Skip to main content

सम्पादकीय

 रक्तिमको झण्डालाई माथि उठाऔं !


२०४३ सालमा पंचायती कालरात्रिभित्र सर्वहारावर्गीय आन्दोलनको जुनकीरी बनी जन्मिएको रक्तिम सांस्कृतिक अभियानले तीन दशक लामो अवधि पार गरी चौथो दशकमा आफ्नो गर्विलो पाइलो टेकेको छ । आफ्नो बाल्यवस्थादेखि यो किशोर अवस्थासम्म आइपुग्दा यसले कैयौ“ आरोह अवरोहको घुम्ती भने अवश्य पार गरेको छ । यो अवस्थासम्म आइपुग्दा हजारौं कलाकर्मीहरूले आफ्नो रगत र पसिना बगाएर रक्तिम आन्दोलनलाई अगाडि बढाएका छन् । त्यसरी कैयन् सांस्कृतिक अभियन्ता र कलाकारहरूको पसिनाले निर्मित यो महाअभियान नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनको मूल प्रवाहको रूपमा विकसित भइरहेको छ । रक्तिम आफैमा रक्तिम सांस्कृतिक अभियान हो र यसको सांस्कृतिक आन्दोलनको यात्रा अटुट् रहने छ । चेतना र जागरणको सन्देश लिएर यो विश्व मानव समुदायको बीचमा विचरित भइरहने छ । यसको झण्डा स“धै उच्च र गौरवपूर्ण छ र रहिरहने छ । नेपाली समाजमा यसले ठूलो सम्मान र प्रतिष्ठा हासिल गरेको छ र सम्पूर्ण मुक्तिगामी जनताले यस अभियानको नामलाई सम्मानपूर्वक उच्चारण गर्दछन् । मुक्तिगामी जनताको उद्देश्य, लक्ष्य र आकाङ्क्षाको जगमा यसको समृद्धि कायपलट हु“दै जानेछ । तर यति भनिरह“दा हामीले यो पनि इमान्दारितपूर्वक स्वीकार गर्नुपर्दछ कि, युगको आवश्यकताका आधारमा रक्तिमले आफूलाई उच्च विकास गर्न सकिरहेको छैन । यस्तो किन भइरहेको छ ? वस्तुवादी ढङ्गले यसको समीक्षा गर्नु जरूरी छ ।
वर्गीय समाजभित्र कलाको पक्षधरताको स्वरूप वर्गीय नै हुने कुरा यसको स्थापना कालको विधानमा स्पष्टताका साथ किटानी गरिंदै आएको छ । यसको मूल आशय सर्वहारावादी दर्शन, सिद्धान्त र राजनीतिको आधारमा आफ्नो कला साहित्यलाई तिखार्ने, लेनिनको भाषामा कला साहित्यलाई मेसिनको दा“ती पूर्जा र पेंच किलाको रूपमा ग्रहण गर्ने नै हो । अर्कोतर्फ क्रान्तिकारी पार्टीबिना कुनै क्रान्तिकारी आन्दोलन पनि सम्भव नहुने भएकोले क्रान्तिकारी पार्टीको निर्माण र विकास आजको आवश्यकता हो, त्यो अभिभारा पूरा गर्ने कलाकर्मीहरूको पनि दायित्व हो । त्यसको लागि रक्तिम अभियानको सङ्गठनात्मक प्रणाली चुस्त दुरूस्त हुन जरूरी छ, जसको लागि हामी कलाकर्मीहरूका क्रान्तिकारी लौह अनुशासन र सर्वहारावर्गीय उच्च नैतिकता अनुशासन, आचरण र लेनिनवादी सङ्गठनात्मक सिद्धान्त अनुसार सङ्गठनको परिचालन जस्ता आधारभूत सिद्धान्तको आधारमा रक्तिमको संस्थागत विकास अपरिहार्य शर्त हुन् । ती शर्तहरू आजसम्मको नेतृत्वले कति पूरा ग¥यो वा गरेन भावी दिनका लागि त्यो समीक्षाको विषय हुनेछ ।
रक्तिमको इतिहासमा २०५४ फाल्गुण १, २ र ३ गतेको काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनको ऐतिहासिक महत्व रहेको छ । त्यो स्प्रीटलाई अगाडि बढाउन त्यो सम्मेलनले अहिले पनि हामीलाई दिशानिर्देश गरेको छ । त्यसका लागि हजारौं हजार रक्तिमकर्मीहरू रक्तिमको लाल झण्डा बोकेर देशभरी सङ्गठनको सञ्जाल फैलाउनु आवश्यक छ । त्यसका साथै त्यो ऐतिहासिक सम्मेलनको विशेषाङ्कको रूपमा २०५५ भाद्र महिनामा वर्ष १ अङ्क १ को प्रकाशन गरेका थियौ“, त्यसपछिका दिनहरूमा मुखपत्रले निरन्तरता पाउन सकेन । यसको कारण भावी दिनहरूमा समिक्षाको विषय बन्नेछ । यो खुशीको कुरा हो कि आज २२ वर्षको अन्तरालमा रक्तिम अभियानको मुखपत्र “रक्तिम अभियान” प्रकाशन हु“दैछ । रक्तिम अभियानले आफ्नो स्थापनाकालदेखि सर्वहारावर्गीय वैचारिक धरातलको संरक्षण र संवद्र्धन गर्दै सांस्कृतिक र साहित्यीक आन्दोलनलाई मजबुत बनाउ“दै आएको छ । अझै पनि सांस्कृतिक साहित्यीक आन्दोलनलाई तीव्र गति प्रदान गर्न रक्तिम कलाकर्मीहरूको दायित्व हुन आउ“छ । त्यसैले सम्पूर्ण देशभक्त जनप्रेमी कलाकर्मीहरू नेपाली जनता र राष्ट्रको हित विपरीत खडा हुने सबै खाले अवसरवाद र सामन्ती तथा साम्राज्यवादी संस्कृतिको विरूद्ध जनवादी सांस्कृतिक आन्दोलनको झण्डा माथि उठाउन एकताबद्ध तथा लामबद्ध हुँदै रक्तिमको गौरवपूर्ण इतिहासलाई अघि बढाऔं ।


Comments

Popular posts from this blog

रक्तिमको साङ्गीतिक यात्रामा हाम्रो भूमिका र चुनौति

        रेम राना, अध्यक्ष , रक्तिम सांस्कृतिक अभियान २०४१–०४२ तिर मैले अनुभूति गरेको सांस्कृतिक क्षेत्र ने.क.पा (मसाल)को वैचारिक धाराको नजिक रहेको अखिल नेपाल जनसांस्कृतिक संघअन्र्तगत स्वतन्त्र नाम रहेको सांस्कृतिक परिवारहरू विद्यमान थिए । फरक अस्तित्व बोकेका जसमा वेदना परिवार, अगुल्ठो परिवार, राल्फा परिवार जस्ता केही वामपक्षीय सांस्कृतिक परिवारहरू पनि थिए । जसले पञ्चायतकालीन कालरात्रीलाई चिर्न जनपक्षिय, सांगीतिक तथा नाट्य विधालाई अगाडि बढाइरहेका थिए । त्यति बेला म भारतको हरियाणा राज्यको फरिदावादको औधोगिक क्षेत्रमा मजदूर थिए“ । त्यहा“ प्रवासी नेपाली मजदूरको नेतृत्व गर्ने अखिल भारत नेपाली एकता समाज फरिदावाद नगरअन्तर्गत सञ्चालित जनज्योति सांस्कृतिक परिवारमा सामेल भएर काम गरेको थिए“ । यता ने.क.पा मसालकै अभिभावकत्व र पहलमा जीवन शर्माको नेतृत्वमा रक्तिम अभियान नामक सांस्कृतिक मोर्चाको २०४३ चैत्र २६ गते काठमाण्डौंको घण्टाघरमा गठन भएको थियो । रक्तिमको गठनभन्दा अगाडि अ.ने. जनसांस्कृतिक संघको नामबाट खुशिराम पाख्रिनको एउटा टोलीले अखिल भारत नेपाली एकता समाजको नगर स...

रक्तिम सांस्कृतिक अभियान: विगत वर्तमान र हाम्रो अभिभारा

जीवन शाही, महासचिव रक्तिम सांस्कृतिक अभियान रक्तिम सांस्कृतिक अभियानको विगत वर्तमान र हाम्रो अभिभाराका सन्दर्भमा चर्चा गरिरह“दा यहा“ हामीले यसको स्थापनाको पृष्ठभूमि र सङ्घर्षको यात्रालाई चटक्कै बिर्सियँंै भने यो अन्यायपूर्ण हुन जान्छ । यसर्थ यहा“ हामी रक्तिमको स्थापनाका विषयमा बारेमा चर्चा गर्न गइरहेका छौं । आज देशविदेशमा रक्तिमको जुन प्रकारको लोकप्रियता छ, त्यसको पछाडि हजारौं कलाकारहरूको लामो सङ्घर्ष र गौरवशाली इतिहासले काम गरेको छ । रक्तिमको विषयमा जानकारी लिन चाहनेहरूका लागि सहजता होस् भन्ने हेतुले यो सामग्री तयार पारेका छौ“ । हामीले यहा“ रक्तिम सांस्कृतिक अभियानको विगत र वर्तमान अवस्थालाई केलाउने प्रयत्न गरेका छौं । हुन त यो विषयमा चर्चा गर्ने हैसियत पङ्तिकारले राख्न सक्ने–नसक्ने त्यो फरक पाटो होला । तर पनि यो विषयमा प्रकाश हाल्दा राम्रै हुनसक्छ भन्ने उद्देश्यले यो प्रयास गरिएको छ । यतिबेलासम्म आइपुग्दा रक्तिम सांस्कृतिक अभियान मुलुककै प्रगितिशील सांस्कृतिक आन्दोलनको लोकप्रिय र अग्रणी मोर्चाको रूपमा सर्वप्रिय बनेको छ । तमाम काम गरीखाने वर्गको मुक्तिका लागि संघर्षशील आशावादी ...

प्रधानमन्त्रीलाई रक्तिमको ज्ञापन–पत्र

नेपाली कला साहित्य र संस्कृतिका क्षेत्रमा पश्चिमा छाडा संस्कृतिको प्रभाव हावी भएको भन्दै त्यसको नियन्त्रणको माग राख्दै रक्तिम सांस्कृतिक अभियानले देशभरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बु“दे ज्ञापन पत्र बुझाएको छ । अभियानका केन्द्रीय पदधिकारीहरूले आ–आफ्नो जिल्ला र जिम्माको क्षेत्रमा सहभागी भई ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ । नवलपरासी  नेपाली कला, साहित्य र संस्कृतिका क्षेत्रमा पश्चिमा छाडा संस्कृतिको प्रभाव हावी भएको भन्दै त्यसमाथि नियन्त्रणको माग राख्दै रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको निर्णय अनुसार नवलपरासीमा ज्ञापन पत्र बुझाइएको छ । रक्तिमका केन्द्रीय अध्यक्ष रेम रानाको नेतृत्वमा गएको टोलीले २०७६ वैशाख १९ गते प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको हो । टोलीमा रक्तिम नवलपरासीका अध्यक्ष मेघराज गौतम, सचिव लक्ष्मणजङ्ग हमाल र राजमो नवलपरासीका अध्यक्ष किष्णबहादुर अधिकारीको पनि सहभागिता रहेको थियो । सुर्खेत रक्तिमले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ । रक्त...