेका छन् – क्रान्तिकारी सहित्यकार तथा कलाकारको रेशमी रूमालमा फुलबुट्टा भर्ने होइन किनकि रेशमी रूमाल त यसै पनि राम्रो छ । त्यसमा थप फूलबुट्टाको आवश्यकता पर्दैन । अर्थात शोषकवर्गहरूको पक्षमा जनपक्षीय साहित्यकार वा कलाकारले आफ्नो सिर्जना निर्माण गर्नेतर्फ लाग्ने होइन कि जनताका, राष्ट्रका समस्याहरूलाई उठाएर आफ्ना सृजनामार्पmत जनतालाई बलियो बनाएर क्रान्ति सम्पन्न गर्न लागी पर्नुपर्दछ भनेका छन् ।
उनले उक्त आलेखमा कस्तो साहित्य लेख्ने, पाठक–दर्शकको रूची, चाहना, देश समाजको आवश्यकता कुन वर्ग क्षेत्र र पेशा, कार्य, उनीहरूका समस्या आदिका बारेमा पनि निकै गम्भीर हुनुपर्ने र त्यसैप्रकारले स्रष्टाले सृजना गरेर प्रस्तुत गर्नुपर्ने बताउ“दै उदाहरण दिदैं भनेका छन् – यदि कुनै कलाकारको टोली कार्यक्रम गर्दै किसानको बीचमा गएको छ भने उसले त्यहा“ विद्यार्थीस“ग जोडेर गीत गायो वा कार्यक्रम ग¥यो भने त्यसले किसानहरूको आवनालाई समेट्न सक्दैन । त्यसकारण कलाकार वा साहित्यकारको वर्ग दृष्टिविन्दु स्पष्ट हुनुपर्ने बताएका छन् ।
आज संसारभर साम्राज्यवादी, पाश्चात्य अश्लिल साहित्य र कलाको नया“ पि“ढीलाई आफ्नो कर्तव्यबाट विमुख र श्रमबाट भाग्ने बनाउ“दै लगिरहेको सन्र्दभमा संसारभरका क्रान्तिकारी साहित्यकर्मी तथा हाम्रो देशका प्रगतिशील तथा प्रतिवादी सम्पूर्ण साहित्यकर्मी, कलाकर्मीहरूले यी जनविरोधी संस्कृतिका विरूद्ध सशक्त आवाज बुलन्द गर्नुपर्ने ख“चो टडकारो भइसकेको छ ।
Comments
Post a Comment