Skip to main content

सङ्गीतका विविध भेदहरूसँग रक्तिमको सम्बन्ध

सम् शब्दमा गीत उपसर्ग लागेर बनेको सङ्गीत शब्द हरेक देश, समाजका सवै तप्काका मानिसहरूस“ग खास
हेमराज आश्रम
सम्वन्धमा रहने एक विधा हो । सम्को अर्थ सुन्दर हो भने गीतको अर्थ लयात्मक ध्वनि हो । अर्थात सुन्दर वस्तुको लयात्मक ध्वनि सङ्गीत हो । वर्तमान समयमा सङ्गीतको परिभाषामा एकरूपता नपाइएपनि पूर्वीय सङ्गीतको आधार ग्रन्थ सङ्गीत रत्नाकर ( १३ औं शताब्दी ) मा उल्लेख गरिए अनुसार गीत, वाद्यं, नृत्यं, त्रयं , सङ्गीत मुच्यते अर्थात गीत वाद्य नृत्यको त्रिकोणात्मक सङ्गम सङ्गीत हो भनिएको  छ । तर वर्तमान अवस्थामा सङ्गीतको परिभाषा फेरिएको छ । छोटकरीमा भन्दा मनमा उब्जिएको भावनाहरूलाई सङ्गीतका तीन तत्वहरू सुर, ताल र लयको माध्यमवाट अभिव्यक्त गर्ने कला सङ्गीत हो । संसारमा निहित ७२
(कतिपय विद्वानहरूको अनुसार ६४) वटा ललितकलाहरू मध्ये पहिलो नम्बरमा सङ्गीतकला आउने हुुनाले सङ्गीतलाई संसारकै उच्चकोटीको ललितकला भनिन्छ । 
सङ्गीतलाई प्राचिन हिसावले २ प्रकारले विभाजन गरिन्छ । ती हुन् मार्गी सङ्गीत र देशी सङ्गीत । सदियौं पहिले ऋर्षिमुुनिहरूको पालामा मोक्ष्य प्राप्तिको लागी ध्यानमा वस्दा प्रयोग गरिने सङ्गीतमार्गी सङ्गीत हो । तर मार्गी सङ्गीत कस्तो सुनिन्थ्यो,  कस्तो हुन्थ्यो भन्ने कुनै ठोस श्रब्य वा दृश्य सामग्रीहरू प्रमाणका रूपमा छैनन्, मात्र शास्त्रमा उल्लेख छ । मानिसहरूले दैनिक  जीवनयापनको क्रममा (सुुखमा, दुुुुःखमा, हा“सोमा, खुुुशीमा, विभिन्न चाडपर्व, पूजाआजा आदिमा) बिभिन्न प्रकारका सङ्गीतहरूको प्रयोग गर्ने गरियो । त्यसले विभिन्न किसिमका सङ्गीतको जन्म गरायो । आजको विद्यमान सङ्गीत नै सोही देशी सङ्गीत हो । वर्तमान समयमा हामीले विभिन्न प्रकारले अस्तित्वमा रहेका सङ्गीतहरू श्रवण गर्दै आएका छँंै । जस्तै, लोक, आधुुुुुनिक, भजन, शास्त्रीय, जनवादी, पप, हिपहप, लोकपप, लोक आधुुनिक, उपशास्त्रीय, सुुुुुुुुुुुफी, ¥याप आदि सङ्गीतका विधाभित्र पनि अरू धेरै उपविधाहरू रहेका हुन्छन् । ती सवै देशी सङ्गीत हुन् । 
हामीले अब चर्चा गर्छौं जनसङ्गीत तथा जनसाहित्यको वारेमा, विशेषगरी सन् १८८७ मा यूजे पोत्तरले विश्व कम्युनिस्टहरूको अन्तर्राष्ट्रि««य गीत लेखे अनि सन १८८८ मा पेइरी दे गेत्तरले सङ्गीत दिए । त्यही काल नै जनसाहित्यको औपचारिक रूपमा सुुरूवात थियो । सोभियत क्रान्तिमा विश्वमै पहिलोचोटी ठूलो परिवर्तनमा साहित्यले भूमिका खेल्यो ।  म्याक्सिम गोर्की, रोमा रोला, थोमस मुुन सहितको समूहले सन १९३४ मा फ्रान्सको पेरिसमा गठन गरेको प्रगतिशील लेखकहरूको सङ्गठन नै जनसाहित्यको सुुुुुुुुुरूवाती चरणको सङगठित प्रयास थियो । पछि चिनिया“ क्रान्तिको समयमा जनसाहित्य तथा सङ्गीतले ठूलो भूमिका खेल्यो । लु शुन लगायत थुप्रै जनसर्जकहरूको साहित्यले चिनिया“ क्रान्तिलाई महत्वपूर्ण बल प्रदान गर्यो । त्यसैगरी विश्वका थुुुप्रै मुुुुलुुुुुुुुुकहरूको युगान्तकारी परिवर्तनहरूमा त्यहा“का जनवादी तथा प्रगतिशील साहित्य, सङ्गीतले ठूलो भूमिका खेलेको इतिहास छ । स्वयम् नेपालकै विभिन्न कालखण्डका परिवर्तनहरूमा प्रगतिवादी साहित्यले ठूलो भूमिका खेलेको छ । जस्तै २००७ साल, २०२७ को झापा आन्दोलन, २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ साल, २०५२ सालदेखिको माओवादी आन्दोलन, २०६२—०६३ को जनआन्दोलन आदि नेपालको महत्वपूूर्ण परिवर्तनका घटनाक्रमहरूमा जनसङ्गीतको योगदान अतुुुुुुुलनीय छ । 
अब हामी सङ्गीतमा निहित सैद्धान्तिक पक्षको वारेमा केही चर्चा गरौं । माथि हामीले केही कुुुुुुुराको उल्लेख गरिसक्यौं कि सङ्गीत पनि २ प्रकारको मान्यताबाट विभक्त छ । कलालाई कलाको नजरबाट मात्रै हेर्ने दृष्टिकोण एक पक्ष हो भने, कलालाई समाज रूपान्तरणको साधनको रूपमा हेर्ने अर्को पक्ष हो । हामीले दोस्रो पक्षको विचार मान्दछौं । त्यसैले हाम्रो मान्यता के हो भने, सङ्गीत जस्तो गहन माध्यमवाट हामी समाज रूपान्तरणको पक्षलाई दह्रो गरी समात्नुुपर्दछ । त्यसैले हाम्रो सङ्गीतले देशमा व्याप्त वेथिति, अन्याय, अत्याचार, शोषण, दमनको व्यापक विरोध गरेको हुुुुुुुुुन्छ । समग्रमा भन्दा हाम्रो सङ्गीतले जागरणलाई मुुुुुुख्य विषय मान्दछ । तर अर्को विचारले कला मात्र कला हो । यो कुुुनै उद्देश्यवाट प्रेरित हुुुुुुुनुुुुुुुुुुुु हुुुुुुुुुुुुँदैन भन्छ । उक्त विचारले समाजमा निहित समस्या, शोषण, दमन, विभेद आदिको बारेमा कुुुुुुनै पनि सरोकार राख्नुुु ह“ुुदैन भन्छ । त्यसैले उक्त विचारले पु“जीपतिवर्गको पक्षपोषण गरेको कुुरा वुुझ्न कुुुनै गाह्रो छैन । तर हामीले अंगाल्ने साहित्यले पूर्णरूपमा उक्त विचारलाई खारेज गर्दछ । हाम्रो सङ्गीतले समाजका हरेक विसङ्गतिको भण्डाफोर गर्नुुुुुुुपर्दछ । समाजको अग्रगामी दिशामा साङ्गीतिक प्रेरकको भूमिका खेल्न सक्नुपर्दछ भन्ने कुुरामा विश्वास राख्दछ ।
यसै बीच हामी एउटा अर्को महत्वपूर्ण विषयतिर प्रवेश गरौं । समाजमा वर्ग हुुुुुुुन्छ त्यो २ प्रकारको हुुन्छ । ती हुुुुुुुन् शोषकवर्ग र शोषितवर्ग । जसलाई ठगिखाने वर्ग र गरिखाने वर्गको रूपमा पनि चित्रण गरिन्छ । हामी समाजमा व्याप्त शोषण, विभेद, अन्याय–अत्याचारको विरोध गर्दै समानतामूूलक समाजको निर्माणको लागि आफ्नो सृजना समर्पित गर्ने अभियन्ता भएको नाताले हाम्रो सम्वन्ध शोषित वर्गस“ग हुुुुन्छ । समाजमा केही मुुुुुुुुुठ्ठीभर शोषकवर्ग छन् भने वा“की सबै शोषितवर्ग छन । केही सीमित मान्छेहरूको हालीमुुुहालीमा समाज घस्रिंदै छ । त्यसैले यो व्यवस्थाको विरूद्ध हाम्रो साहित्य लक्षित छ । 
वि.स. २००९ सालमा श्यामप्रसाद शर्माको अगुुवाइमा विरगन्जमा प्रगतिशील लेखक सङ्घको स्थापना भएदेखि नेपालमा पनि सङ्गठित रूपमा यसले मूर्त रूप लिदैं गयो । त्योभन्दा पहिला भारतीय स्वतन्त्रता आन्दोलनको दौरान त्यहा“ प्रगतिवादी साहित्यकारहरूले खेलेको भूमिका र चिनियाँ क्रान्तिको तात्तातो प्रभावले पनि नेपालमा प्रलेस स्थापनाको लागि प्रेरकको भूमिका खेल्यो । २०२१ सालबाट पारिजात, मञ्जुुुुल, रामेश, रायन आदिको अगुुुवाइमा राल्फा आन्दोलन चल्यो । यही आन्दोलन नेपालको सुुुुुरूवाती चरणको आन्दोलन थियो । जहा“ जनसङ्गीत र जनसाहित्यको माध्यमबाट व्यापक मात्रामा जागरणका विषयहरू उठाइए । यही चरणलाइ हामी नेपालको जनसङ्गीतको पहिलो चरण मान्दछौं । त्यसपछि विस्तारै विस्तारै अरू तवरले विस्तार हुुु“दै गयो । 
अहिले नेपालको विद्यमान समाजमा विविध प्रकारका सङ्गीतका विधाहरू प्रचलनमा छन् । हामीले बुुुुझ्नुुुुपर्ने कुुुुुुुुुरा के छ भने, हाम्रो फरक मत सङ्गीतको कुुुुुुुुुुुुनै पनि विधास“ग होइन । विधा भन्नु एक प्रकारको शैली हो । शैली देश, काल र परिस्थिति अनुुसार विशेष रूपले निर्मित हुुुन्छ । त्यसैले शैलीस“गकोे हाम्रो कुुुनै पनि असहमति रह“दैन, शैली त समय परिस्थिति स“गस“गै परिवर्तन हुुुुुुुन्छ । जस्तो, हामीलाई केही सम्झना छ कि २०५०÷०५१ सालतिर रातिको समयमा गोठमा दोहोरी गाइन्थ्यो । तर आजकल त्यो परिस्थिति र शैलीमा पूरै परिवर्तन भएको छ, फरक शैलीमा प्रस्तुुुत हुुुुुन्छ तैपनि त्यो दोहोरी नै हो । मात्र शैली परिवर्तन भएको हो । जस्तै रक्तिमको प्रारम्भिक चरणतिरको गायनशैली र आजकलको शैलीमा परिवर्तन आएको छ । शैली परिवर्तन भइरहने चीज हो । यहाँ वुुझ्नुुपर्ने कुुुुुरा के छ भने शैलीमै परिवर्तन हु“दा–ह“ुदा भिन्नै रूप धारण गर्दै नया“ विधाको रूपमा अस्तित्व कायम हुुने हो । यी सवै विधाको मूल रूप लोकसङ्गीत हो । लोकगीत लोकको गीत हो । जसको निर्माता कुुुनै पनि व्यक्ति हुुुु“दैन र त्यसको निर्माण कहिले भएको भन्ने पनि कुुुुुुुुुुुुुुुुनै निश्चित मिति हुुु“दैन । त्यसैले यसको निर्माणमा पूरा लोकको भूमिका मिसिएको हुुुुन्छ । लोकगीत धेरै ठाउ“मा धेरैचोटी संशोधन हुुुुुुुुुुुुुुु“दै निर्माण भएको हुुुुुुुुुुुन्छ । लोकगीत प्रारम्भिक चरणको सङ्गीत भएकोले यो विधाबाट नै अन्य विधाको उत्पत्ति भएको हो ।  
  यदि कोेही शास्त्रीय, पप, लोक, आधुनिक या जुनकुनै शैलीमा भएपनि जागरण चेत सहित प्रस्तुत भने हाम्रो लागि स्वीकार्य हुन्छ । किनभने माथि पनि उल्लेख भइसक्यो कि हामी सङ्गीतका विविध भेदस“ग विमति राख्दैनौं । हाम्रो सरोकार मात्र उक्त सङ्गीतले बोकेको विचारस“ग मात्र हुुुुुुुुन्छ । विचार शैलीबाट होइन त्यसमा निहित शब्द रचनावाट उत्पन्न हुुुुुुुन्छ । त्यो गीतले अहिले हाम्रो समाजमा के–कस्तो विभेदकारी पक्षहरू छन् ? उक्त समस्यावाट मुुुुुुुक्त हुुुुुुुुुुुुने सन्देश दिन्छ कि दिंदैन ? बिभिन्न असमानता, शोषण, उत्पीडन आदिको विरूद्ध बोल्छ कि बोल्दैन ? अग्रगामीको दिशामा सहमति राख्दछ कि राख्दैन ? श्रमजीविहरूको राज्यसत्ता स्थापनाको निमित्त बोल्छ कि बोल्दैन ? यी तमाम अग्रगामी विचारस“ग सहमति राख्दै विविध विधामा हामी प्रस्तुुुुुुुत हुुुुुुुुुनसक्छौं । यो त हाम्रो व्यापकता हो । यसबाट हाम्रो आन्दोलनलाई मदत नै पुुुुुग्दछ । जस्तै मानौ“ कि कुनै भागमा लोकगीत नै त्यहा“को सङ्गीतको मुुख्य अङ्ग हो भने हामी त्यहा“ पुग्दा लोकविधामै हाम्रा सन्दे पुुुुर्याउ“दछ । त्यस्तै अहिलेका युवाहरूको बीचमा जाँदा हामी तिनीहरूकै शैलीमा जानुुुुपर्दछ त्यसवाट सङ्गठनलाई फाइदा पुुुुुुुुग्दछ । 
यस सम्वन्धमा क. माओले के उल्लेख गर्नुुुुुुु भएको छ भने तिमी ज“डियाहरूको बीचमा जाँदा जँडिया नै भएर जाऊ, तिमी जुुवाडेहरूकोमा जुुुुुुुवाडे नै भएर जाऊ । 
जनसङ्गीत विश्वका थुप्रै मुलुकहरूमा अस्तित्वमा छ र ती मुुुलुुुुुुकहरूमा आफ्नै आफ्नै मौलिकतामा छन् । विश्वका कैयौं देशको मौलितकता पनि फरक फरक नै छ । जस्तै यूूूूूूूरोप, अमेरिका, अफ्रिका, एसिया आदिमा आफ्नै मौलिकतामा अडिएको छ त्यहाँको सङ्गीत । त्यसैले जनवादी सङ्गीत तथा प्रगतिवादी सङ्गीतको कुुुुुुुुुनै निश्चित शैली ह“ुुुुदैन । यो त विभिन्न देश, परिवेश अनुुसार फरक फरक हुुुने कुुुुुुरा हो । त्यसैले हामीले के वुुुुझ्नुुुुुुुपर्दछ भने, जन सङ्गीत मात्र वैचारिक रूपमा समानताको विन्दुुुुुुमा आउ“छ । यसका आफ्नै मुुुुुुल्य र मान्यताहरू छन् । त्यो मात्र त्यसले प्रवाह गर्ने सन्देशको हकमा मात्र एकरूपता हुुुुुन्छ न कि शैलीमा । 
अन्त्यमा विश्वव्यापी रूपमा हाम्रो समानता मात्र साहित्य सङ्गीतको वैचारिक पक्षस“ग मात्र हुुुुुुन्छ । हाम्रो देशमा या विश्वका कुुुुुुनै पनि देशमा निहित कुुुुनै पनि सङ्गीतको विधास“ग हाम्रो मतभेद रह“दैन । शैली विभिन्न ठाउ“ परिवेश अनुुुुसार आ—आफ्नै मौलिकतामा हुन्छ । तर जनसङ्गीतको वैचारिक भेद विश्वव्यापी रूपमा समानता हुुुुन्छ । हामीले हरेक ठाउ“मा रहेर आ–आफ्नै र्मौलिकतामा जनसङ्गीतको निर्माण गर्नु पर्दछ ।

Comments

Popular posts from this blog

रक्तिमको साङ्गीतिक यात्रामा हाम्रो भूमिका र चुनौति

        रेम राना, अध्यक्ष , रक्तिम सांस्कृतिक अभियान २०४१–०४२ तिर मैले अनुभूति गरेको सांस्कृतिक क्षेत्र ने.क.पा (मसाल)को वैचारिक धाराको नजिक रहेको अखिल नेपाल जनसांस्कृतिक संघअन्र्तगत स्वतन्त्र नाम रहेको सांस्कृतिक परिवारहरू विद्यमान थिए । फरक अस्तित्व बोकेका जसमा वेदना परिवार, अगुल्ठो परिवार, राल्फा परिवार जस्ता केही वामपक्षीय सांस्कृतिक परिवारहरू पनि थिए । जसले पञ्चायतकालीन कालरात्रीलाई चिर्न जनपक्षिय, सांगीतिक तथा नाट्य विधालाई अगाडि बढाइरहेका थिए । त्यति बेला म भारतको हरियाणा राज्यको फरिदावादको औधोगिक क्षेत्रमा मजदूर थिए“ । त्यहा“ प्रवासी नेपाली मजदूरको नेतृत्व गर्ने अखिल भारत नेपाली एकता समाज फरिदावाद नगरअन्तर्गत सञ्चालित जनज्योति सांस्कृतिक परिवारमा सामेल भएर काम गरेको थिए“ । यता ने.क.पा मसालकै अभिभावकत्व र पहलमा जीवन शर्माको नेतृत्वमा रक्तिम अभियान नामक सांस्कृतिक मोर्चाको २०४३ चैत्र २६ गते काठमाण्डौंको घण्टाघरमा गठन भएको थियो । रक्तिमको गठनभन्दा अगाडि अ.ने. जनसांस्कृतिक संघको नामबाट खुशिराम पाख्रिनको एउटा टोलीले अखिल भारत नेपाली एकता समाजको नगर स...

रक्तिम सांस्कृतिक अभियान: विगत वर्तमान र हाम्रो अभिभारा

जीवन शाही, महासचिव रक्तिम सांस्कृतिक अभियान रक्तिम सांस्कृतिक अभियानको विगत वर्तमान र हाम्रो अभिभाराका सन्दर्भमा चर्चा गरिरह“दा यहा“ हामीले यसको स्थापनाको पृष्ठभूमि र सङ्घर्षको यात्रालाई चटक्कै बिर्सियँंै भने यो अन्यायपूर्ण हुन जान्छ । यसर्थ यहा“ हामी रक्तिमको स्थापनाका विषयमा बारेमा चर्चा गर्न गइरहेका छौं । आज देशविदेशमा रक्तिमको जुन प्रकारको लोकप्रियता छ, त्यसको पछाडि हजारौं कलाकारहरूको लामो सङ्घर्ष र गौरवशाली इतिहासले काम गरेको छ । रक्तिमको विषयमा जानकारी लिन चाहनेहरूका लागि सहजता होस् भन्ने हेतुले यो सामग्री तयार पारेका छौ“ । हामीले यहा“ रक्तिम सांस्कृतिक अभियानको विगत र वर्तमान अवस्थालाई केलाउने प्रयत्न गरेका छौं । हुन त यो विषयमा चर्चा गर्ने हैसियत पङ्तिकारले राख्न सक्ने–नसक्ने त्यो फरक पाटो होला । तर पनि यो विषयमा प्रकाश हाल्दा राम्रै हुनसक्छ भन्ने उद्देश्यले यो प्रयास गरिएको छ । यतिबेलासम्म आइपुग्दा रक्तिम सांस्कृतिक अभियान मुलुककै प्रगितिशील सांस्कृतिक आन्दोलनको लोकप्रिय र अग्रणी मोर्चाको रूपमा सर्वप्रिय बनेको छ । तमाम काम गरीखाने वर्गको मुक्तिका लागि संघर्षशील आशावादी ...

प्रधानमन्त्रीलाई रक्तिमको ज्ञापन–पत्र

नेपाली कला साहित्य र संस्कृतिका क्षेत्रमा पश्चिमा छाडा संस्कृतिको प्रभाव हावी भएको भन्दै त्यसको नियन्त्रणको माग राख्दै रक्तिम सांस्कृतिक अभियानले देशभरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बु“दे ज्ञापन पत्र बुझाएको छ । अभियानका केन्द्रीय पदधिकारीहरूले आ–आफ्नो जिल्ला र जिम्माको क्षेत्रमा सहभागी भई ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ । नवलपरासी  नेपाली कला, साहित्य र संस्कृतिका क्षेत्रमा पश्चिमा छाडा संस्कृतिको प्रभाव हावी भएको भन्दै त्यसमाथि नियन्त्रणको माग राख्दै रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको निर्णय अनुसार नवलपरासीमा ज्ञापन पत्र बुझाइएको छ । रक्तिमका केन्द्रीय अध्यक्ष रेम रानाको नेतृत्वमा गएको टोलीले २०७६ वैशाख १९ गते प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको हो । टोलीमा रक्तिम नवलपरासीका अध्यक्ष मेघराज गौतम, सचिव लक्ष्मणजङ्ग हमाल र राजमो नवलपरासीका अध्यक्ष किष्णबहादुर अधिकारीको पनि सहभागिता रहेको थियो । सुर्खेत रक्तिमले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ । रक्त...