नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा रक्तिम सांस्कृतिक अभियानको गौरवमय इतिहास रहेको छ ।
यसले जनवादी गीत, संगीतद्वारा जनतालाई जागरूक बनाउन र उनीहरूलाई कम्युनिस्ट आन्दोलनमा समाहित र संगठित गराउन अहम् भूमिका खेलेको छ । नेपालको कम्युनिस्ट आन्दोलनसित रक्तिम सांस्कृतिक आन्दोलनको घनिष्ठ सम्बन्ध रह“दै आएको छ । यसले नेकपा (मसाल) को राजनीतिक, सैद्धान्तिक मान्यतालाई गीत–संगीतको माध्यमबाट जनतामा पु¥याउने र उनीहरूलाई पार्टीको झण्डामुनि गोलबन्द गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको इतिहास छ । बिभिन्न आरोह र अवरोहका बीचबाट सङ्घर्ष गर्दै रक्तिम अभियान निरन्तर रूपमा आफ्नो लक्ष्य र ध्येयमा अगाडि बढिरहेको छ र बढि नै रहने छ । सही सिद्धान्त र राजनीतिको आलोकमा जनताका प्रिय सांस्कृतिक योद्धाहरू कहिले पनि थाकेका छैनन् र भविष्यमा पनि थाक्ने छैनन् । इतिहासले हामीलाई यही सिकाएको छ ।
नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनको चर्चा गर्दा राल्फा आन्दोलनलाई सम्झनुपर्ने हुन्छ । यस आन्दोलनमा विशेष गरेर पारिजात, निनु चापागाई, रामेश, मञ्जुल, रायन, अरिम आदि कलाकार र साहित्यकारहरू सक्रिय थिए । पंचायती शासनकालमा केही फरक धारको कला, संस्कृति र साहित्यको विकास गर्नुपर्छ भन्ने मान्यताका साथ यो आन्दोलनको उठान भएको थियो । प्रारम्भमा यो कुनै राजनीतिक विचारधाराद्वारा निर्देशित थिएन, मात्र परम्परागत सोंच र प्रवृत्तिमा फरकपनको खोजी नै यस आन्दोलनको उद्देश्य रहेको देखिन्छ । पछि यो आन्दोलन वामपन्थी विचारधारको प्रभावमा आएपछि नेपालको कम्युनिस्ट आन्दोलनमा आएको विभाजनस“गै यसमा पनि टुटफूट शुरू भयो । फलतः पारिजात, निनु चापागाई, रायन आदि साथीहरू मोहन विक्रम सिंहले नेतृत्व गरेको तात्कालीन नेकपा (चौथो महाधिवेशन) मा सामेल भए भने रामेश, मञ्जुल, अरिम लगायतका साथीहरू तात्कालीन नेकपा (माले) लाई समर्थन गर्न पुगे । तत्कालीन नेकपा (माले) को राजनीतिलाई समर्थन गर्ने साथीहरूले “संकल्प परिवार” को गठन गरेर प्रगतिशील सांस्कृतिक आन्दोलनलाई अघि बढाए भने नेकपा (चौथो महाधिवेशन) को राजनीतिलाई समर्थन गर्ने साथीहरूले “वेदना परिवार” को गठन गरेर अर्को सांस्कृतिक आन्दोलन अघि बढाए । वेदना परिवारले त्यतिवेला काठमाण्डौमा “सिम्मा गीति नाटक” को प्रदर्शन ग¥यो जसलाई जनताले धेरै नै रूचाए र प्रशंसा गरे । वेदना परिवारको गतिविधि बढी काठमाण्डौमा मात्रै सीमित थियो, बाहिर कमै थियो । देशका अन्य भाग र प्रवासमा स्वर्गीय खुसिराम पाख्रीन, राजेश विक, मणि थापा जीवन शर्मा र रेम रानाहरूको सांस्कृतिक टोलीहरू सक्रिय थिए । त्यतिबेला पार्टीले आन्तरिक रूपमा “अखिल नेपाल जनसांस्कृतिक सङ्गठन” को नाममा सांस्कृतिक विभाग गठन गरेको थियो । त्यसको इन्चार्ज मोहन वैद्य ‘किरण’ हुनुहुन्थ्यो भने संयोजक राजेश विक र सदस्यहरूमा मणि थापा र जीवन शर्मा हुनुहुन्थ्यो । यसको घोषणापत्र र विधान स्वयं मोहन वैद्यले तयार पार्नु भएको थियो । पार्टीको निर्देशनमा सांस्कृतिक टोलीहरूको समायोजन गर्ने र पार्टी र विभिन्न जनवर्गीय संगठनहरूका भेला, सम्मेलनहरूमा तथा पार्टीले आयोजना गरेका अन्य कार्यक्रमहरू सम्पन्न गर्ने काम यसैले गर्दथ्यो ।
२०४० सालमा मोहन विक्रम सिंहले नेतृत्व गरेको नेकपा (चौ.म.) मा फूट भएर नेकपा (चौथो महाधिवेशन) को नाममा निर्मल लामाजीहरू अलग हुनुभयो । त्यसपछि पारिजात, निनु चापागाई, रायन लगायतका कलाकार, साहित्यकार साथीहरू लामाजीस“गै जानु भयो । सिम्मा गीति नाटकका गायक कोमल धिताल बाहेक वेदना परिवारका सबै कलाकारहरूले लामाजीलाई समर्थन गरेपछि नेकपा (मसाल) को पक्षमा हामी मात्र रह्यौं । कोमल धितालजी पनि त्रिभुवन विश्व विद्यालयमा पढाउन थालेपछि सक्रिय हुनु सक्नु भएन । हाम्रो सांस्कृतिक अन्दोलनमा उहा“को सहानुभूति भने पछिसम्म रह्यो । त्यस बीचमा मैले विशेष अनुरोध गरेर उहा“लाई एकता समाजको कार्यक्रममा एकाध पटक भारतको मद्रास लिएर गएको सम्झना छ । त्यसपछि हामी पार्टीको प्रत्यक्ष अगुवाइमा सांस्कृतिक आन्दोलनलाई पुनर्गठन गर्ने, व्यवस्थित गर्ने र विस्तार गर्ने काममा लाग्यौ“ । देशभित्र र बाहिर प्रवासमा समेत कैयौं नया“ सांस्कृतिक टोलीहरूको निर्माण भए ।
शायद सन् १९८२ तिरको कुरा हो भारत स्तरमा अखिल भारत नेपाली एकता समाजको नगर सम्मेलनहरू चलिरहेका थिए, त्यसमा सांस्कृतिक टोलीको माग भएको थियो । मोहनजीले त्यसको व्यवस्था गर्ने जिम्मा मलाई दिनु भयो । म खुसिराम पाख्रिनलाई भेट्न चितवन गए“, तर उहा“ त्यहा“को स्थानीय टोली लिएर सांस्कृतिक अभियानमा तनहु“ जानु भएको रहेछ । त्यहा“का पार्टीका साथीहरूसित सल्लाह गरें, साथीहरूको भनाइ अनुसार अभियान लामो छ, भारत जाने बेलासम्म पाख्रिनजीहरू फर्कन सक्नुहुन्न भनेपछि मैले मोहनजीलाई रिपोर्ट गरें । त्यसपछि अर्को टोली निर्माण गरेर लिएर जाने निर्देशन अनुसार अरू कलाकारहरू जुटाएर चितवनमै १५ दिन तालिम सञ्चालन गरियो । मौका नै भन्नुपर्छ, हामी हिंड्नु भन्दा एकदिन अगाडि पाख्रिनजी कार्यक्रम छोट्याएर आइपुग्नु भयो । त्यसपछि पाख्रिनजीको टोलीका केही कलाकार र हामीले तालिम गराएका र अन्य केही कलाकारहरू मिलाएर भारततिरको अभियानमा लाग्यौं ।
२०४२ सालमा नेकपा (मसाल) मा पुनः फूट भयो । वैद्यजी र प्रचण्डजीहरू अलग्गिएपछि त्यसको असर सांस्कृतिक मोर्चामा पनि प¥यो, पाख्रिनजीहरू उहा“हरूलाई समर्थन गरेर जानुभयो । म, मणि थापा, रेम राना लगायत अन्य साथीहरू सांस्कृतिक क्षेत्रको पुननिर्माणको काममा लाग्यौं । त्यतिवेला जीवनजी मुस्ताङको तुकुचे मा. वि. मा पढाउनु हुन्थ्यो । रामसिंह श्रीस र कृष्ण पौडेलले सल्लाह गरेर जीवनलाई जागिर छोडाएर संगठनको काममा लाउनुपर्छ भन्नुभयो र उहाँलाई लिन जाने जिम्मा पनि मलाई दिनुभयो । म तीन दिन पैदल हिंडेर मुस्ताङ पुगेँ र जीवनजीलाई भेटेर बाग्लुङ् जिल्ला पार्टीको निर्णय सुनाए“ । केही समयको छलफलपछि उहा“ सहमत हुनुभयो, यताको कारोवार र व्यवस्था मिलाएर केही दिनपछि आउ“छु भनेपछि म दुई दिन बसेर फर्कें, उहाँ केही समय बसेर जागिर नखाने गरी फर्कनु भयो । केही समय उहा“ पार्टीको काममा राम्रैसित खट्नुभयो, बीचमा केही समय फेरि सगरमाथाको सोलुतिर पढाउन जानुभयो । त्यहाँबाट फर्केपछि हामी स“गै काममा जुट्यौ“, सांस्कृतिक मोर्चामा राम्रो प्रगति भयो । उहा“ले गीत लेख्नु हुन्थ्यो, संगीत पनि भर्नुहुन्थ्यो । हामीले उत्साह दिन्थ्यौं, उहा“को रचना कौशल र गायकीमा निखार आउ“दै गयो । अब हाम्रो सांस्कृतिक अभियान सशक्त बन्दै गयो । यस अभियानमा राजेश विक, जीवन शर्मा, मणि थापा, रेम राना बाहेक झोकेन्द्र थापा, नामबहादुर, देउमाया पुन, पुष्पा श्रीस, हरिमाया श्रीस, सोमा राना, निलिमा पुन लगायतका साथीहरू जोडिनु भयो । यही सिलसिलामा मेघराज ज्ञवालीको सहयोग र मेरो पहलमा ध्रुव ज्ञवाली, धनकाजी गुरूङ, लक्ष्मी गुरूङहरूलाई रक्तिममा आबद्ध गरियो । त्यसैगरी पछि दलबहादुर बिक (रूपन्देही), पूर्वबाट नविन राई, कुन्दन राईहरू हाम्रो अभियानमा जोडिन आइपुग्नुभयो । रूपन्देहीबाट खेम पुन, लक्ष्मी पुन, नविना केसी, मिना पुन, कमला केसी, भक्त थापा लगायतका दर्जनौं कलाकारहरूको निर्माण भयो । अब हाम्रो टीम हरेक दृष्टिबाट सशक्त बन्यो, रचना संगीतमा जीवन शर्मा, अभिनय र नृत्यमा मणि थापा र रेम राना, नविना केसी, मिना पुन कमला केसी लगायतका साथीहरू, गायनमा ध्रुव ज्ञवाली, जीवन शर्मा, राजेश बिक, नविन राई, दलबहादुर बिक र लक्ष्मी गुरूङ, पुष्पा श्रीस, लगायतका साथीहरू, बाद्यवादनमा धनकाजी गुरूङ, खेम पुन, कुन्दन राई लगायतका साथीहरू सबै आ–आफ्नो क्षेत्रमा लगभग सिद्धहस्त कलाकारहरू नै थिए । त्यसैगरी संगठन निर्माणको क्षेत्रमा मणि थापा, राजेश बि.क, रेम राना लगायतका साथीहरूको महत्वपूर्ण भूमिका रहेको थियो ।
हाम्रा गीतहरू रेकर्ड गरेर क्यासेट निकाल्ने कुरा चलिरहेको थियो । त्यसमा गोविन्दसिंह थापाले महत्वपूर्ण भूमिका खेल्नु भयो । त्यतिबेला काठमाण्डौमा अखिल (छैठौं) को राष्ट्रिय सम्मेलनको तयारी चलिरहेको थियो । त्यही सन्दर्भमा हामी सबै कलाकारहरू त्यहाँ जुटेका थियौं । हामीले गाउ“दै आएका गीतहरू छानेर छाउनीस्थित एउटा स्टुडियोमा गीतहरू रेकर्ड ग¥यौं । गीतहरू छान्नमा गोविन्दसिंह थापाले मद्दत गर्नुभयो । किनभने रेकर्डिङको व्यवस्थापनको सबै जिम्मा उहा“ले नै लिनुभएको थियो । रेकर्ड गरेका सबै गीतहरू राख्दा दुईवटा क्यासेट बन्ने भए । त्यसरी भाग–१ र २ एकैचोटी रेकर्ड गरियो । उक्त क्यासेट डविङ गरेर बजारमा लैजाने कुरा भएपछि के नाम राखेर निकाल्ने भन्ने कुरा चल्यो । रामेश र मञ्जुलहरूले “संकल्प परिवार” को नामबाट पहिले नै गीति क्यासेट बजारमा ल्याइसकेका थिए, जुन त्यतिवेला निकै चर्चित बनेको थियो । हामी सबैले छलफल ग¥यौं, विभिन्न नामहरू आए, रक्तिम परिवार राख्ने भन्ने कुरा पनि उठ्यो, तर “परिवार” भन्दा अलि सीमित दायरा हुन्छ भन्ने कुरा आएपछि “रक्तिम अभियान” भाग १–२ राख्ने भन्ने निर्णय ग¥यौं । त्यही नाममा क्यासेट बजारमा आयो र जतासुकै चर्चा पनि पायो । आजसम्म रक्तिम अभियानले गीति क्यासेटका कैयौं भागहरू प्रकाशन गरिसकेको छ । त्यसले नेपालको सांस्कृतिक आन्दोलनलाई अत्यन्त महत्वपूर्ण योगदान दिएको छ । त्यस्तै “ठूली गीति नाटक” को निर्माण र प्रदर्शनहरू भए, देशव्यापी रूपमा त्यसको निकै ठूलो प्रभाव प¥यो । यो टिमले सयौं ठाउ“मा स्टेज प्रोग्रामहरू ग¥यो, जिल्ला जिल्लामा एक, डेढ महिने सांस्कृतिक अभियानहरू चलायो, विभिन्न स्तरका प्रशिक्षणहरू चलायो, हजारौंको संख्यामा कलाकारहरू उत्पादन ग¥यो र देशव्यापी रूपमा सङ्गठनहरू विस्तार ग¥यो । यसरी रक्तिम अभियान देशव्यापी रूपमा मात्र होइन विदेशमा समेत हलचल पैदा गर्न सक्ने पार्टीको एउटा सशक्त सांस्कृतिक मोर्चाको रूपमा विकास भएर गयो । देशमा मात्र नभएर विदेशमा समेत रक्तिमका शाखाहरू खुले । यो काल रक्तिम अभियानको उत्कर्षको काल थियो । तर हामीले बिर्सनै नहुने कुरा के हो भने यी सबै गतिविधिका पछाडि भित्री रूपमा पार्टीले सक्रिय भूमिका खेलिरहेको थियो । पार्टीको प्रत्यक्ष निर्देशन, राजनीति र सिद्धान्तले हामीलाई उर्जा र दिशा प्रदान गरिरहेको हुन्थ्यो । रक्तिम कसैको व्यक्तिगत योग्यता र क्षमताले रक्तिम बनेको होइन, पार्टीको राजनीति, सिद्धान्त र संरक्षणले नै रक्तिम अभियान आज यो ठाउ“मा आइपुगेको हो ।
पार्टीले मलाई दलित मोर्चाको जिम्मा दिएपछि रक्तिमभित्र मेरो भूमिका कम रह्यो । म रक्तिमको केन्द्रमा सल्लाहकार मात्र रहें । साथीहरूले मोर्चाको कामलाई सशक्त रूपले अघि बढाइरहनु भएको थियो । तर पछिल्ला दिनहरूमा आएर सङ्गठनमा केही शिथिलता आउ“दै गयो । नेतृत्वमा रहेका साथीहरूले सङ्गठनलाई समायोजन गरेर अगाडि लैजानुपथ्र्यो, तर त्यसो हुन सकेन । दुःखको कुरा, विविध कारणले गर्दा यी सबै साथीहरूलाई हामीले निरन्तर रूपमा टिकाइराख्न सकेनौं । कतिपय साथीहरू आफ्नो व्यक्तिगत समस्याका कारणले त कतिपय साथीहरू राजनैतिक विचलनका कारणले यो अभियानबाट अलग हु“दै गए । अहिले रक्तिममा पुरानो पिंढीका कलाकारहरू शायद मुश्किलले औंलामा गन्न सकिने मात्रै बचेका होलान् । मणि थापा राजनैतिक विमतिका कारण माओवादी पार्टीमा सामेल हुनुभयो र त्यहा“ पुगेर “सामना परिवार” बनाउनु भयो । पछि ध्रुव ज्ञवाली, धनकाजी गुरूङहरू पनि हामीबाट अलग्गिनु भयो । स्वयं रक्तिमका कतिपय साथीहरूमा पनि बारम्बार राजनैतिक, वैचारिक विचलन समेत आउनाले सङ्गठनको गतिमा अवरूद्धता पनि पैदा भइरहने गरेको छ । यसरी हाम्रो अभियान कठिन मोड र घुम्तीहरूबाट अगाडि बढ्दै गयो । तिनै कठिन मोड र घुम्तीहरूको बीचबाट नै सांस्कृतिक मोर्चालाई पुनः व्यवस्थित गर्ने काम हुँदै आएको छ । विभिन्न योजना र कार्यक्रमहरू बनाउ“दै, बिभिन्न साथीहरू कार्य क्षेत्रमा लाग्दैै सङ्गठनमा सुधार ल्याउने काम निरन्तर जारी छ । यही सिलसिलामा नै रक्तिम सांस्कृतिक अभियानले २०७५ चैत्र २६ गते बुटवलमा राष्ट्रिय भेला सम्पन्न गरेको छ ।
अब रक्तिम परिवारले आफ्नो भूमिकालाई अझै विस्तार गरेर नेपालको जनवादी सांस्कृतिक आन्दोलनलाई एकैढिक्का बनाएर समग्र आन्दोलनलाई अघि बढाउने साहस गर्नुपर्छ । यस सन्दर्भमा केही सैद्धान्तिक र प्रवृत्तिगत विषयहरूप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता हुन्छ । हामीसित कला र गला मात्र भएर हु“दैन, त्यो मुख्य कुरा होइन, त्यसलाई व्यवस्थित पारिदिने, समीक्षा गरिदिने, सुन्न आइदिने र ताली बजाइदिनेहरूको पनि उत्तिकै भूमिका हुन्छ । कहिलेकाहीं कलाकारहरूले यो कुरालाई बिर्सन्छन् र मेरो प्रतिभा थियो र पो यी सबै भइरहेको छ भन्ने सोंच्दछन्, यो व्यक्तिवाद हो । यदाकदा सामूहिक निर्णय र सामूहिक कार्यशैलीप्रति अरूचि देखाउने, व्यक्तिवादी शैलीलाई मन पराउने, मन मिल्नेहरूको मात्र टीम बनाउन प्रयत्न गर्ने, फरक मतका साथीहरूलाई अलग्याउन कोशिस गर्ने, नयाँ प्रतिभाहरूलाई उचित प्रोत्साहन र संरक्षण नदिने लगायतका गुनासाहरू पनि आइरहन्छन् । सङ्गठनको समग्र विकास र प्रगतिको निम्ति निश्चय नै यो सुखद कुरा होइन । यी सबै ब्यक्तिवादी प्रवृत्तिका लक्षणहरू नै हुन् र सङ्गठनको हितको लागि अत्यन्त घातक हुन्छन् । हामीमा यसप्रकारको समस्या रहेको भए तिनलाई हटाउ“दै अगाडि बढ्नुपर्दछ ।
पहिलो कुरा त यो दृष्टिकोणको प्रश्न हो । कुनै पनि पार्टी, क्रान्ति, परिवर्तनका लागि लाग्ने भनेको व्यक्तिगत स्वार्थ, सुख–सुविधा, व्यक्तिगत प्रशिद्धिको चाहना आदिलाई त्याग्ने र सामुहिक हित र भलाइको लागि क्रियाशील हुने कुरा हो । किनभने क्रान्ति र परिवर्तनले जहिले पनि सामूहिक हितको लागि उच्च प्रकारको त्याग र वलिदानको माग गर्दछ । यसको अर्थ व्यक्तिगत हित, स्वार्थ र महत्वकांक्षाहरू जहिले पनि सामूहिक हित र स्वार्थको माताहतमा हुन्छ भन्ने नै हो । जब हामीले यी कुरालाई बिर्सेर “हामी” र “हाम्रो” को ठाउँमा “म” र “मेरो” लाई अगाडि राखेर हेर्न र सोच्न थाल्दछौं तब त्यसले हामीलाई गलत ठाउँमा पु¥याउ“छ । यसरी सधैं आफूलाई केन्द्रमा राखेर सोंच्ने प्रवृत्ति निम्नपू“जीवादी चिन्तन पद्धति हो र यसले हाम्रो गतिविधि र व्यक्तिगत क्रियाशीलतामा समेत अबरोध हाल्छ । हामी नेपाली समाजलाई परिवर्तन गर्नको लागि लु–सुन र गोर्की जस्ता महान् सांस्कृतिक योद्धाहरूको विरासतलाई बोकेर हिंडेका सिपाहीहरू हौ“ । अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक अवस्थामा रहेको नेपाली समाजलाई नया“ जनवादी क्रान्तिद्वारा परिवर्तन गरेर समाजवाद हु“दै साम्यवादमा पुराउने हाम्रो लक्ष्य हो । माक्र्सवाद, लेनिनवाद तथा माओ विचारधारा हाम्रा पथप्रदर्शक सिद्धान्तहरू हुन् । यसैको आलोकमा हामीले रक्तिम सांस्कृतिक अभियानलाई निरन्तर अघि बढाउँदै आएका छौ“ । त्यसैले हामी सबैले गम्भीर भएर आ–आफ्नो जिम्मेवारी पूरा गर्नै पर्दछ । कतै म यो आदर्शबाट विचलित त भइरहेको छैन ? कतै मैले सङ्गठनको हित भन्दा व्यक्तिगत हित र महत्वकाङ्क्षालाई प्राथमिकता त दिइरहेको छैन ? कतै म सङ्गठन, पार्टी र क्रान्तिको प्रचारभन्दा ब्यक्तिगत प्रसिद्धिको पछि त दौडिरहेको छैन ? कतै मैले आफ्नो भूमिका र योगदानको गलत मूल्याङ्कन त गरिरहेको छैन ? के मैले इमान्दारीका साथ सङ्गठनको नियम र अनुशासनलाई सही तरिकाले पालन गरिरहेको छु ? आदि प्रश्नहरूमाथि हामीले बारम्बार ध्यान राख्नुपर्दछ र आफूभित्र रहेका कमी कमजोरीहरूलाई हटाउ“दै लैजानुपर्दछ ।
जहा“सम्म व्यक्तिको योगदान र भूमिकाको कुरा छ, सम्बन्धित व्यक्तिको राजनैतिक, सैद्धान्तिक स्तर, कार्यकुुशलता, सक्रियता, अनुशासन, उसको व्यक्तिगत जिम्मेवारीवोधको भावना आदिका आधारमा संगठनभित्र जिम्मेवारी दिने कुरा हुन्छ । तर सबै व्यक्ति सबै गुणले परिपूर्ण हु“दैनन् । योग्यता र ज्ञानको कुनै क्षेत्रमा विशेष दख्खल हुनु र कुशल नेतृत्व प्रदान गर्नु फरक कुराहरू हुन् । सङ्गठनमा महत्वपूर्ण जिम्मा वा नेतृत्व सम्हालेकै कारण आफूलाई सर्वेसर्वा ठान्ने, अरूमाथि सधैं आफ्नो इच्छा र चाहना लाद्न चाहने, सङ्गठनलाई व्यक्तिगत इच्छा र चाहना अनुसार चलाउन खोज्ने, सङ्गठनको अनुशासन र पद्धतिको ख्यालै नगर्ने तवरतरिका व्यक्तिवादी प्रवृत्ति नै हुन् र यो माक्र्सवाद विरोधी कुरा हो । त्यसैले निम्नपू“जीवादी चिन्तन पद्धतिले जन्माउने व्यक्तिवादी चिन्तनका विरूद्ध जबसम्म निर्मम संघर्ष गर्न सक्दैनौ“ तबसम्म हामीले रक्तिम अभियानलाई सही तरिकाले अघि बढाउन सक्दैनौ“ ।
व्यक्तिवादले मानिसलाई सङ्गठन भनेको मै हु“ र मेरै ईशारामा संसार चलिरहेको छ भन्ने स्थितिसम्म पु¥याइदिन्छ । त्यसपछि उसले आफ्नो लागि पार्टी, क्रान्ति र सङ्गठनको आवश्यकता समेत नरहेको महसुश गर्न थाल्छ । उसको लागि क्रान्ति, पार्टी, अनुशासन, सङ्गठनात्मक पद्धति सबै तपसिलका विषय बन्दछन् र सङ्गठनमा अराजकता र अनुशानविहीनता हावी हुन थाल्छ जसले सङ्गठनको सामूहिक जीवन पद्दतिलाई नै ध्वस्त पारिदिन्छ । बीसौं शताव्दीमा रूस, चीन र भियतनामका शोषित जनता इतिहासका कर्ता र मालिक बने, सङ्गठित र अनुशासित पार्टीको नेतृत्वमा नै त्यो सम्भव हुन सकेको थियो । पार्टी भनेको नेतृत्वको बुझाइ र सामाजिक वास्तविकता बीचको कडी हो । पार्टी बिना नेता वा नेतृत्व नदीमा तैरिएको झिंजा वा पत्कर समान हुन्छ । यदि बोल्शेविक पार्टी नभएको भए लेनिन मेधावी चिन्तक त हुनसक्थे होला, तर १९१७ को बोल्शेविक क्रान्तिको नायक बन्न सक्दैनथे । वास्तवमा क्रान्तिपूर्व बोल्शेविक पार्टी नै लेनिनको कर्मथलो थियो । त्यही पार्टीको लौह अनुशासनमा रहेर उनले आफनो योग्यता र क्षमताको उच्चतम विकास र सदुपयोग गरेका थिए ।
त्यसकारण पार्टी र सङ्गठन भनेको कुनै पनि मुक्तिकामी व्यक्तिको लागि अपरिहार्य चीज हो । त्यसको अभावमा हामीले न त आफ्नो व्यक्तित्वको विकास गर्न सक्छौं न त देश र जनताको निम्ति कुनै उल्लेखनीय योगदान नै गर्न सक्छौं । हामीले आगामी दिनहरूका सङ्गठनभित्र देखापर्ने बिभिन्न प्रकारका बैचारिक, व्यवहारिक र सङ्गठनात्मक विकृति र विसङ्गतिहरूका विरूद्ध निरन्तर संघर्ष गरेर नै हाम्रो मोर्चालाई अघि बढाउन सक्ने छौं । यसका लागि हामीले एकातिर, कलाकारहरूको वैचारिक स्तर माथि उठाउने कुरामा ध्यान दिनुपर्छ भने अर्कोतिर, सङ्गठनभित्र देखापर्ने व्यक्तिवादी चिन्तन, अराजक कार्यशैली, अनुशासनविहीनता, गुटबन्दीका साथै सङ्गठन भत्र देखापर्ने सबैप्रकारका भड्कावहरूका विरूद्ध संघर्ष गर्दै जनवादी केन्द्रीयताका आधारमा सङ्गठनलाई सशक्त र मजबूत बनाएर अघि बढ्नु पर्छ । त्यसैले यसका लागि पहिलो, कलाकर्मीहरूको सैद्धान्तिक, राजनीतिक चेतनाको स्तर माथि उठाउने, दोश्रो उनीहरूको कलात्मक क्षमताको विकासमा जोड दिने, तेश्रो, संगठनलाई अनुशासित र व्यवस्थित बनाउन प्रयत्न गर्ने । यी तीनवटा अहम् जिम्मेवारी पूरा गरेपछि मात्र हामीले अहिलेको अवस्थाबाट सङ्गठनलाई अझ माथि उठाउन सक्नेछौं । त्यसैले साथीहरू, आउनुहोस् ¤ यी जिम्मेवारीहरू पूरा गरेर सङ्गठनलाई मजवुत बनाउने काममा जुटौं, रक्तिम सांस्कृतिक अभियानको गौरवमय परम्परालाई निरन्तर अघि बढाऔं ¤¤ यही नै आजको हाम्रो तात्कालीक कार्यभार हो ।
राजेश विक |

Comments
Post a Comment